नाटक भइरहेका वा नभएका कुनै पनि थिएटरले, आफ्नै आम्दानीबाट कलाकार र कर्मचारीको खर्च धान्न सकेका छैनन्। यस्ता अनेकौँ बाधाहरू पन्छाउँदै आ-आफ्नो सपनाको गोरेटो निर्माणमा थिएटर र रंगकर्मी तल्लीन छन्।
कलाकार जोडी इशान परियार र सविता डंगोलले आफ्नो विवाह उत्सवको अवसर पारेर चौथो युगल प्रदर्शनी आयोजना गरेका हुन्। ‘मिल्दो विचार भाव’मा कोरिएका २२ वटा चित्र प्रदर्शनीमा समेटिएका छन्।
२०७२ सालमा क्षतिग्रस्त बनेको राष्ट्रिय कला संग्रहालय भक्तपुर नगरपालिकाले मल्लकालीन शैलीमा बनाउन चाहेको छ। तर राणाकालीन खण्ड त्यही शैलीमा बनाउनु पर्ने पुरातत्त्व विभागको अडानले पुनर्निर्माण रोकिएको छ।
चैत ३ गते टेकुको पचली भैरव मन्दिर र ४ गते असन क्षेत्रमा आयोजना हुने मेलामा ६ वटा देशका १३६ जनाभन्दा बढी कलाकारले प्रस्तुति दिनेछन्।
प्राणी हत्या नगरी पनि धर्मकर्म गर्न सकिन्छ भन्ने चेतनाको विकास हुँदै गएकाले बलिप्रथा हराउँदै गएको हो। बलिको सट्टा नरिवल फुटाएर पूजा गर्ने,फलफूल चढाउने र लाखबत्ती बाल्ने चलन बढेको छ।
मिसेल योले प्रतिष्ठित एकेडेमी अवार्ड, अस्करको ९५ औँ संस्करणमा सर्वोत्कृष्ट नायिका अवार्ड जितेकी हुन्।
पूजाआजा, पास्नी, छैँठी, न्वारन र दशैँ–तिहारजस्ता पर्वमा नाचिने मारुनी नृत्य पाका मान्छेहरूले संरक्षण तथा प्रवर्द्धन गर्दै आएका छन्।
सुदूरपश्चिमका राना थारू समुदायले खखडेहरा पर्व धुमधामका साथ मनाउने गर्छन्। एक महिनासम्म मनाइने 'होरी' समापनका दिन यो पर्व मनाउने चलन छ।
संखुवासभा, धनकुटा र तेह्रथुममा छायांकन गरिएको भिडियोमा गाउँघरका कथावस्तु र पात्रहरूको अभिनयलाई प्रस्तुत गरिएको छ।
गोदावरीस्थित चिभा लाछिःमा रहेको चैत्यबाट २ वटा मूर्ति चोरी भएका छन्। यसअघि पनि सोही चैत्यबाट एउटा मूर्ति चोरी भएको थियो।
बालकलाकार आश्विनी मानन्धरको चित्रकथा ‘पिरामिडमा पान्डा’ लोकार्पण गरिएको छ।
मिथिला नाट्यकला परिषद्ले हरेक वर्ष होलीको अवसरमा महामूर्ख सम्मेलनको आयोजना गर्ने गरेको छ। सम्मेलनले समाजका अगुवा व्यक्तिलाई महामूर्खको उपाधि प्रदान गर्दछ।
मिथिला माध्यमिकी परिक्रमाको अन्तिम दिन आज तिर्थालुहरू जनकपुरधामको अन्तरगृह परिक्रमा गर्दैछन्।
होली दिन भित्राइएको आगो तापेमा घरमा सुख शान्ति हुने र रोगव्याध हटेर जाने विश्वास छ।
असत्यमाथि सत्यको विजय तथा पारिवारिक र सामाजिक एकताको पर्वका रूपमा होली मनाउने चलन छ।
कुनैबेला पाठकले भरिभराउ हुने भीमदत्त नगरपालिका–२ स्थित शुक्लाफाँटा सामुदायिक पुस्तकालय अहिले सुनसान छ।
वसन्तपुरलगायत काठमाडौँका विभिन्न स्थानमा होलीको रौनक शुरू भएको छ।
असत्यमाथि सत्यको विजय तथा पारिवारिक र सामाजिक एकताको पर्वका रूपमा फागु पूर्णिमा मनाउने चलन छ।
शिक्षासेवी रत्नमान गुरुङद्वारा नेपाली, अंग्रेजी र गुरुङ भाषामा लिखित ‘भाषा, व्याकरण र गुरुङ वाक्यविज्ञानः एक परिचय’ कृति सार्वजनिक भएको छ।
काङलिङ त्यस्तो परम्परागत बाजा हो, जुन मान्छेको नलीहाडबाट बनेको विश्वास गरिन्छ। संग्रहालयमा यो बाजा कहाँबाट ल्याइयो भनेर रामप्रसाद खुलाउन चाहँदैनन्। काङलिङ अब लोप हुन थालेको छ।