AnonymousUser

Logout

जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा मनाइँदै, देशभर सार्वजनिक बिदा

प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ बिहीबार विभिन्न कार्यक्रम आयोजना गरी देशभर आरम्भ गरिँँदैछ।

देउडामय शिवधाम, एकसाथ नाच्छन् ३ पुस्ता

गौरा पर्वको अवसरमा सुदूरपश्चिममा महिन दिनसम्म पनि देउडा खेलिन्छ। देउडा गीत एक प्रकारको भाका हो। यसलाई कुनै पनि लयमा ढालेर गाउन सकिन्छ।

३५ कलाकार पुरस्कृत, गिरी र श्रेष्ठलाई दीर्घ साधना

राष्ट्रपति कार्यालय शीतल निवासमा मंगलबार एक समारोहबीच पुरस्कार तथा सम्मान प्रदान गरिने चलचित्र विकास बोर्डले जनाएको छ। 

नेपाली भाषाप्रति प्रज्ञा प्रतिष्ठान नेतृत्वको द्रोहभाव देखियोः प्रा. जगत् उपाध्याय

'अहिलेका पदाधिकारीहरूसँग हाम्रो व्यक्तिगत दुस्मनी छैन। हाम्रो उत्तराधिकारीका रूपमा उहाँहरू आउनुभएको हो। ऐनअनुसार उत्तराधिकारीका रूपमा आइसकेपछि कुनै पनि संस्थाको अविछिन्न नेतृत्व मानिन्छ।'

गौरा पर्व मनाइँदै

गौरालाई मध्य र सुदूरपश्चिमका मानिसले ऐतिहासिक मौलिक पर्वका रूपमा लिने गरेका छन्। पछिल्लो समय काठमाडौँलगायत अन्य स्थानमा पनि यो पर्व मनाउन थालिएको छ। 

डोलेश्वर मन्दिरमा श्रावणी मेलाको समापन हुँदै, चारै ढोका खुला

डोलेश्वरमा वर्षको तीन दिन महाशिवरात्रि, अक्षय तृतीया र भदौ ६ गते मन्दिरको चारै ढोका खुला रहनुका साथै भक्तजनले शिला छोएर पूजा गर्ने परम्परा छ। 

बेनीमा शुरू भयो परम्परागत ‘बर्खेनाच’, तिजसम्म प्रदर्शन हुने

नेपाल भाषा मंकाः खलःले २०० वर्ष पुरानो बर्खेनाचको निरन्तरताका लागि नयाँ कलाकारलाई तालिम दिने गरेको छ। नाचका विभिन्न विधामा ४० जनासम्म कलाकार सहभागी हुन्छन्।

पुराना गीतसंगीतको 'डिजिटल' संग्रहालय अर्थात् नेपाल म्युजिक आर्काइभ (भिडियो कथा)

कुनै समय रिलमा गीत रेकर्ड गरेर क्यासेट बिक्री गरिन्थ्यो। अहिले ती क्यासेट र क्यासेट प्लेयर दुर्लभ छन्। यसरी रेकर्ड गरिएका गीतसंगीत हराउन नदिन नेपाल म्युजिक आर्काइभले डिजिटल संग्रहालय तयार गरिरहेको छ।

नागपाेखरी र नागदहमा भक्तजनकाे भिड (तस्वीरहरू)

नागपञ्चमीका अवसरमा सोमवार काठमाडौँ उपत्यकाका विभिन्न मन्दिर तथा कुण्डमा पूजाअर्चनाका लागि भक्तजनहरू पुगेका छन्।

आज नागपञ्चमी पर्व मनाइँदै

यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ। यसवर्ष साउनमा अधिकमास परेका कारण सौरमासअनुसार भदौमा यो पर्व परेको हो।

प्रितम राईलाई मेरो भ्वाइस र खुशी कार्कीलाई डान्स युनिभर्सको उपाधि, जिते १–१ करोड 

प्रतियोगितामा विश्वका विभिन्न ५२ देशबाट गायनमा १२० र नृत्यमा १२० जना कलाकार छानी नेपाल ल्याएर प्रतिस्पर्धा गराएको थियो।

नाटक देखाएर खर्च उठाउनै मुस्किल, कसरी जोगाउने रंगमञ्च?

माधवी नाटक हेर्न केही विशेष दर्शक आए, ती फेरि थिएटर फर्किएनन्। सोही हलमा योगमाया र ययाति मञ्चन गर्दासमेत ती दर्शक आएनन्। लाटो पहाड, चोरको स्वर, खुवालुङ हेर्ने विशेष दर्शकलाई अरू नाटकको चासो छैन।

‘यो पुस्तक इतिहासमाथिको प्रश्न हो’

‘नेपालमा एउटा राजनीतिक आन्दोलन सकिएपछि आन्दोलनमा संलग्न र प्रभावित मान्छेहरू छुट्ने गरेका सन्दर्भमा यस्तो 'एंगल' महत्त्वपूर्ण छ।’

किन अगस्ति तारा उदयअघि नै मनाउनुपर्छ गौरा पर्व?

अगस्ति समुद्र नै पिएर सुकाउने ऋषि हुन्। अगस्ति ताराको उदयपछि पृथ्वीमा सुख्खा लाग्छ। गौरा वर्षामा मनाइने पर्व हो। त्यसैले अगस्ति तारा उदयपूर्व नै गौरा मनाइसक्नु पर्छ। साउने तिथिले गौरा मनाउन छेक्दैन।

पद्मश्री पुरस्कारका लागि छानिए उत्कृष्ट ५ पुस्तक 

छनोट भएका पुस्तकमा सुबिन भट्टराईको इजोरिया, विवेक ओजाको ऐँठन, डा. देवीप्रसाद सुवेदीको मनु, प्रदीप रोदनको मफलर र डा. नवराज केसीको शून्यको मूल्य रहेका छन्। 

‘हनुमानढोका स्मारिका’को लोकार्पण

प्राडा. प्रेम खत्रीले सम्पादन गरेको स्मारिकामा स्वदेशी तथा विदेशी विज्ञहरूका लेख समेटिएका छन्।

मेरो भ्वाइस र डान्स युनिभर्सको फाइनल शनिबार: कसले जित्ला १ करोड पुरस्कार?

विभिन्न देशमा रहेका नेपालीबीचको आपसी सद्भाव र नेपाली भाषा तथा संस्कृतिलाई उनीहरूमाझ जीवन्त राख्न सघाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।

सदाचार पालना गर्ने पर्व ‘गुँला’ शुरू, स्वयम्भूमा विशेष मेला लाग्ने

नेवार समुदायले श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म धर्मकर्म एवं राम्रो काम गरेर मनाउने  गुँला पर्व मनाउँछन्। यस अवसरमा मनाइने केपु बाजाको पूजा गर्ने परम्परा भने लोप हुँदै गएको छ।

खोटाङ प्रतिभा–२०८०: गायनमा आश्विन र नृत्यमा कविता विजयी

खोटाङका १० वटै स्थानीय तहबाट गायन तथा नृत्य विधामा एक–एकजना गरी २० जना प्रतिभा प्रतियोगिताको फाइनलमा पुगेका थिए। 

सम्पदास्थलमा बस्न ललितपुर महानगरले लगाएको बन्देज कति उचित? 

पाटन दरबार क्षेत्रका मन्दिरहरूको माथिल्लो पेटीमा बस्न ललितपुर महानगरले लगाएको प्रतिबन्धको पक्ष र विपक्षमा बहस भइरहेको छ। स्थानीय बासिन्दा यसको समर्थनमा देखिएका छन् भने विज्ञहरूले प्रश्न उठाएका छन्।