AnonymousUser

Logout

कुशे औँसी तथा बाबुको मुख हेर्ने दिन मनाइँदै

उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा बिहीबार विशेष मेला लाग्छ। त्यसैले यस औँसीलाई गोकर्णे औँसीका नामले पनि चिनिन्छ। 

बीपी साहित्य महोत्सवअन्तर्गत मंगलबारको कार्यक्रम स्थगित

मंगलबार स्थगित भएको कार्यक्रम कहिले गर्ने भनेर पछि मिति तोकिने कांग्रेसले जनाएको छ।

लेखक तथा साहित्यकार राजेन्द्र पराजुलीको निधन

पराजुलीका अघोरी, कोटेश्वरको केटो, शुक्रराज शास्त्रीको चश्मा, अनायिका, सपनामा मार्क्स, जाडोमा भोक, भ्रष्ट संवेदना, विकल्प यात्रालगायत कृति प्रकाशित छन्। 

राजनीति र साहित्यका बीपीलाई जोड्न महोत्सव

कांग्रेस सभापति देउवाले बीपीका साहित्यिक कृतिको पनि चर्चा गर्दै श्वेतभैरवी कथासंग्रह पढेर त्यसको पात्रमाथि बीपीसँग भएको संवाद पनि सम्झिए।

कथालयले लियो भवानी भिक्षुका सम्पूर्ण किताबको सर्वाधिकार

भिक्षुका सम्पूर्ण कृति कथालयकै विभाग 'वी रिड' प्रकाशनबाट छाप्ने गरी उनका परिवारसँग सम्झौता भइसकेको कथालयका सह-संस्थापक तथा निर्देशक राजीवधर जोशीले बताए। 

बीपी साहित्य महोत्सव शुरू हुँदै, ३ दिनसम्म विविध कार्यक्रम

तीन दिनसम्म चल्ने महोत्सवमा कविता साँझ, गजल साँझ, सांगीतिक साँझ, चित्रकला प्रदर्शनी, वृत्तचित्र प्रदर्शनी, ऐतिहासिक फोटो प्रदर्शनीलगायत कार्यक्रम हुनेछ।

६ पुस्तादेखि कपाली परिवार बसिरहेको सत्तल जब खाली गराइयो

पाटनको पतक्व टोलस्थित हरिशंकर मन्दिरसँगैको सत्तलमा ६ पुस्तादेखि कपाली परिवार बसिरहेको थियो। सत्तल जीर्ण बनेपछि उनीहरू डेरामा सरेर त्यहाँ घरायसी सामग्री मात्र राखिएको थियो।

चेपाङको न्वागी: पितृ बुझाउन रातभर झाँक्रीनाच, भूमिलाई धन्यवाद दिन माटो पूजा 

चेपाङ जातिलाई प्रकृति पूजकका रूपमा पनि चिनिन्छ। उनीहरू सिमेभुमेलाई बुझाएर मात्रै पाकेका अन्नबाली खाने गर्छन्। 

चेपाङ समुदायले न्वागी पर्व मनाउँदै, मकवानपुर, चितवन र धादिङमा सार्वजनिक बिदा

नेपाल चेपाङ संघको पहलमा भदौ २२ गतेलाई छोनाम अर्थात् ‘न्वागी’ राष्ट्रिय पर्वको रूपमा मनाउने गरिएको छ। 

राष्ट्रपति पौडेलद्वारा कविता महोत्सवका उत्कृष्ट कविलाई पुरस्कार प्रदान

राष्ट्रिय कविता महोत्सव २०८० का उत्कृष्ट १० कविहरूलाई राष्ट्रपति पौडेलले राष्ट्रपति भवन शीतलनिवासमा आयोजित कार्यक्रममा बिहीबार पुरस्कार प्रदान गरेका छन्।

फर्पिङ जलविद्युत्‌को ऐतिहासिक संरचना भग्नावशेष, कहिले बन्छ संग्रहालय? (भिडियो कथा)

तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरको पालामा बनेको फर्पिङस्थित चन्द्रज्योति जलविद्युत् बन्द भएको चार दशकभन्दा बढी भयो। यहाँका सामग्री संरक्षण हुन नसक्दा जीर्ण भएर इतिहास हराउने अवस्था भएको छ।

पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

हरेक वर्ष जन्माष्टमीमा कृष्ण मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्छ। विगतका वर्षहरूमा भने कोरोनाका कारण मन्दिरमा घुइँचो कम थियो।

श्रीकृष्ण जन्माष्टमी मनाइँदै, देशभर सार्वजनिक बिदा

काठमाडौँसहित देशभरका ठूला, साना श्रीकृष्ण मन्दिरमा पनि मेला लाग्ने गर्छ। यस अवसरमा कृष्ण र कंसको नृत्यसमेत प्रस्तुत गरिन्छ। 

बीपी साहित्य महोत्सव भदौ २४–२६ सम्म, ६० भन्दा बढी ऐतिहासिक फोटो प्रदर्शनी हुने

महोत्सव आयोजनाका लागि सहमहामन्त्री बद्रीप्रसाद पाण्डेको नेतृत्वमा ३७ जना सदस्यीय तयारी समिति गठन गरिएको छ। 

शान्ति समाजले १५ जनालाई स्रष्टा सम्मान गर्ने

पुरस्कृत हुनेहरूमा सात जना महिला स्रष्टा छन् भने सातवटै प्रदेशको प्रतिनिधित्व रहेको समाजले जनाएको छ।

प्रज्वल पराजुलीको ‘चित्रलेखाको चौरासी’ विमोचित

लेखक प्रज्वलले दक्षिण एशियाली क्षेत्रमा विशेषगरी भारतीय उपमहाद्वीपभित्र समाजले वर्जित गरेका विषयलाई लेखनको प्राथमिकतामा राख्छन्। 

‘गिद्ध भएन भने महामारी फैलिन्छ’

'गिद्धले मरेको र सडेगलेको सिनो खाने भएकाले यसलाई अशुभ मान्ने चलन छ। गिद्ध घरमा बस्यो भने स्वस्तिशान्ति गर्ने प्रचलन विद्यमान छ। गिद्धप्रतिको यो गलत बुझाइ चिर्नुपर्ने आवश्यकता छ।'

‘विधागत पत्रकारिता हाते पुस्तक’ सार्वजनिक

बागमती प्रदेश सञ्चार रजिस्ट्रार कार्यालयले प्रकाशित गरेको ‘विधागत पत्रकारिता हाते पुस्तक’ सार्वजनिक गरिएको छ।

सामाजिक सचेतना र जागरणको सेतु बन्दै पुस्तकालय

पोखरा–२९ स्थित दीपशिखा सामुदायिक पुस्तकालयमा विभिन्न क्षेत्र र विषयका आठ हजार ५०० भन्दा बढी पुस्तक छन्। एकैपटक ४० जनाले शान्त वातावरणमा अध्ययन गर्न सक्ने व्यवस्था मिलाइएको छ।

जनैपूर्णिमामा म्याग्दीका शक्तिपीठमा चहलपहल

जनैपूर्णिमा पर्वमा मात्रै विशेष पूजा हुने म्याग्दीको रिखार, खयरभारनी, नौली बराह, नाँगी बराही, पेरी भारानीलगायतका शक्तिपीठमा सयौँको संख्यामा भक्तजन पुगेका छन्।