AnonymousUser

Logout

‘माउन्टेन क्विन’ : यातनादेखि शिखरसम्म

जर्जसँगको सम्बन्धबाट लाक्पाले नाफाघाटा दुवै व्यहोर्नुपर्‍यो। यो सम्बन्धले एकातिर हिमाल चढ्ने उनको सपनालाई साकार पारिदियो, अर्कातिर आफ्नो अगाडि पीडाको हिमाल खडा गरिदियो।

विश्वकर्मा पूजा नजिकिएसँगै सुनसरीमा मूर्ति बनाउने चटारो

कलकारखाना, औजार र उपकरणको काम गर्ने स्थलमा विश्वकर्मा बाबाको माटोको कलात्मक प्रतिमा राखेर पूजाअर्चना गर्ने प्रचलन छ। त्यसैलाई लक्षित गरी मूर्ति बनाउन थालिएको हो।

पहिचान पुरस्कारका लागि उत्कृष्ट ८ पुस्तकको सूची सार्वजनिक

पहिचान पुरस्कारका लागि उत्कृष्ट ८ पुस्तकको सूची सार्वजनिक भएको छ।

कृष्ण गौतमको उपन्यास ‘अद्वैत’ लाई पद्मश्री साहित्य पुरस्कार, पवन चाम्लिङलाई साधना सम्मान

खेमलाल–हरिकला प्रतिष्ठानले २०८० सालको पद्मश्री साहित्य पुरस्कार प्रा. कृष्ण गौतमको उपन्यास ‘अद्वैत’लाई दिने निर्णय गरेको छ। 

पश्चिम तराईमा उल्लासपूर्वक मनाइँदै अटवारी पर्व

आपसी सद्भाव, एकता र सम्बन्ध सुदृढ पार्ने ठानिएको अटवारी दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका डगौरा चौधरीले मनाउने गरेका छन्। 

परम्परागत भोदी खेलको संरक्षणमा थारू समुदाय

भोदीखेल धार्मिक र ऐतिहासिक महत्त्व बोकेको हुँदा थारू समुदायका अगुवाले यसको संरक्षणका लागि हरेक वर्ष प्रतियोगिता आयोजना गर्दै आएको छ।

महिला स्वतन्त्रता र सशक्तीकरणको आवाज बन्दै तिज

तिज पर्व मनाउँदै गर्दा महिलाहरू सचेत भएर निरंकुशताविरुद्ध, समाजमा महिलामाथि हुने हिंसाविरुद्ध, सामाजिक रूपान्तरण र चेतनाका गीत गाउन थालेका छन्।

नेपथ्य अमेरिका शृंखला: मेरिल्यान्डमा झुमे दर्शक

अमृतले भावी पुस्तालाई सकेसम्म मातृभाषा पनि सिकाउन र त्यो सकिएन भने कम्तीमा नेपाली भाषा सिकाएर भए पनि उनीहरूको जरोसँग जोडिदिन अनुरोध गरेका थिए।

कुशे औँसी: गोकर्णेश्वर मन्दिरमा सिदादान गर्नेको भीड (तस्वीरहरू)

आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ।

भाद्रकृष्ण औँसी, पितृ सम्मान दिवस मनाइँदै

‘पितृदेवो भव’भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले आफ्ना बुवालाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्छ भन्ने विश्वास गरिन्छ।

बेनी बजारमा परम्परागत जोगी नाच प्रदर्शन

नेवार समुदायको साझा संस्था नेपाल भाषा मंकाः खलःअन्तर्गतको युवाहरूको समूह ल्याम्हः पुचःको नेतृत्वमा बेनी बजार र मंगलाघाट बजारमा जोगीनाच प्रदर्शन गरिएको छ।

सोरठीले बौराएका दम्पच मुद्दा

राजा अति तिर्खाएर कुनै कुमालको घरमा पानी माग्न पुग्छन्। १६ वर्षकी युवतीको हातबाट पानीको प्यास मेटेका उनी सोही बखतदेखि नै युवतीप्रतिको एकोहोरो आकर्षणका कारण गहिरो चिन्तामा डुब्छन्। 

पत्रकार उपाध्यायको ‘द्वन्द्व पत्रकारिताको एक दशक’ विमोचित

पत्रकार दीर्घराज उपाध्यायद्वारा लिखित पुस्तक ‘द्वन्द्व पत्रकारिताको एक दशक’ विमोचन भएको छ।

मोहन मैनालीको ‘मुकाम रणमैदान’लाई मदन पुरस्कार, योगेन्द्रप्रसाद यादवलाई जगदम्बाश्री सम्मान

मदन पुरस्कार गुठीको शुक्रबार भएको साधारणसभा बैठकले २०८० को मदन पुरस्कार मुकाम रणमैदानलाई दिने निर्णय गरेको छ।

वादेमा पहिलो पटक युवाले गुञ्जाए बुकि धाँ

बाजा खलका अगुवा स्वर्गीय तरिबाबु देशारलाई गुँलापर्वमा बुकि (स्तोत्र) पाठ गर्ने अन्तिम इच्छा थियो। उनका समकालीन साथी र युवाले यो सालको गुँलापर्वमा बुकि–बाजाले चापागाउँ (वादे) लाई गुल्जार बनाएका छन्।

जहाँ हाटबजारमा पनि डेउडा गुन्जिन्छ

विभिन्न मेला महोत्सव आयोजना गरिने सुखड बजारको हेलिप्याडमा शनिबारका दिन एकातिर किसानले तरकारी बेचिरहेका हुन्छन् भने अर्कोतिर डेउडा खेल लागिरहेको हुन्छ।

भौतिक संरचनाले कुरुप बन्दै पर्यटकीयस्थल मझुवागढी

चारैतिर हरियाली जंगलले घेरिएको मझुवागढीमा घुमफिर गर्न, वनभोज खान, अध्ययन भ्रमण गर्न, साहित्यिक तथा सांगीतिक कार्यक्रमका लागि मानिसहरू पुग्ने गरेका छन्।

लिम्बू समुदायको मौलिक संस्कृति धान नाच संकटमा

परम्परागत रूपमा लिम्बू समुदायले विशेष अवसरमा आयोजना गर्ने धान नाच आधुनिकता र पछिल्लो पुस्ताले चासो नदिँदा लोप हुने अवस्थामा पुगेको छ।

कमल थापाको पुस्तक ‘नाकाबन्दी र कूटनीति’ सार्वजनिक 

पुस्तकमा सन् १९५० को शान्ति तथा मैत्री सन्धि र नेपाल-भारत सम्बन्धका विविध आयामलाई पनि समेट्ने प्रयास गरेको थापाले बताएका छन्। 

पाटनको कृष्ण मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो (तस्वीरहरू)

आज श्रीकृष्ण जन्माष्टमीका अवसरमा पूजा आराधनाका लागि बिहानदेखि नै मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको हो।