AnonymousUser

Logout

संरक्षण अभावमा जीर्ण बने गौश्वारका प्राचीन सम्पदा

१९७८–७९ सालमा सिर्मु र सालका काठमा कुँदिएका कलात्मक बुट्टा, चिल्ला र बाक्ला ढुंगाले छाएको धुरी र पालीमुनि टुँडाल राखेर निर्माण गरिएका आकर्षक ढुंगेघर संरक्षण अभावमा जीर्ण भएका हुन्।

तनहुँमा ४ वर्षपछि शुरू भयो रचना वाचन शृंखला

जिल्लाका फरक–फरक ठाउँमा पुगेर साहित्यकारले मुक्तक, कविता, गीत, हाइकु, गजललगायत रचना प्रस्तुत गर्ने गरेका छन्।

भानु जन्मस्थललाई साहित्यिक र सांस्कृतिक गन्तव्यस्थल बनाउन पहल

तनहुँको भानु नगरपालिका-४ चुँदीरम्घालाई साहित्यिक र सांस्कृतिक पर्यटकीय गन्तव्यस्थलको रूपमा विकास गर्न लागिएको हो।

भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उँभौली पर्व

बाली लगाउनुअघि गाउँ–गाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको छ।

बुद्ध जयन्ती मनाइँदै, देशभर सार्वजनिक बिदा 

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाउने गरिन्छ। गौतम बुद्धले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरणस्वरुप यो पर्व मनाउने गरिएको हो।

बाखाम्मा: सृष्टिको मुन्दुमी वर्णन (तस्वीरहरू)

नाटकमा सुन्नीमा र पारुहाङ नामक दुई पात्रको प्रेमकथा छ। सुन्नीमा र पारुहाङको प्रेममार्फत मानव सृष्टिको आदिकालीन यात्राको वर्णन हुँदै गर्दा नाटकमा किराती समुदायको संस्कृति र परम्परा झल्किन्छ।

रातो मत्स्येन्द्रनाथको रथ गुड्ने बाटो

वर्षा र सहकालको देवता रातो मत्स्येन्द्रनाथको मूतिलाई हरेक वर्ष वैशाख शुक्ल प्रतिपदाको दिन रथमा राखेर पाटनका भित्री शहर परिक्रमा गराइन्छ। १४ सय वर्ष पुरानो मानिने यो जात्राका विश्रामस्थल आठ वटा छन्।

‘तेन्जिङ नोर्गेमाथि फिल्म बन्दा शेर्पा, गुरुङ वा मगर किन छानिएनन्?’

‘हामीले सानो सपना देख्यौँ। मेरो सिनेमा समुदाय इतरले पनि हेर्नुपर्छ भन्ने नै सोचेनौँ। गुरुङ फिल्म लिम्बू दर्शकले हेरुन्, लिम्बू फिल्मका गुरुङ दर्शक हुन्, मगर फिल्म राईहरूले पनि हेरुन् भनेर सोचेनौँ।’

‘हजुरआमाका कथा’मा छुटेका कथा

नेपाली समाजमा कुलीनहरूको समूह अत्यन्तै सानो छ। झन् ७०/८० वर्षअघि स्रोत साधनमा कति सानो समूहको रजगज चल्थ्यो होला भन्ने अनुमान लगाउन सकिन्छ।

प्रज्ञा कुञ्जको नाट्य उत्सव शिल्पीमा, ४०० विद्यार्थी सहभागी हुँदै 

बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा वैशाख ३१ देखि जारी नाट्य उत्सवमा एक दर्जनभन्दा बढी नाटक मञ्चन भइसकेका छन्। शुक्रबार अन्तिम दिन शिशिर वसन्त, हिराको भोटो, ब्युटी इज अ बिस्ट नाटक मञ्चन हुँदैछन्।

कान्स फिल्म फेस्टिभलमा सहभागी हुन बालेन शाह फ्रान्स प्रस्थान

यस वर्ष फेस्टिभलका लागि नेपालबाट कुनै फिल्म छनोट भएको नभए पनि नेपालमा छायांकन गरिएको ‘द सेमलेस’ अन रिगार्ड विधामा र ‘तारा: अ लस्ट स्टार’ मार्केट स्क्रिनिङ विधामा छनोट भएका छन्।

अखिल नेपाल लेखक संघको अध्यक्षमा स्वप्निल स्मृति

अखिल नेपाल लेखक संघमा कवि स्वप्निल स्मृति (सनमान चेम्जोङ)को अध्यक्षतामा ७१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ।

महामारीकालको महत्त्वपूर्ण अर्काइभ

हामी नेपाली (राज्य संयन्त्र र जनता) समस्या र त्रासदीलाई छिटै भुल्छौँ या संकटबाट निकै ढिलो पाठ सिक्छौँ? २०७२ वैशाख १२ को भूकम्प र २०७६ पछिको कोभिड महामारी नै हेरे पुग्छ।

नक्सालमा विद्यार्थीले बनाएका चित्र तथा मूर्तिकलाको प्रदर्शनी

काठमाडौँ महानगरका ९ विद्यालयका १९ समूहमा सञ्चालन गरिएको शिक्षामा सिप कार्यक्रमअन्तर्गत ‘स्केचिङ एन्ड स्कप्चर’ मोड्युलको तालिममा विद्यार्थीबाट सिर्जित कलाकृति प्रदर्शनीमा राखिएको छ। 

चतराधामको महाकुम्भ मेला सकियो, ४० लाख तीर्थयात्रीले गरे दर्शन

चतराधाममा प्रत्येक ६ वर्षमा अर्धकुम्भ र १२ वर्षमा पूर्णकुम्भ मेला लाग्ने गरेको छ।

तथ्यांकसम्बन्धी पुस्तक ‘फ्याक्ट्स अफ नेपाल २०२४’ सार्वजनिक

विभिन्न क्षेत्रको तथ्यांक संकलन गरेर तयार पारिएको पुस्तक ‘फ्याक्ट्स अफ नेपाल २०२४’ सार्वजनिक भएको छ।

आमाको मुख हेर्ने दिन मनाइँदै, मातातीर्थमा मेला

मातातीर्थ औँसीको अवसरमा काठमाडौँको चन्द्रागिरि नगरपालिकाले बुधबार सार्वजनिक बिदा दिएको छ।

 बागमतीमा नेपाल र तामाङ पनि सरकारी कामकाजी भाषा

‘प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८०’ को कार्यान्वयनसँगै आजदेखि बागमती प्रदेशमा नेपाल र तामाङ भाषा पनि सरकारी कामकाजी भाषा बनेका छन्।

जनावरका कल्पना र वास्तविक संसार देखाउने रंगमञ्च

नाटकमा कलाकारहरू कहिले मुसा, कहिले चरा, कहिले बाँदर त कहिले अन्य जनावरले जस्तै हाउभाउ गर्छन्। उनीहरू गीत गाउँदै मञ्चमा रमाउँदा दर्शकको अनुहारमा मुस्कान छाएको पत्तै हुँदैन।

अमेरिकाबाट नेपाल पठाइयो तेह्रौँ शताब्दी पुराना मूर्ति, हराएका स्थानमा प्रतिस्थापन गरिने

१३औँ, १७औँ र १८‍औँ शताब्दीका मूर्ति स्वदेश पठाइएको दूतावासले जनाएको छ। ती मूर्ति धातु, काठ, ढुंगा र हड्डीबाट बनेका हुन् ।