परम्पराअनुसार नागको पूजाअर्चना र घरको मूलढोकामा तस्वीर टाँसेर मनाइने यस पर्वका दिन देशभरका नाग मन्दिर तथा पोखरीमा भक्तजनको घुइँचो लाग्ने लागेको छ।
बागलुङको निसीखोला गाउँपालिका–५ र ६ मा बोलिने मगर खाम भाषाको प्रयोग हुन छाडेको छ। पश्चिममा संस्कृतिको प्रभावले मौलिक कला र संस्कृति लोप हुँदै गएको बुढापाका बताउँछन्।
चार दशकअघि हराएको मूर्तिलाई नक्सालका स्थानीयले एक महिना लगाएर खोजबिन गरी कानूनी प्रमाण पुर्याएर छाउनी संग्रहालयबाट फिर्ता ल्याएका हुन्। अझै चार मूर्ति फिर्ता गर्न बाँकी छ।
विहारका पवन सिंहले २१ वर्षको उमेरमा २००७ अप्रिलमा गाएको गीत ‘ललिपप लागेलु’ भोजपुरी भाषी स्रोताभन्दा बाहिर पनि लोकप्रिय बन्यो। यही गीतबाट पवनले ख्याति र सम्मान कमाए।
भोटो जात्रा शुरू भएको यकिन मिति अहिलेसम्म पत्ता लागेको छैन। मच्छिन्द्रनाथको यात्रा भने करिब एक हजार ३०० वर्षअघि नै शुरू भएको हो।
लेखक खगेन्द्र संग्रौला र अभि सुवेदी पनि हुन् खाडीको 'बाख्रा–जिन्दगी'का छड्के साक्षी। नेपाली श्रमिकको आँसु–पसिना र रगतको मूल्य यिनलाई पनि थाहा छ।
देवकोटाले २०१२ देखि ०१४ सालभित्र आफ्नै खण्डकाव्य ‘मुनामदन’देखि ‘बीए पोएट्री’ र ‘पोएट्री नोट’ रत्न पुस्तक भण्डारबाट लगेका थिए। त्यसबेला ‘मुनामदन’को मूल्य १ रुपैयाँ २५ पैसा थियो।
खस आर्य समुदायमा पुरुषलाई केन्द्र बनाएर ‘ससुराली’को अवधारणा बनाइन्छ, ठिक त्यसैगरी मगर समुदायमा महिलालाई केन्द्र बनाएर ‘माइती’को अवधारणाबाट सोच्ने गरिन्छ।
हरेक वर्षको वैशाख शुक्ल प्रतिपदादेखि शुरू हुने रातो मच्छिन्द्रनाथको रथजात्रा काठमाडौँ उपत्यकाको पुरानो र सबैभन्दा लामो जात्राका रूपमा चिनिन्छ।
काठमाडौँ महानगरका पूर्वप्रमुख विद्यासुन्दर शाक्यमाथि सम्पदा पुनर्निर्माणमा मनपरी गरेको आरोप मात्र लागेन, मुद्दा नै परेपछि तारेख धाइरहेका छन्। अहिलेका प्रमुख बालेन शाह पनि शाक्यकै बाटो पछ्याइरहेका छन्।
खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पुस्तकको संक्षिप्त सूची सार्वजनिक गरेको छ।
असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको नेपाली परम्परा छ।
नेपथ्य छैटौँ पटक सांगीतिक प्रस्तुति दिन अमेरिका जान लागेको छ।
लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कारको राशि ५० हजार रुपैयाँ र प्रमाणपत्र रहेको छ।
विश्व सम्पदामा सूचीकृत पशुपतिनाथ मन्दिर, बौद्ध स्तूपा, चाँगुनारायण मन्दिर, भक्तपुर दरबार स्क्वायर, पाटन दरबार स्क्वायर, हनुमान ढोका दरबार र स्वयम्भू महाचैत्यमा पर्यटकको घुइँचो लाग्ने गरेको छ।
नेपालबाट हराएका मूर्ति पछिल्लो दशक धमाधम फिर्ता भए पनि कतिपयलाई उद्गमस्थल पुर्याउन सकिएको छैन। राष्ट्रिय संग्रहालयमा राखिँदै आएका ५९ कलावस्तुको अहिले त्यहीँ अस्थायी रूपमा प्रदर्शनी गरिएको छ।
जोशी ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ गीतका कारण सबैभन्दा बढी छाएका थिए। २०१८ सालमा रेडियो नेपालमा रेकर्ड भएको यो गीतपछि चलचित्र ‘हिजो–आज–भोलि’मा समेटिएको छ।
मदन पुरस्कार गुठीले मंगलबार पाँच कृतिहरू छनोट गरी श्रेष्ठ सूची सार्वजनिक गरेको हो।
यस नाटकले बन्द भएका उद्योगधन्दा खोल्नुपर्ने, नयाँ उद्योगधन्दा सञ्चालन गर्नुपर्ने, युवा जनशक्तिलाई पलायन हुनबाट रोकी मुलुकमै काम गर्ने वातावरण दिनुपर्ने सन्देश दिएको छ।
व्रतालु तथा श्रद्धालुहरू झरीमा रुझ्दै भगवान शिवको दर्शनको लागि लामबद्ध भएका छन्।