राईले व्यक्तिगत प्रयासमा सिक्किममा पठन संस्कृतिको विकासका लागि पुर्याएको योगदानको मूल्यांकन गर्दै कविता समूहले पुरस्कार ग्रदान गर्ने निर्णय गरेको हो।
साहित्य सङ्गम मकवानपुरले कृति सम्मानका लागि उत्कृष्ट तीन कृतिको सूची सार्वजनिक भएको छ।
ब्रिटिस गोर्खा सैन्य जीवनबाट अवकाशप्राप्त राईका यसअघि ‘राइफलको नालबाट जीवन नियाल्दा’ पहिलो खण्ड, ‘राइफलले फलाकेको जिन्दगी’लगायत आठ पुस्तक सार्वजनिक भइसकेका छन्।
किरात राई समुदायको संस्कृति र सभ्यतासँग जोडिएको साल्पा–सिलिचुङको मुन्दुमी मिथकलाई लिपिबद्ध गरी पुस्तकका रूपमा प्रकाशन गरिएको छ।
बज्रयोगिनीसँगै चिभाः द्यः, सिंहमुखी र बाघमुखी मूर्तिलाई बाजागाजासहित खटमा राखेर साँखु बजारमा ल्याई नगर परिक्रमा गराउने चलन रहिआएको छ।
अकल्पनीय रूपमा अर्बपति भएको कुवेर नामक नेता पैसाले खुशी, इज्जत, भोक, निद्रा, भावना, मुस्कानजस्ता अभौतिक वस्तु किन्ने दौडमा आधारित उपन्यासमा उसको मानसिक विचलन उजागर गरिएको छ।
टुँडालदेवीको खटलाई हाँडीगाउँस्थित गहना पोखरीभित्र तीनपटक परिक्रमा गराएर प्रतीकात्मक रूपमा गहना खोज्ने गरिन्छ।
काङमाङ नरेश राईले गोर्खा भर्तीको इतिहास, त्यसले सामाजिक र सांस्कृतिक रूपमा पारेको प्रभाव तथा गोर्खाहरूको आन्दोलनका विषयमा लेखेको पुस्तक ‘पानी पतिया’ बजारमा आएको छ।
परम्परागत बाजा धिमेलाई ‘रणवाद्य’ पनि भनिन्छ। रणको अर्थ युद्ध र वाद्य भनेको बाजा हो। यसको ध्वनीले ठूलो भीड आइरहेको संकेत दिने हुँदा कुनै समय युद्धमा प्रतिपक्षी तर्साउन पनि धिमेको प्रयोग हुन्थ्यो।
सागर खातीको निर्देशनमा मञ्चन हुन लागेको ‘टिकट टु हलिउड’मा मिलन कार्की र सुदीप खतिवडाले अभिनय गरेका छन्।
गुरुङ संस्कृतिअनुसार माघ महिनामा वसन्त पञ्चमीबाट सुरु भएको घाटुनाच वैशाख पूर्णिमापछिको पञ्चमीमा समापन गर्ने चलन छ।
पोखराको पुरानो बजार नालामुख चोकमा उभिएको साढे एकतले घरमा अहिले चमेनागृह छ। यही घरमा कुनै बेला पहिलो सिनेमा हल खुलेको थियो, जसको इतिहास बीपी कोइरालासँग पनि ठोक्किन्छ।
देशका विभिन्न भागमा रहेका राम मन्दिरका साथै घर–घरमा हिन्दू धर्मावलम्बीहरूले मर्यादा पुरुषोत्तम श्रीरामको पूजा आराधना गरी रामनवमी पर्व मनाउँदै छन्।
चैतेदशैँका अवसरमा लाग्ने ३०० वर्ष पुरानो मेला चैत ३० देखि जारी छ। ‘गन्तव्य बागलुङ कालिकाः कला र संस्कृतिको प्रवर्द्धन– स्थानीय उत्पादन, व्यापार र पर्यटन प्रवर्द्धन’ नाराका साथ मेला आयोजना गरिएको हो।
चैतेदशैँका अवसरमा मंगलबार गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदासमेत दिएको छ।
बजारमा कला किन्ने संस्कार नै कम भएको बेला आर्थिक स्थिति खस्किएपछि कसले ‘आर्ट’ किन्छ? भन्ने विषयमा कलाकार र ग्यालरी सञ्चालक चिन्तित छन्।
यो जात्रामा थिमीबासीले घरका झ्याल, कौसी र छतबाट सिन्दूर एवं फूल बर्साएर मूल देवता बोकेको रथलाई स्वागत गर्ने गर्छन्।
चित्रलेखन गर्दा स्थान अनुसारका आकृतिलाई प्राथमिकता दिइने छ। रंगशाला क्षेत्रमा खेलकुदसँग सम्बन्धित, अन्तर्राष्ट्रिय विमानस्थल बाहिर नेपालका जातजाति तथा भेषभूषा बिम्बित हुने चित्र कोरिनेछन्।
जुडशीतल पर्वमा मान्यजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्य र दीर्घजीवनको आशीर्वाद दिने चलन छ।
प्रचण्डले सत्तामा ल्याउने ‘उथलपुथल’ले मानबहादुरहरूको जीवन फर्काउन सकेको छैन। विदेशतिरको पाइला रोक्न सकेको छैन। मानबहादुरहरू त दुःखको लू थाम्न नसकेर खाडीमा ढलिरहेका छन्।