AnonymousUser

Logout

सुदूरपश्चिममा आज गौरा पर्व मनाइँदै

भाद्रकृष्ण सप्तमीका दिन गौराघर र मन्दिरमा परम्परागत रूपमा गौरा भित्र्याई अष्टमीका दिन आँगन, मन्दिर परिसर र चौरमा भेला भई ‘गौरापूजन’ गर्ने चलन छ।

भाद्रकृष्ण अष्टमी : मनाइँदै श्रीकृष्ण जन्माष्टमी पर्व

यस अवसरमा आज पाटनको मंगलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लाग्दछ। 

गिरीले देखेको भुटान चित्कार–जनरव फिराद!

लेखक एनबी गिरीले संकलन गरेका त्यस्ता झण्डै एक सय नामको सूचिमा भूगोल र मानचित्रसँगको ठाडो हेराफेरी देख्न सकिन्छ। जस्तै, न्यौपाने बस्ती ‘डेछेन्लिङ्ग’ अनि काफ्लेटार ‘नोर्बुथाङ येन्चेन्फु’ बनेको छ।

कमरेड अलपत्रले भोगेको युद्ध

उहिले मारीखोला र लुङरीखोलाबीच भयंकर लडाइँ भयो। लुङरीले जित्यो, मारी हार्‍यो। ‘मा’ भनेको हार्नु, ‘री’ पानी। अर्थात् हारेको पानी। क. अलपत्र त्यही मारीखोलाको ढुंगो भए, जस्तो पार्टीले नाम राखिदिएको थियो।

सुदूरपश्चिममा गौरा पर्व शुरू, शनिबार बिरुडा पञ्चमी मनाइँदै

तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो, अक्षताले शृंगारी  त्यसभित्र पञ्च अन्न भिजाएर बिरुडा बनाउने चलन छ। बिरुडालाई गौरीको प्रसादका रूपमा लिइन्छ।

बाैद्धमा यसरी मनाइयो रोपाइँजात्रा (तस्वीरहरू)

प्रत्येक वर्ष गाईजात्राको भोलिपल्ट हुने रोपाइँजात्रा सांस्कृतिक झाँकी, बाजागाजासहित काठमाडौँस्थित बौद्धमा मनाइएको छ।

म्याग्दीमा दशकपछि देखाइयो ‘नागिनी’ लुकाउने नाच

बेनीका संस्कृतिकर्मी प्रकाशकुमार श्रेष्ठका अनुसार नागानागिनी नाचले पारिवारिक विश्वासको सन्देश प्रवाह गर्छ। नेवार भाषाको गीत गाएर नाच प्रस्तुत गरिन्छ।

गाईजात्रा पर्व मनाइँदै, काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसंगतिसमेत उजागर गर्ने चलन छ। सार्वजनिक रूपमा मनोरञ्जनात्मक तथा व्यंग्यात्मक कार्यक्रम हुने गरेको छ। 

ढ्वाङकुम पर्व मनाउँदै वाम्बुले राई समुदाय

किरात राई समुदायअन्तर्गत पर्ने वाम्बुले राईहरूले आफ्नो महान् चाड ढ्वाङकुम आज भव्यताका साथ मनाइरहेका छन्।

अमेरिकामा नेपथ्यसँगै नेपालीपन खोजिरहेका दर्शक

अमेरिकाको पश्चिमी भेगमा अघिल्ला दुई वटा कन्सर्ट सम्पन्न गरेर मध्यपश्चिमी राज्य ओहायोको राजधानी कोलम्बस आइपुगेको नेपथ्यको तेस्रो प्रदर्शन पनि उत्तिकै भव्य रूपमा सम्पन्न भएको छ।

गाउँघरबाट हराउँदै जनै बनाउने सीप

पछिल्लो समय गाउँघरमा जनै बनाउने प्रचलन हराउँदै जाँदा बाह्य उत्पादनको भर पर्नुपर्ने अवस्था सृजना भएको छ।

आज जनैपूर्णिमा, जनै तथा रक्षाबन्धन धारण गरेर मनाइँदै

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व सोमबार देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ।

मीनबहादुर में क्या है?

कवि मीनबहादुरजीलाई जुन कुराले पोल्छ, जुन घटनाले मनमा तरंग ल्याउँछ, त्यही भावहरूले कविता कोर्न बाध्य बनाउँछ। उनलाई कविता कोर्न बाध्य बनाउने विषय जीवनमा देखिएका विसंगति हुन्।

१३ नेपाली कृति चिनिया भाषामा अनुवाद हुँदै

नेपाली समाज, संस्कृति, साहित्य, इतिहास र भूगोलको प्रतिनिधित्व गर्ने १३ वटा पुस्तकलाई चिनिया भाषामा अनुवाद गरेर प्रकाशनको तयारी गरिएको छ।

धार्मिक सद्भाव र आस्थाको केन्द्र गोसाईंकुण्ड 

समुन्द्र सतहबाट करिब ४ हजार ३८० मिटर उचाइमा अवस्थित गोसाईंकुण्डमा दशहरा र जैनपूर्णिमा मेला लाग्ने गर्छ।

अमेरिका यात्रामा रहेको नेपथ्य अब कोलम्बसमा प्रस्तुत हुँदै

अमेरिका यात्राका क्रममा दोस्रो प्रस्तुति सानफ्रान्सिस्कोको ‘वारफिल्ड हल’मा दिएको नेपथ्य ब्यान्ड अब कोलम्बसको ‘केम्बा लाइभ कन्सर्ट भेन्यू’मा प्रस्तुत हुँदै छ।

पुर्ख्यौली पेसा जोगाउन सारंगी रेट्दै विरहका गीत सुनाउँछन् डम्बर

डम्बर केही वर्ष रोजगारीका लागि भारतका विभिन्न शहरमा पुगे‍ तर पछिल्लो सात वर्षदेखि निरन्तर शहर–बजारमा एक्लै सारंगी रेटेर जीविकोपार्जन गर्दै आएका छन्।

काठमाडौँमा डोल्पाको चिनारी झल्किने कलावस्तुको प्रदर्शनी

देशको स्वच्छ उद्योगका रूपमा पर्यटन क्षेत्र रहेको र यसका लागि कर्णाली प्रदेश नयाँ गन्तव्य बन्न सक्ने सम्भावना रहेकाले प्रदर्शनी आयोजना गरिरहेको मनघरी फाउन्डेसनका अध्यक्ष भरतबन्धु थापाले बताए।

काठमाडौँलाई कोसेली हाङदेवाको पालम र हाक्पारे 

तीन वर्षअघि विश्वव्यापी अनलाइन पालम प्रतियोगितामा उत्कृष्ट तीनमा परेकी सुनितालाई बाहिरी संसारका लिम्बू जातीय समुदाय र शुभेच्छुकमाझ चिनाउन ताप्लेजुङकै अर्की गायिका झुमा लिम्बूले काठमाडौँ ल्याएकी हुन्।

बढ्दैछन् काँक्रेविहार घुम्ने पर्यटक 

उपत्यकाको उँचो भागमा शिखरशैलीमा रहेको सो विहार हाल सुर्खेत आउने पर्यटकको पहिलो रोजाइमा पर्ने गरेको छ।