होलीका बेला भित्र्याइएको आगो तापेमा घरमा सुख शान्ति हुने र रोग व्याधी हटेर जाने थारू समुदायमा विश्वास रहेको छ।
पाल्पाको रामपुर नगरपालिका, पूर्वखोला गाउँपालिकाका कतिपय स्थानमा फागु पूर्णिमाको चार/पाँच दिन अघिदेखि नै परम्परागत मौलिक बाजा बजाएर फागु खेल्ने प्रचलन छ।
होली पर्वका अवसरमा सरकारले पहाडी र हिमाली क्षेत्रका ५६ जिल्लामा सार्वजनिक बिदासमेत दिएको छ। फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने यो पर्व तराईमा भने सोमबार मनाइन्छ।
पर्दामा अकारण संवाद/घटना देखाइनु हुँदैन भन्ने मान्यतामा खरो उत्रिन कथामा महत्त्वपूर्ण कडी हुने पात्र र संवादलाई पहिलेदेखि नै विकसित गर्दै लगिएको छ। यसले कथा प्रस्तुतिलाई फितलो बन्न दिएको छैन।
भूकम्प गएको झन्डै आठ वर्ष बितेपछि बल्ल मन्दिर मर्मत सम्पन्न भएको भनिएको छ। तर यो पहिलेको स्वरूपमा छैन।
परम्पराअनुसार एक रातमा एक घरमा मात्रै होली खेल्ने गरिन्छ। पूर्णिमाको दिन होली दहनपछि आठ दिन मृत होली मनाउने चलन छ।
ठाकुर बेलबासेलाई 'व्यथित काव्य सम्मान' तथा खेमनाथ दाहाललाई 'व्यथित काव्य डायस्पोरा सम्मान' प्रदान गर्ने निर्णय भएको हो।
प्रधानको ८० वर्षको उमेरमा सोमबार राति काठमाडौँको बानेश्वरस्थित निवासमा निधन भएको हो। मंगलबार बिहान ९ बजे पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिनेछ।
लुम्बिनी विकास कोषले त्यहाँ बस्ने विदेशी नागरिकको विवरण बुझाउन पनि निर्देशन दिएको छ।
काठमाडौँको वसन्तपुरमा रंगीचंगी ध्वजाले सजाइएको तीनतले चीर ठड्याइएको छ। यससँगै रंगहरूको पर्व होली शुरू भएको छ।
कर्मसियल रूपमा सफल फिल्म आर्टिस्टिक हुनसक्छ तर आर्टिस्टिक रूपमा सफल चलचित्र सधैँ कर्मसियल रूपमा सफल हुन्छन् भन्ने छैन।
लमजुङको सामान्य परिवारमा जन्मिएका सुवेदी बेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट विद्यावारिधि गर्ने पहिलो नेपाली हुन्। उनले लिड्स, लन्डन र अक्सफोर्डलगायत विश्वविद्यालयमा प्राध्यापन गरेका छन्।
इतिहासका अभिलेख अध्ययन गर्दा मस्टो परम्परा हिन्दु, इस्लाम, क्रिस्चियन बौद्ध आदि परम्पराभन्दा अघिदेखि नै प्रचलनमा रहेको ठहर हुन्छ। यस हिसाबले प्राचीन मस्टो उपासक खसहरू हिन्दु थिएनन्।
नेपाल कमर्सियल आर्टिस्ट संघले बजार क्षेत्रलाई चित्रकलासहित सौन्दर्यीकरण गरेको छ। ट्राफिक चोकदेखि दशरथ चोकसम्मका भित्तामा सुदूरपश्चिमका कला र संस्कृति झल्किने चित्रकला कोरिएको छ।
फागुन ३० गते सम्पन्न छनोट समितिको बैठकले एक लाख १० हजार रुपैयाँको उक्त पुरस्कार डा.परियारलाई प्रदान गर्ने निर्णय गरेको छ।
भेडाबाख्राको ऊन खेर जान नदिन र ऊनबाट कपडा बुन्ने पेसा हराएर जान नदिन युवाको अग्रसरतामा परम्परागत पोसाक बनाउन र लगाउन थालिएको छ।
इस्लाम धर्मावलम्बीको महान पर्व रमजान शुरू भएको छ। यो अवधिमा रोजा अर्थात् उपवास बस्नाले वर्षभरिको पाप पखालिने साथै ७० गुणा बढी पुण्य प्राप्त हुने विश्वास गरिन्छ।
दक्षिण अफ्रिका र बोत्स्वानाका आदिवासीको सेटापा नाच झोँछेको सडकमा देखाइँदा दर्शकले औधी रुचाए। यो नाच बाली संरक्षण र प्रेमको उत्सवसँग जोडिन्छ। बोत्स्वानाको एक समूह सेटापालाई विश्वभरि पुर्याइरहेको छ।
अमेरिकाको लस एन्जल्स शहरमा आयोजित ९६ औँ संस्करणको यस वर्षको ओस्कार अवार्डमा फिल्म ‘ओपेनहाइमर’ले सर्वाधिक ७ विधामा अवार्ड जितेको छ।
वि.स. २००९ सालमा कविशिरोमणि लेखनाथ पौड्याल, महाकवि लक्ष्मीप्रसाद देवकोटा, नाटककार बालकृष्ण समलगायत साहित्यकारहरू मिलेर इलामको करफोकमा साहित्यिक कार्यक्रम आयोजना गरेका थिए।