कवि देवव्रतको कवितासंग्रह 'अश्वत्थामाको निधारबाट बागमती बग्छ' सार्वजनिक भएको छ।
लेखक विष्णु भण्डारीले नेपाली युद्धसाहित्यमाथि अध्ययन नभएको हुँदा यस विषयमा काम गर्ने हुटहुटी पैदा भएकोले कृति तयार गरेको बताएका छन्।
स्याङ्जा, पाल्पा, तनहुँ र नवलपुरको सिमानामा रहेको केलादीधाम दर्शन र अवलोकन गर्न आउनेहरू बढिरहेका छन्। धामसम्म सडक सञ्चालन भएकाले पुग्न सहज छ।
हाम्रो शरीर जन्मसँगै अनेकौँ अणुहरूले बनेको छ। हामीलाई चाहिने चरित्रहरू ब्रह्माण्डबाट लिन्छौँ। त्यो चरित्रलाई अगाडि खडा गर्छौं। र त्यसभित्र प्रवेश गर्छौं, हातमा पन्जा लगाएजसरी।
धेरैतिरबाट साहित्यिक संस्थाहरूका बारेमा तीखा टिप्पणीहरू हुने गरेका छन्। पूर्वाग्रह र निहित उद्देश्य राखेर गरिएकाबाहेक अन्य टिप्पणीहरू महत्त्वपूर्ण छन्।
विपश्यनाका लागि गत आइतबार नेपाल आएका खान शुक्रबार बिहान भारत फर्किएका छन्।
वर्षा र सहकालका देवताका रूपमा पुजिने ऐतिहासिक रातो मत्स्येन्द्रनाथको रथलाई ललितपुरका विभिन्न स्थानमा घुमाइन्छ।
मत्स्येन्द्रनाथको जात्रामा तीन दशकदेखि फोटो बेच्दै आएका रत्नकाजी महर्जनसँग यो पर्वसँग सम्बन्धित १८० वर्षदेखिका तस्वीर छन्। तस्वीर बेचेरै जीवन धान्नेभन्दा पनि आफूले धर्म गरिरहेको उनको विश्वास छ।
घाटु नृत्यमा वाद्य र साज शृंगारभन्दा पनि कारुणिक कथाको व्याख्या गरिएको हुन्छ। कारुणिक र हृदयविदारक गीत गाएर शोकाकुल अवस्था सिर्जना हुँदा गाउने कलाकार र दर्शकसमेत रोएको पाइन्छ।
मानिस सामाजिक प्राणी भएको हिसाबले हाम्रो समाज र इतिहासमाथि रुचि हुनुपर्छ र त्यो पढिनुपर्छ। ‘ऐँठन’ त्यस्तै समाजको साक्षी हो जो युद्धकालीन दिनसँग काँध जोड्दै बगेको छ।
किराँत राई यायोक्खाका अध्यक्ष जीवन राईले राज्यले आफूहरूको चाड र सांस्कृतिक पहिचानलाई बहिष्करणमा पारेकाले राज्यलाई खबरदारी गर्दै यस वर्षको उँभौली पर्व मनाइएको बताए।
मंसिर शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएर जाडो छल्न बेँसी झरेकाहरू आजदेखि लेकतिर लाग्ने चलन छ।
बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण (मृत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले श्रद्धा र भक्तिपूर्वक बुद्ध जयन्ती मनाउने गर्दछन्।
नाटकमा कलाकारले परीको संघर्षरत दन्त्यकथा प्रस्तुत गर्न खोजेका छन्। नाटक वैशाख २४ सम्म मञ्चन हुनेछ।
थापाहिटीमा डोरीले तान्न सक्ने र रथ मिलाउन नसकिने भएपछि क्रेनको सहायता लिएको मच्छिन्द्रनाथको रथ निर्माणका मुख्य नाइके दिलकुमार बाराही बताउँछन्।
कसिसदासका तीन पुस्ताले काठमाडौँलाई नजिकबाट नियाले, अनि तस्वीरमा दृश्यहरू कैद गर्दै गए। यी तस्वीर कसिस मात्र नभइ उनका हजुरबा र बुबासमेतले आ–आफ्नो समयमा देखेका काठमाडौँको परिवर्तनका अभिलेख हुन्।
खडेरी लागेपछि किसानको हौसला र वर्षाका लागि मिथिलाका तत्कालीन राजा जनकले खेतमा हलो जोतिरहेका बेला वैशाख शुक्ल नवमीका दिन जानकी प्रकट भएको किंवदन्ती छ।
कवि राजु स्याङतानको पहिलो कविता संग्रह ‘ओ पेङदोर्जे’ सार्वजनिक भएको छ। कविता संग्रहमा ६ वटा फरक खण्डभित्र ५१ वटा कविता अटाएका छन्।
रथलाई पाटनका विभिन्न स्थानमा परिक्रमा गराइन्छ। हरेक दिन रथ तानेर पुर्याइएका ठाउँमा जात्रा मनाउने चलन छ।
विक्रम सापकोटाद्वारा निर्देशित र थुप्रै अन्तर्राष्ट्रिय अवार्डबाट पुरस्कृत ‘हल्कारा’ वैशाख २९ देखि देशभर प्रदर्शन हुँदैछ। यो चलचित्रले द्वन्द्वकालीन समयको कथा बोकेको छ।