वरिष्ठ पत्रकार भैरव रिसालले जीवन कर्कलाको पानी जस्तो भएको बताए। मानिसहरू जीवित रहुन्जेलसम्म राम्रो काम गर्नुपर्ने उनको भनाइ छ।
हरेक भूपी जन्मजयन्तीमा उनलाई सम्झनेहरूले रक्सीको सन्दर्भ झिक्छन्। कसैले राजनीतिलाई लिएर आलोचना गर्छन्। तर भूपीको यथार्थ जीवन कमैले देखे र लेखे। यिनै घटनाले चिमोटेपछि कविताले बुवाबारे संस्मरण लेखिन्।
काठमाडौँको महत्त्वपूर्णस्थल ठमेलस्थित प्रसिद्ध काठमाडौँ गेस्ट हाउसभित्र 'बिटल्स करिडोर' नामको भित्री बाटो थियो। गेस्ट हाउसको पुरानो खण्डमा रहेको त्यो करिडोर २०७२ सालको भूकम्पमा क्षतिग्रस्त भएको थियो।
शुरूमै कथाकी मुख्य पात्र ‘खुशी’को गहिरो चिन्ताले सोचमग्न अनुहार पर्दामा उघ्रिन्छ। उनी कुन चाहिँ सोचमा डुबेकी होलिन्? यसैको जवाफ पाउन चलचित्रले दर्शकलाई सिर्जनात्मक रूपमा पर्खाएको छ।
हरेलोको दिन खेतमा पूजा गरेर मास, चामल, गहुँ, फापर, तोरी आदिबाट तयार पारिएका विभिन्न परिकार तयार गरी चढाउने गरिन्छ। हरेलो गरेपछि खेत जोत्न र रोपाइँ गर्नु हुँदैन भन्ने मान्यता पनि छ।
'व्यक्तिको योग्यतामाथि मनपरी प्रश्न उठाउने हो भने प्रज्ञा प्रतिष्ठानको ६४ वर्षको इतिहासमा को–को योग्य प्राज्ञ भए एउटा मापदण्ड बनाएर खोजौँ न त। अनि, सबैभन्दा अयोग्य को रहेछ घोषणा गरौँ।'
करिब दुई करोड ६० लाख रुपैयाँमा दुई वर्ष पहिले निर्मित रामायण भवनको उचित संरक्षण हुनसकेको छैन। शिखरकटेरीको ५० रोपनी क्षेत्रलाई संरक्षण गर्न लगाइएको पर्खालसमेत भत्किएको छ।
प्रदर्शनीमा पौवा चित्रकला, मुरल, समसामायिक, मानवता, विश्व परिवेशलगायत विषयका चित्रकला राखिएका छन्। तीन दिन चल्ने प्रदर्शनीमा ५०० अवलोकनकर्ता आउने आयोजकको अनुमान छ।
प्राप्त भएका ३१३ पुस्तकबाट पाँच पुस्तक छानिएको गुठीले जनाएको छ। यिनै पाँचमध्ये सर्वोत्कृष्ट एक पुस्तकलाई २०७९ को मदन पुरस्कार प्रदान गरिनेछ।
कवि भूपी शेरचनबारे छोरी कविता शेरचनले लेखेको संस्मरण कृति सार्वजनिक गरिएको छ।
पराजुलीको यो छैटौँ कथासंग्रह हो। यसअघि उनका विकल्प यात्रा, जाडोमा भोक, सपनामा मार्क्स, शुक्रराज शास्त्रीको चस्मा र अघोरी कथासंग्रह प्रकाशित भएका छन्।
भूगोल, अवस्थिति, शक्ति राष्ट्रको चासो र अभ्यासले नेपालको आन्तरिक र परराष्ट्र मामिलामा कस्तो असर पारिरहेको छ? भन्ने विषय पुस्तकमा उल्लेख भएको परराष्ट्र मामिला विज्ञ डा. इन्द्र अधिकारीले बताइन्।
गहिरो दर्शन, व्याख्यात्मक आख्यान र अनुसन्धानमूलक कृतिमा मान्छेको रुचि घटेको जस्तो देखिन्छ। त्यसले सतही र हचुवा ज्ञानको खतरा हुन्छ। त्यसबाट बच्नु आवश्यक छ।
पाटनबाट आएका नेवार जातिले आफ्नो भाषा, धर्म, संस्कार र संस्कृति यस स्थानमा भित्र्याएका थिए। टक्सारमा नेपालकै पहिलो शाक्यमुनि बौद्ध विहारसमेत रहेको छ। जसको स्थापना १९९३ सालमा स्थापना गरिएको थियो।
जोगिन्दरले २०६१ सालदेखि निरन्तर गाईजात्राको कोसेली बजारमा ल्याइरहेका छन्। मनोरञ्जन दिने उद्देश्यले तयार गरिएको ‘लुछाचुँडी’ मा देशमा सबैको चासो र चिन्ताको विषय भ्रष्टाचारलाई व्यंग्य गरिएको छ।
नेवार समुदायको भाषा र संस्कृति काठमाडौँ उपत्यकामा संरक्षित भए पनि उपत्यकाबाहिर लोपोन्मुख अवस्थामा रहेको प्रशिक्षक विश्वास श्रेष्ठको भनाइ छ।
सन् २०१५ को जापान यात्रालाई नेपथ्यले भूकम्प पीडितका लागि राहत संकलन गर्ने मञ्चका रूपमा प्रयोग गरेको थियो। त्यसबाट भएको आम्दानी प्रधानमन्त्री राहतकोषमा बुझाएको थियो।
पशुपति परिसर क्षेत्रमा भएका कतिपय घन्टीबाट रालो हराएको झण्डै एक दशक भइसकेको छ। तर फेरि रालो नराख्दा ती घन्टी आवाजविहीन भएका छन्।
सो संग्राहलयले नेपाललाई प्रदर्शनीमा देवीदेवतासँग सम्बन्धित कला र संस्कृति झल्काउने तस्वीरहरू प्रदर्शन गर्ने अवसर दिएको छ।
डा. गोविन्द नेपालीले २०५५ सालमा क्याम्पस पढ्न थाल्दै कर्णाली सभ्यता चिनाउने सामग्री संकलन शुरू गरेका थिए। त्यसको २६ वर्षपछि स्थापित संग्रहालयमा कर्णाली क्षेत्रबाट लोप भइसकेका सामग्री पनि हेर्न पाइन्छ।