बाबाआमा बीचको सम्बन्ध विच्छेदले बालबालिकामा पार्ने प्रभावलाई बालचलचित्रका माध्यमबाट उजागर गर्ने प्रयास गरेको फिल्मका लेखक विजयराज आचार्य बताउँछन्।
काठमाडौँ— आचार्य गोपाल निर्देशित बाल मनोविज्ञानमा आधारित सर्ट (लघु) फिल्म ‘किबोर्ड’को विशेष प्रदर्शनी भएको छ। क्रियटिभ सेन्टर नेपालको प्रस्तुति रहेको उक्त फिल्मको प्रज्ञा प्रतिष्ठानमा बालपुस्तक प्रदर्शनी – २०८० का क्रममा प्रदर्शनी भएको हो।
किबोर्डमा अभिभावकको सम्बन्ध विच्छेद हुँदा बालबालिकाको मनोविज्ञानमा पर्ने असरलाई रचनात्मक ढंगबाट प्रस्तुत गरिएको छ। प्रमुख पात्र जियान संगीतमा रुचि राख्छन्। उनी विद्यालयमा हुने गायन प्रतिस्पर्धामा भाग लिन्छन्। निरन्तर संगीत सिक्छन्। किबोर्डसँगै रमाउँछन्। तर, घरमा हुने बाबाआमाको बेमेलले उनी विचलित भएका हुन्छन्।
अभिभावकको खटपटले संगीतमा विलक्षण प्रतिभा भएका जियानको मस्तिष्कमा नकारात्मक प्रभाव पार्न थाल्छ। त्यसपछि उनको सांगीतिक जीवन कसरी अगाडि बढ्छ? निर्देशक आचार्यले फिल्ममा रचनात्मक ढंगबाट प्रस्तुत गरेका छन्। यस फिल्मलाई अब अन्तर्राष्ट्रिय फिल्म महोत्सव र स्कुलहरूमा प्रदर्शन गर्नेसमेत निर्देशक आचार्यले बताए।
“मेरा फिल्ममा सामाजिक जीवनका ससाना आयामहरू समेटिन्छन्। सामाजिक परिघटनाले कथा लेख्न र फिल्ममार्फत भन्नलाई प्रेरित गर्छन्,” निर्देशक आचार्यले भने। उनले सामाजिक कथालाई अरू निर्देशकले भन्दा भिन्न तरिकाले भन्न रुचाउने बताउँछन्। किबोर्ड पनि जियानको मनोविज्ञानलाई दर्शकले अनुभूति गर्न सक्ने गरी निर्माण गरेको आचार्यले उल्लेख गरे।
बाबाआमा बीचको सम्बन्ध विच्छेदले बालबालिकामा पार्ने प्रभावलाई बालचलचित्रका माध्यमबाट उजागर गर्ने प्रयास गरेको फिल्मका लेखक विजयराज आचार्य बताउँछन्। क्रियटिभ सेन्टर नेपालको प्रस्तुति रहेको फिल्म सन्देश आचार्य र कौशल कुमार भट्टराईले निर्माण गरेका हुन्। आफू शैक्षिक अभियन्ता भएकाले पनि कथाबाट प्रभावित भएर फिल्म निर्माण गरेको सन्देश आचार्यले बताए। उनले यस्ता चेतनामूलक फिल्म अझै धेरै बन्नुपर्ने उल्लेख गरे।
अधिकांश दर्शकले बालबालिकाको मनोविज्ञानलाई फिल्मले मनछुने ढंगबाट प्रस्तुत गरेको र यस्तो फिल्मको पहिलो पटक अनुभव गर्ने मौका पाएको प्रतिक्रिया दिएका छन्। फिल्म हेरेपछि बालसाहित्यकार तथा गीतकार रामबाबु सुवेदीले सिनेमाका माध्यमबाट बालकथालाई बाहिर ल्याउँदा नेपाली बालसाहित्यका निम्ति ठूलो योगदान पुग्ने भनाइ राखे।
फिल्ममा आलोक चौरेली, कृष्ण भक्त महर्जन र रश्मि भट्टको मुख्य अभिनय रहेको छ। फिल्मलाई सुजय गौतमको छायांकन, दिवस धितालको सम्पादन, टेकेन्द्र नेपालीको संगीत, भरत कँडेलको साउन्ड डिजाइन, भीष्म जोशीको कास्टिङ, आशुका अर्याल सह–निर्देशन, धीरज अधिकारीको लोकेसन साउन्ड र सरोज खडका प्रडक्सन म्यानेजर रहेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
