फेस्टिभलका ‘वर्ष फोटो’ विजेता मुगुका पत्रकार राजबहादुर शाहीलाई नगद २५ हजार ५५५ रुपैयाँसहित प्रमाणपत्र प्रदान गरियो।
सम्पदा पुनर्निर्माणमा आर्थिक सहयोग गर्ने दाताको चर्चा धेरै हुन्छ, तर ऐतिहासिक र सांस्कृतिक सम्पदा उस्तै मौलिक संरचनामा बनाउन खटिएका कलाकर्मीहरूको योगदान नभइदिएको भए उही स्वरूपमा ठडिन सम्भव थिएन।
पाटनको सबैभन्दा महत्त्वपूर्ण तथा उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा रहेको रातो मच्छिन्द्रनाथको रथ यात्रा वैशाख शुक्ल प्रतिपदादेखि शुरू भई असार शुक्ल चौथीमा समाप्त हुन्छ।
नेवार समुदायमा चलेका लोकश्रुति र कतिपय ऐतिहासिक तथ्यसँगै एकै समयमा धेरैजसो जात्रा मनाइनुको प्रमुख कारण प्रकृति अर्थात् मौसमको अर्थसित समेत जोडिएको छ।
पश्चिमा मुलुकमा खरिद गरेका केही धातुका कलावस्तु मसँग पनि छन्, प्रस्तरका बाहेक। अहिले तिनलाई म आफैँ राख्नेछु। पछि मेरा सन्ततिले फिर्ता गर्लान्।
हामीले आफूले जति जानेको छ, त्यति नै पढाइरहेका छौँ। कसैले नाटक निर्माणलाई मात्रै प्राथमिकतामा राखेका छन्। कसैले विषयलाई पनि। यद्यपि, अभिनय र रंगमञ्च सम्बन्धी खेलहरू नै पठनपाठनको मूल विषय हो।
अहिले आधुनिक कंक्रिटको घर हुनुलाई समाजले प्रतिष्ठाको विषय मानेको छ। जसकारण सबैले मौलिक घरलाई छोड्दै कंक्रिटको घर बनाउन थालेका छन्। काठमाडौँ कंक्रिटको शहरका रूपमा परिचित छ।
मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान रमजान महिनामा नै अवतरण भएको थियो। दान दिनु, गरिब र दीन दुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको विशेषता हो।
वृत्तचित्रमा सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला पासाङल्हामु शेर्पाको जीवनी र आरोहणको संघर्ष देखाइएको छ। तत्कालीन समयका दृश्यले वृत्तचित्रलाई सशक्त बनाएको छ।
आमाको मुख हेर्ने दिनको अवसर पारेर काठमाडौँको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थ कुण्डमा स्नान तथा दर्शन गर्नेको घुइँचो लागेको छ।
यस वर्षको बोडेको जात्रामा २७ वर्षीय सुजन बाग श्रेष्ठले पहिलोपटक जिब्रो छेडाएर बुवा, ठूलाबुवा तथा काकाहरूले धान्दै आएको परम्परालाई निरन्तरता दिएका छन्।
उच्च शिक्षाका लागि काठमाडौँ उमाशंकर द्विवेदी इन्जिनियरिङ् क्याम्पसमा भर्ना भए। फर्किँदा नेपाली साहित्यमा स्नातकोत्तर गरेका थिए। तर, उनको कलम भोजपुरी भाषामा चल्यो।
खड्ग गर्बुजा सालैजो सोरठी, यानिमाया, ठाडो भाका, कौरा, झ्याउरे, ख्यालीजस्ता लोकप्रिय गीतलाई पुनर्जीवन दिएर युवा जमातमा लोकप्रिय बनाउने अग्रणी गायक हुन्।
नयाँ वर्ष प्रारम्भ भएकै दिन ‘जुडशितल’ पर्व शुरू हुन्छ। होली पर्वमा रङ/अबिर दलेर खेले जस्तै यस पर्वमा एक अर्कालाई हिलोपानी दलिन्छ।
नयाँ वर्षकाे अवसर पारेर शुक्रबारदेखि नेपाली चलचित्रहरू ‘जारी’, ‘बुलाकी’ र ‘बिहे पास’ प्रदर्शनमा आएका हुन्।
एकापसमा सिस्नुपानी छ्यापेर ‘बिसु’ पर्व मनाइन्छ। बिसुका दिन सिस्नो लगाउँदा वर्षभरि रोग नलाग्ने जनविश्वास छ।
५५ हात लामो, नांलो जत्रो फेद भएको लिंगो तान्त्रिक विधिपूर्वक १० कर्म विधान गरी उठाइएको हो। लिंगोको कोखा (टुप्पो)मा विश्व ध्वजा बाँधेर अष्ट मातृकाका प्रतीक आठ डोरीले तान्ने गरिन्छ।
नेपाली लेखक संघले वैशाख १६ गते ‘राष्ट्रिय लेखक दिवस’ मनाउन प्रस्ताव गरेको गरेको छ।
सुदूरपश्चिमका सबै जिल्लामा लोककथा संकलन भइरहेको विश्वविद्यालयले जनाएको छ। सौका, भोटे, राउटे, मगर र रानाथारूका लोककथा संकलन गरेर प्रकाशन गर्न लागिएको हो।
‘मंगोलियन हार्ट’ले स्थापनाको ३० वर्ष पुगेको उपलक्ष्यमा अस्ट्रेलियामा सोमबारदेखि सांगीतिक यात्रा शुरू गर्दै छ। केही वर्ष अलमल भए पनि अब आफूहरू लयमा फर्किएको गायक राजु लामाले बताएका छन्।