पुस्तक पढ्न पनि दिने उद्देश्यले महांकाल मन्दिर परिसरमा २०१८ सालमा खुलेको पसल एजुकेशनल इन्टरप्राइजेज त्यहाँबाट हटिसकेको छ। त्यहाँका पुस्तक अहिलेलाई सञ्चालक मोहन श्रेष्ठले आफ्नै घरमा थन्क्याएका छन्।
ताप्लेजुङको सिरिजंघा गाउँपालिकाका उपाध्यक्षसमेत रहेका डा. माबोको पुस्तकमा पूर्वी पहाडको जनजीवन, सामाजिक सद्भाव, मुन्धुम संस्कृति तथा समसामयिक विषयबारे १५ वटा कथा समावेश छन्।
स्थायी र पर्यवेक्षक नियोगका प्रतिनिधिका साथै दिगो विकास लक्ष्य कार्यक्रममा सहभागी हुन आएका अधिकांश देशका प्रतिनिधिले प्रदर्शनीको अवलोकन गरेका छन्।
जेठ शुक्ल एकादशीमा राखिएको तुलसीको बिरुवा आज मोठमा सारिन्छ। सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा पूजा गर्ने चलन छ।
आफ्नो इष्टदेवको सम्मानमा हरियो बाबियोको डोरी बाटी त्यसमा लहरै अन्न, फलफूल र पात सिउरेर घरको मूल ढोकामाथि झुन्ड्याउने परम्परा छ।
आत्मकथामा लेखकको जीवनी मात्र हुँदैन। बरु तत्कालीन राजनीति र समाजका विविध पक्षको चर्चा परिचर्चा गरिएको हुन्छ। यस्ता कृतिले रचनाकारको जीवन, दर्शन तथा इतिहास अवगत गराउँछन्।
अध्यात्मको व्याख्यामा वेदान्त ठीक कि बौद्धदर्शन ठीक? त्यसको तर्क या व्याख्या खै? आध्यात्मिक हुनु भनेको वैराग्य धारण गर्नु या गृहस्थ त्याग्नु हो या सहचर्यामा पनि आध्यात्मिकता सम्भव छ?
चुँदीरम्घामा भानुगृह पुनर्निर्माणका लागि २०७३ चैत २२ गते शिलान्यास भएको थियो। तर आठ वर्ष बितिसक्दा पनि उक्त काम शिलान्यासमै सीमित भएको छ।
पुनर्निर्माण हुने सत्तलको शैलीका विषयमा पुरातत्त्व विभाग र काठमाडौँ महानगरबीच मतभिन्नता देखिएको छ। महानगरले विभागको स्वीकृतिबिनै निर्माण शुरू गरेको छ।
‘रास्वपा सभापति रवि लामिछानेले बिदेसिएकालाई फर्किएर आउन आग्रह गरिरहेका थिए, आएर मात्र के गर्ने त? दुईचार जनालाई रोजगार दिएर भएन। काम गर्ने ठाउँ थुप्रै भए त ‘फर्केर आऊ’ भन्नै पर्दैन, आफैँ आउँछन्।’
३२ वर्षअघि हराएको मुकुण्डो हङकङका एक निजी संग्रहकर्तासँग भएको जानकारीमा आएको छ। लिलामका लागि राखिएको मुकुण्डो पहिचान भए पनि फिर्ता ल्याउन चुनौतीपूर्ण रहेको यसका जानकार बताउँछन्।
नाटक ‘मेषी दण्ड’ साउन ५ देखि २७ सम्म मञ्चन हुने भएको छ। सोलुखुम्बुको खालिङ राई समुदायले भोगेको कथालाई नाटकमा प्रस्तुत गरिएको छ।
सावित्री मैनालीले गरेको विद्यावारिधि सोधका कारण एक हजार वर्षअघि राजा रुद्रदेवको पालामा लेखिएको ‘शिवधर्मशाश्त्रम्’ कृतिका गाताचित्रहरू नेपाल फर्काइए। ती सम्पदा राष्ट्रिय अभिलेखालयबाटै हराएका थिए।
लैनसिंह वाङ्देलले ‘स्टोलन इमेजेज अफ नेपाल’ पुस्तकमा छैटौँ शताब्दीको भनेर उल्लेख गरेको मूर्ति गौशाला प्रहरी वृत्तमा बेवारिसे छ। उक्त मूर्ति रहेको मन्दिरको भग्नावशेष जयबागेश्वरीमा अहिले पनि छ।
डा. रमेशसिंह भण्डारीको नयाँ गीत ‘एउटा जीवन’को म्युजिक भिडियो सार्वजनिक भएको छ।
प्रकोपलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भनी कलाकारहरूले रङ र कुचीका माध्यमबाट सचेतना जगाउने प्रयास गरेका छन्।
तीन सय वर्षअघि भक्तपुरबाट बागलुङ आएका नेवार समुदायले ल्याएको हनुमान् नाच बागलुङमा सुरक्षित छ।
लैनसिंह वाङ्देलको ‘स्टोलन इमेजेज अफ नेपाल’ कृतिमा चोरिएको सम्पदाका रूपमा चिनाइएको जयबागेश्वरीस्थित उमामहेश्वर मूर्ति सोही ठाउँको वैद्य परिवारको घरपरिसरस्थित मन्दिरमा पाइएको छ।
प्रतिष्ठानमा प्राप्त भएका २०८० सालमा प्रकाशित १८६ वटा पुस्तकमध्ये पुरस्कार चयन समितिले पहिलो चरणमा १५ पुस्तक छनोट गरेको छ।
लोकप्रिय नेपाली संगीतकार रञ्जित गजमेरको सम्मानमा अमेरिकाको ओहायोमा विशेष कार्यक्रम आयोजना भएको छ।