चैतेदशैँका अवसरमा मंगलबार गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदासमेत दिएको छ।
बजारमा कला किन्ने संस्कार नै कम भएको बेला आर्थिक स्थिति खस्किएपछि कसले ‘आर्ट’ किन्छ? भन्ने विषयमा कलाकार र ग्यालरी सञ्चालक चिन्तित छन्।
यो जात्रामा थिमीबासीले घरका झ्याल, कौसी र छतबाट सिन्दूर एवं फूल बर्साएर मूल देवता बोकेको रथलाई स्वागत गर्ने गर्छन्।
चित्रलेखन गर्दा स्थान अनुसारका आकृतिलाई प्राथमिकता दिइने छ। रंगशाला क्षेत्रमा खेलकुदसँग सम्बन्धित, अन्तर्राष्ट्रिय विमानस्थल बाहिर नेपालका जातजाति तथा भेषभूषा बिम्बित हुने चित्र कोरिनेछन्।
जुडशीतल पर्वमा मान्यजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्य र दीर्घजीवनको आशीर्वाद दिने चलन छ।
प्रचण्डले सत्तामा ल्याउने ‘उथलपुथल’ले मानबहादुरहरूको जीवन फर्काउन सकेको छैन। विदेशतिरको पाइला रोक्न सकेको छैन। मानबहादुरहरू त दुःखको लू थाम्न नसकेर खाडीमा ढलिरहेका छन्।
सिरुटार, बालकोटका बासिन्दाले त्यहाँको गुप्तेश्वर महादेव मन्दिरमा खट यात्रा गरी बिस्केट जात्रा मनाएका छन्।
तरिबाबु देशार (९२) बाहेक चापागाउँमा वादे बुकि धाँ बजाउने कोही थिएन। नयाँ पुस्ताले यो बाजा बजाउन नजान्ला भन्ने चिन्ता थियो उनलाई। त्यो चिन्ता हर्षमा बदलिएको दुई महिनामै उनले संसार छाडेका छन्।
बीपीचोकस्थित इदगाहमा मुस्लिम समुदायले सामूहिक नमाज पढेका छन्। त्यहाँ उपस्थितले एकापसमा अँगालो मारेर इदको शुभकामना आदानप्रदान गरिरहेका छन्।
बुधबार चन्द्रमा नदेखिएकाले बिहीबार इद मनाउने निर्णय भएको मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बताए। ‘सेवइ’ खाएर र सामूहिक रूपमा नमाज पढेर यो पर्व मनाइन्छ।
जथाभाबी तान्दा रथ बिग्रिएर क्षति पुगेको र रथ तान्ने डोरीसमेत चोरी भएको छ। रथमा धेरै क्षति पुगेकाले मर्मत गर्ने कार्य जारी छ।
सर्वसाधारणका लागि भैरवको रथमा पूजा खुल्ला गरेर जात्राको शुभारम्भ गरिएको गुठी संस्थान कार्यालयले जनाएको छ। दिउँसो तीन बजेदेखि भैरवको रथ तान्ने तयारी छ।
परापूर्वकालदेखि चलिआएको परम्परा जगेर्ना गर्न एकल घोडेजात्रालाई निरन्तरता दिइरहेको ललितपुर महानगरपालिका–९ का वडा अध्यक्ष राजु महर्जन बताउँछन्।
कालीगण्डकीको तटमा अवस्थित कागबेनीमा औँसी तिथि पारेर दिवंगत आफन्तको नाममा पिण्डदानका लागि मुक्तिनाथ मन्दिरको दर्शन गर्नेको बिहानैदेखि घुइँचो लागेको हो।
घोडेजात्राका अवसरमा आज नेपाली सेनाले टुँडिखेलमा अश्वकला पनि प्रदर्शन गर्दैछ।
ललितपुरमा नेपालसहित अमेरिका, अस्ट्रेलियादेखि थाइल्यान्डसम्मका ट्याटु आर्टिस्ट जम्माका भएका थिए। महिला ट्याटु आर्टिस्ट मात्र होइन ट्याटु खोपाउने पनि अधिकांश महिला नै दखिन्थे।
आममानिसले असनलाई नुनदेखि सुनसम्म पाइने व्यापारिक केन्द्र ‘ओपन डिपार्टमेन्टल स्टोर’को रूपमा बुझ्छन्। असनबासीका लागि आफ्नो बासस्थान र पर्व मनाउने स्थान हो। मीनरत्नका लागि भने क्यामराको ‘अब्जेक्ट’ हो।
लेखक दर्लामी ‘मारीखोलाको ढुङ्गो’ उपन्यासमा आफूले देखेको र भोगेको समयलाई इमानदारीपूर्वक उतारेको बताउँछन्।
‘जो गाईको रक्षक हुन्, उनीहरूलाई गोर्खा सेनामा पठाइएन। आदिवासीहरूलाई भर्ती गराउँदा धर्मको महलमा हिन्दू लेख्न लगाइन्थ्यो वा गल्लावालहरूले त्यही लेखिदिन्थे तर हिन्दू थिएनन्।’
पोखरामा बस्ती बस्न शुरू हुँदा नै चौतारो बनाइन थालेको पाइन्छ। इतिहास र संस्कृति झल्काउने यी चौतारा तीव्र शहरीकरणले मासिँदै छन्। बाँकी भएकालाई पनि पुरानो शैली मासेर सिमेन्ट प्रयोग गरी मौलिकता मेटाइँदैछ।