२०६२ सालमा गुह्येश्वरी, गौरीघाट ठेगाना राखेर श्री छठ पूजा समिति जिल्ला प्रशासन कार्यालयमा दर्ता भएपछि काठमाडौँमा छठको विशेष रौनक शुरू भएको हो।
शनिबार चतुर्थी तिथिदेखि धार्मिक विधिपूर्वक शुरू भएको चार दिने छठ पर्वको सोमबार षष्ठी तिथिको साँझ मुख्य पूजा सम्पन्न भएको हो।
कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिइँदैछ।
भारतमा पछिल्लो समय क्षेत्रीय (रिजनल) चलचित्रको 'क्रेज' बढेको छ। कोभिडपछि विभिन्न ओटीटी माध्यममार्फत 'एक्स्पोज' पाएसँगै नेपाली सिनेमा हलमा पनि यस्ता चलचित्रले स्थान पाउने र दर्शक तान्ने गरेका छन्।
महोत्तरी र धनुषा छुट्याउँदै भारत झर्ने बिगही नदीमा दुई देशको साझा घाट बनेको छ।
गोधन कुट्ने पर्व मिथिलाको सांस्कृतिक पहिचान र नारीको श्रम तथा आस्थाको उत्सव हो।
दिदीबहिनी वा दाजुभाइ नहुनेले यस मन्दिरमा गएर भगवान् बालगोपालेश्वरको दर्शन गरी टीका लगाउने चलन निकै पुरानो र सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण मानिन्छ।
मगर समुदायले देउसी भैलोसँगै झौरे नाच, मारूनी लगायतको नाचगान गरि तिहार मनाउने गरेका छन्।
नेपाल संवतलाई विशेष रूपमा नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन्।
‘सिमल बारूलै’ पूर्वेली देउसी लोकनाचमा प्रयोग हुने एक थेगो भएको र यसले एक प्रजातिको बारुला सम्झाउने गायक नवीनकुमार खड्का बताउँछन्। यो बारुलालाई स्थानीयले सुन बारुला भनेर पनि चिन्छन्।
आजबाट नेवार समुदायले मनाउने नेपाल सम्वतको नयाँ वर्ष शुरू भएको छ। त्यसैगरी, आजै गोरु तिहार र म्ह: पूजा पनि परेका छन्।
माटोमा कला हेर्न चाहने पर्यटकका लागि आकर्षक गन्तव्य हो दक्षिण भक्तपुरको पोटरी स्क्वायर। तर, रैथाने नेवारी समुदाय बसोबास गर्दै आएको यस ठाउँको नाम कसरी अंग्रेजीमा रहन गयो, के हो खास नाम?
नेताहरूका प्रिय लेखक
संग्रौला र माथेमाले ध्रुवचन्द्र गौतमको नयाँ कृतिको समीक्षामा ‘हाम्रा राजनेताहरू सधैँ शुष्क, अपठित र लठ्ठक होलान् भनेको, हामी गलत रहेछौँ’ भन्दै गौतमले अर्को ‘आविष्कारी’ काम गरेको अनुभव सुनाए।
तिहारका बेला असन, इन्द्रचोक लगायत व्यापारिक क्षेत्रमा कमलको निकै व्यापार हुन्छ। हिन्दू धर्ममा भगवान लक्ष्मीको प्रिय फूल मानिने कमललाई धन, पवित्रता र सौभाग्यको प्रतीकका रूपमा चढाउने गरिन्छ।
एक पटक यसै शहरमा देवकोटाले भनेका थिए- "हामी राणा शासकहरूको प्रशंसा गर्थ्यौं, अनि तिनीहरू त्यस प्रशंसामा लट्ठिएपछि तिनीहरूलाई सुइरोले च्वास्स घोचिदिन्थ्यौँ।"
महाकवि देवकोटाको घरलाई संरक्षण गरेर संग्रहालय बनाउन सरकारले ६ वर्षअघि त्यसलाई किनेको थियो। यद्यपि, संग्रहालय स्थापना भएको तीन वर्ष बितिसक्दा अवलोकनकर्ता फाट्टफुट्ट मात्र पुग्ने गरेका छन्।
करिब ११ वर्षकी मेरी साथी चिम्पुसँगको मेरो सम्बन्ध ‘सौख’को उपज होइन, २०७२ सालको महाभूकम्पपछि शुरू भएको एक अनाथको संघर्ष र प्रेमको कथा हो।
कुकुर तिहार यमपञ्चकको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको हुँदा बिहान कुकुर पूजा र साँझ लक्ष्मी पूजा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय चलन रहेको छ।
वैदेशिक रोजगारीमा जाने संस्कृतिले सामाजिक सद्भाव र पर्वको महत्त्वमा थप उचाइ थपेको छ। विदेशमा र स्वदेशमा भएका दुवैले आत्मीय सम्बन्ध बोध गराउने समाजशास्त्री पौडेलको धारणा छ।