सिरुटार, बालकोटका बासिन्दाले त्यहाँको गुप्तेश्वर महादेव मन्दिरमा खट यात्रा गरी बिस्केट जात्रा मनाएका छन्।
तरिबाबु देशार (९२) बाहेक चापागाउँमा वादे बुकि धाँ बजाउने कोही थिएन। नयाँ पुस्ताले यो बाजा बजाउन नजान्ला भन्ने चिन्ता थियो उनलाई। त्यो चिन्ता हर्षमा बदलिएको दुई महिनामै उनले संसार छाडेका छन्।
बीपीचोकस्थित इदगाहमा मुस्लिम समुदायले सामूहिक नमाज पढेका छन्। त्यहाँ उपस्थितले एकापसमा अँगालो मारेर इदको शुभकामना आदानप्रदान गरिरहेका छन्।
बुधबार चन्द्रमा नदेखिएकाले बिहीबार इद मनाउने निर्णय भएको मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बताए। ‘सेवइ’ खाएर र सामूहिक रूपमा नमाज पढेर यो पर्व मनाइन्छ।
जथाभाबी तान्दा रथ बिग्रिएर क्षति पुगेको र रथ तान्ने डोरीसमेत चोरी भएको छ। रथमा धेरै क्षति पुगेकाले मर्मत गर्ने कार्य जारी छ।
सर्वसाधारणका लागि भैरवको रथमा पूजा खुल्ला गरेर जात्राको शुभारम्भ गरिएको गुठी संस्थान कार्यालयले जनाएको छ। दिउँसो तीन बजेदेखि भैरवको रथ तान्ने तयारी छ।
परापूर्वकालदेखि चलिआएको परम्परा जगेर्ना गर्न एकल घोडेजात्रालाई निरन्तरता दिइरहेको ललितपुर महानगरपालिका–९ का वडा अध्यक्ष राजु महर्जन बताउँछन्।
कालीगण्डकीको तटमा अवस्थित कागबेनीमा औँसी तिथि पारेर दिवंगत आफन्तको नाममा पिण्डदानका लागि मुक्तिनाथ मन्दिरको दर्शन गर्नेको बिहानैदेखि घुइँचो लागेको हो।
घोडेजात्राका अवसरमा आज नेपाली सेनाले टुँडिखेलमा अश्वकला पनि प्रदर्शन गर्दैछ।
ललितपुरमा नेपालसहित अमेरिका, अस्ट्रेलियादेखि थाइल्यान्डसम्मका ट्याटु आर्टिस्ट जम्माका भएका थिए। महिला ट्याटु आर्टिस्ट मात्र होइन ट्याटु खोपाउने पनि अधिकांश महिला नै दखिन्थे।
आममानिसले असनलाई नुनदेखि सुनसम्म पाइने व्यापारिक केन्द्र ‘ओपन डिपार्टमेन्टल स्टोर’को रूपमा बुझ्छन्। असनबासीका लागि आफ्नो बासस्थान र पर्व मनाउने स्थान हो। मीनरत्नका लागि भने क्यामराको ‘अब्जेक्ट’ हो।
लेखक दर्लामी ‘मारीखोलाको ढुङ्गो’ उपन्यासमा आफूले देखेको र भोगेको समयलाई इमानदारीपूर्वक उतारेको बताउँछन्।
‘जो गाईको रक्षक हुन्, उनीहरूलाई गोर्खा सेनामा पठाइएन। आदिवासीहरूलाई भर्ती गराउँदा धर्मको महलमा हिन्दू लेख्न लगाइन्थ्यो वा गल्लावालहरूले त्यही लेखिदिन्थे तर हिन्दू थिएनन्।’
पोखरामा बस्ती बस्न शुरू हुँदा नै चौतारो बनाइन थालेको पाइन्छ। इतिहास र संस्कृति झल्काउने यी चौतारा तीव्र शहरीकरणले मासिँदै छन्। बाँकी भएकालाई पनि पुरानो शैली मासेर सिमेन्ट प्रयोग गरी मौलिकता मेटाइँदैछ।
पुरातत्त्व विभागले कीचक वधमा २०५८ सालमा पहिलो पटक उत्खनन गरेको थियो। यस पटकको उत्खनन सातौँ हो।
लिच्छवि हाउसमा ‘अनिच्चः परिवर्तन, जीवन, संसार’ विषयवस्तुमा आधारित प्रदर्शनी गरिएको छ। क्यानडेली कलाकार क्रोद्वारा क्युरेट प्रदर्शनीले स्थानीय तथा अन्तर्राष्ट्रिय कलाकारको समूहलाई एकैठाउँमा जमघट गरायो।
पुस्तकमा २०० वटा गीत रहेका छन्। २०० पृष्ठ रहेको पुस्तकको मूल्य पनि २०० भारु रहेको छ।
रंगकर्मी र प्रशिक्षकलक्षित कार्यशाला रसियन हाउस कमलपोखरीको सहयोगमा हुन लागेको हो। चैत्र १७ देखि २६ सम्म हुने कार्यशालामा २० जना रंगकर्मीहरूको सहभागिता रहनेछ।
हिजोआज पुरुषले नै बाजा बजाउन छोडेपछि 'देउरालीचोक आमा समूह'को अग्रसरतामा महिलाहरू बाजा बजाउन सिकिरहेका छन्।
सोमबार जनकपुरधामस्थित राममन्दिरको प्रांगणमा आयोजित महामूर्ख सम्मेलनमा उनलाई मिथिला नाट्य कला परिषद्ले महामूर्ख घोषणा गरेको हो।