विमल पोखरेलले लेखेको निबन्ध संग्रह धरतीको इन्द्रेणीको शनिबार विमोचन भएको छ। यसमा २३ निबन्ध संग्रहित छन्।
विहारको ढुकुटीमा राखिएका गोप्य सम्पदा अवलोकनका लागि बनाइएको प्रदर्शनी कक्ष निर्माणमा एक अमेरिकी संग्रहालयले आर्थिक सहयोग गरेपछि संस्कृति–सम्पदा अभियन्ता र स्थानीयले विरोध गरेका थिए।
काठमाडौँको इतुंबहालमा संग्रहालय स्थापनाका नाममा अमेरिकास्थित ‘रुबिन म्युजियम’ले गरेको सहयोगले प्राचीन सम्पदामाथि हस्तक्षेप भएको भन्दै संस्कृति र सम्पदा संरक्षणका अभियन्ता नै विरोधमा उत्रिएका छन्, किन?
उद्यानमा पर्यटकलाई लक्षित गरेर किरात संस्कृतिसँग जोडिएका विभिन्न संरचना निर्माण गरिएका छन्। किरात समुदायले वर्षमा दुई पटक यस क्षेत्रमा साकेन्वा नाच्ने र पुज्ने गरेका छन्।
पोखरास्थित रत्नमन्दिर गएको जेठ १५ गतेबाट सर्वसाधारणको अवलोकनका लागि खुला गरिए पनि दरबारभित्रका संरचना खुला नगरिएपछि त्यहाँ पुग्ने पर्यटकले असन्तुष्टि जनाउने गरेका छन्।
जर्मनीको बर्लिनबाट फर्काइएको मूर्ति काठमाडौँबाट २५ किलोमिटर दूरीमा पर्ने धुलिखेलको वः टोल पुग्न सकेको छैन। बर्लिनस्थित एक निजी संग्रहालयमा फेला परेको मूर्ति पाटन दरबार संग्रहालयमा राखिएको छ।
रामपुरमा वाद्यवादन कक्षा नभएकाले धेरै यस क्षेत्रमा रुचि भएर पनि सीप सिक्नबाट वञ्चित छन्। एक स्थानीय तहमा एउटा विद्यालयमा संगीतसम्बन्धी कक्षा सञ्चालन गर्न स्थानीयको माग छ।
एफएम रेडियो सञ्चालकसम्बद्ध तीन संस्थाले गीत संगीतका स्रष्टाहरूलाई दिइने रोयल्टीमा एक गैरसरकारी संस्थाले मनोमानी गरिरहेको आरोप लगाउँदै वैज्ञानिक र पारदर्शी वितरण गर्न माग गरेका छन्।
शाह उपाधि धारण गरेका कास्कीका राजा कुलमन्डन खाँको पालामा अहिलेको पोखरा क्षेत्रमा मुस्लिमहरूको बस्ती बसेको मानिन्छ। अन्य रैथाने जातिजत्तिकै पुरानो इतिहास भएका उनीहरूसँग पोखरा नामकरणको किस्सा पनि छ।
चलचित्र लिम्बू समुदायमा श्रीमती फिर्ता ल्याउन संघर्षरत श्रीमान्को कथा प्रस्तुत गरिएको 'जारी' प्रथासँग सम्बन्धित छ।
नाटकलाई प्रसिद्ध रंगकर्मी घिमिरे युवराजले निर्देशन गरेका छन्। उनको अभिनय पनि देख्न पाइन्छ। नाटक साउन ५ गतेदेखि भदौ २ गतेसम्म मञ्चन हुनेछ।
पुस्तकमा सामाजिक, आर्थिक, सांस्कृतिकलगायत २३ वटा राष्ट्रिय र १९ अन्तर्राष्ट्रिय क्षेत्रका तथ्यांक समेटिएका छन्।
नाटक मन्टेश्वरीदेखि पाँच कक्षासम्मका विद्यार्थीलाई लक्षित गरिएको भए पनि अभिभावक, शिक्षक र नाटकप्रेमीका लागिसमेत उत्तिकै महत्त्वपूर्ण छ।
अहिले तपाईं जुनसुकै सामाजिक सञ्जालमा हेर्नुस्, बार्बी र ओप्पेन्हाइमरको विषयमा बनाइएका मिम ‘इन्टरनेट कल्चर’को केन्द्रमा छन्, यसरी बार्बेनहाइमर ‘इन्टरनेट्भर्स’को बहुप्रतिक्षित इभेन्ट हुन पुगेकोछ।
प्रज्ञा प्रतिष्ठानमा २०२७ सालमा राखिएको राजा महेन्द्रको शालिक दोस्रो जनआन्दोलनमा तोडफोड भएपछि ‘पुनर्निर्माण’का नाममा त्यसबेलाको ताम्रपत्र नै हटाइएको छ। नयाँमा शालिक मर्मतसम्बन्धी गलत सूचना राखिएको छ।
नवीन चौहानले निर्देशन गर्ने चलचित्र ‘ऊनको स्विटर’मा अभिनेता विपीन कार्की र अभिनेत्री मिरुना मगरको मुख्य भूमिका रहनेछ।
पहिले हराइसकेको यस नाचलाई पाँच वर्षअघि उत्तमरत्न शाक्यले पुनर्जीवित गरेका थिए। यही अवसरमा कला प्रदर्शन, बाद्यवादनदेखि पूजाआजा तथा टीकाटालोलगायत सांस्कृतिक भूमिकामा पाटनका युवाको सहभागिता लोभलाग्दो छ।
लकडाउनका बेला छतबाट चराको फोटो खिच्न शुरू गरेका दशरथले हिमालको डाँफेमुनाल र अधिकांश वन्यजन्तुका फोटो खिचिसकेका छन्। उनको रहर चराको फोटो खिचेर नेपाललाई संसारसामु चिनाउने रहेको छ।
युवाहरूले प्रायः आख्यान, इतिहास, आत्मकथा र राजनीतिका पुस्तक किन्ने गरेका छन्। धेरैले अभिभावक र साथीभाइको प्रेरणा लिएर पुस्तक पढ्छन्। तर, अतिरिक्त अध्ययन गर्ने युवाको संख्या भने निकै कम छ।
यो पर्व विशेषतः महिलाको संलग्नतामा असार २० गतेदेखि मनाइन्छ। पाँच दिनसम्म गुफामा बसोबास गरी पूजाआजा गर्ने र दुई दिन मितेरी लगाउने चलन छ।