AnonymousUser

Logout

लुकेका सम्पदासँग हराएको जीवन जोडिरहेका ‘मिस्टर थ्रिसिक्स्टीफाइभ’ 

३६५ दिन भक्तपुर घुम्दा उनले अनेक चोक, चोकभित्रका पनि चोक, मन्दिर, भग्न घरहरू र मूर्ति भेट्टाए। ती ठाउँबाट हराएका पूजापाठ संस्कृति र जीवनशैली केवल कल्पनामा आए, अनुभव गर्न पाएनन्।

स्वदेशी सिनेमाको विदेश सयर

अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा अवार्ड विजेता ‘अल्टरनेटिभ’ फिल्म सिनेमा हलमा समेत रिलिज हुने थालेका छन्। यी फिल्म गुणस्तरीय हुँदाहुँदै पनि दर्शकलाई हलसम्म भित्र्याउन गर्नुपर्ने सकस भने यथावत् छ।

डा. गोविन्द टण्डनको ‘गुठीः जग्गा हो कि सम्पदा’ लोकार्पित

संस्कृतिविद् डा. गोविन्द टण्डनको ‘गुठीः जग्गा हो कि सम्पदा’ नामक पुस्तक लोकार्पण भएको छ।

रसिक, राल्फा र रामेश

सरकारी सुरुङभित्र पसेर रसिक आफ्नो दायित्व निर्वाह गर्दै थिए। एउटा दरो सिद्धान्त र विचारमा अडिएको राज्यव्यवस्था ल्याएर ‘देश जनता’ बनाउने अभियानमा थियौँ हामी—‘नेपालीको नेपाल’ बनाउने दृढ सपनामा!

५० वर्षअघि जयबागेश्वरीबाट हराएको ‘बोधिसत्व पद्मपाणी’ काठमाडौँमै भेटियो

लैनसिंह वाङ्देलको कृति ‘स्टोलन इमेजेज अफ नेपाल’ मा ‘चोरिएको’ भनेर उल्लेख भएको बोधिसत्व पद्मपाणीको मूर्ति किलागल टोलमा फेला परेको हो।

५० वर्षअघि बुङमति चैत्यबाट चोरिएको बुद्धमूर्ति अमेरिकाबाट फिर्ता आउँदै

बुद्धमूर्ति फिर्ता हुने निर्णय सार्वजनिक भए पनि नेपाल ल्याउन कूटनीतिक र कानूनी प्रक्रिया बाँकी छ। अब पुरातत्त्व विभाग र कूटनीतिक नियोगको तदारुकता जरुरी छ।

सिनिङमा संसारकै लामो थांकाको आकर्षण [तस्वीरहरू]

सुन, चाँदी र पित्तलसहितको जलप राखेर तयार गरिएको थांकामा राजा श्रङ–चङ गम्पोको कथामा जोडिएकी नेपाली राजकुमारी भृकुटीको चित्रकथा छ। तिब्बती धर्मगुरु पन्चेन लामासम्मको विवरण समेटिएको छ। 

मिथिलाञ्चलमा जितिया पर्व: आजदेखि निर्जल उपवास शुरू

मिथिलाञ्चल क्षेत्रमा मनाइने जितिया पर्वअन्तर्गत आज बिहान ४ बजेदेखि ३६ घण्टासम्म बस्ने निर्जल र निराहार उपवास शुरू भएको छ।

हेम प्रभासको कविता संग्रह ‘साँझमा सेल्फी’ लोकार्पण

राष्ट्रिय नाचघर जमलमा बिहीबार कवि डा. नवराज लम्साल र श्रवण मुकारुङ, कलाकार सरोज खनाल, प्रकाशक पुष्पराज पौडेल तथा हेम स्वयंले संयुक्त रूपमा पुस्तकको लोकार्पण गरेका हुन्।  

प्राचीन सभ्यताको झल्को दिने ‘जोङ’ गुफा

भुइँसहित ६ तला रहेको यस गुफामा करिब ५० वटा कोठा छन्। हरेक तलाको बीच भागमा बाटो र दायाँबायाँ कोठा छन्। एउटा तलादेखि अर्को तलामा उक्लिनेसमेत भर्‍याङ छ।

दृश्य कलामार्फत मुक्तिको आव्हान

कुण्डको पिँधमा रहेको सानो प्वालबाट कलाकारको शिर हुँदै शरीरभर पानी बग्छ। प्रदर्शनीको मुख्य उद्देश्य पनि यही हो, अवलोकनकर्तालाई प्रदर्शनीको हिस्सा बनाउनु। 

आश्विन कृष्ण पक्ष: सोह्रश्राद्ध शुरू

पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडादसैँ शुरू हुन्छ। बडादसैँ मनाउनुअघि पितृ तृप्तिका लागि सोह्रश्राद्ध गर्ने गरिएको धर्मशास्त्रीय मत छ।

वसन्तपुरमा इन्द्रजात्रा (तस्वीरहरू)

राष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्टदेखि सर्वसाधारणले इन्द्रजात्राको अवलोकन गरेका छन्।

गीतसंगीतको रोयल्टीः सर्जकको बौद्धिक सम्पत्तिमा अरूकै रजाइँ

संगीत रोयल्टी संकलन समाजले रोयल्टी उठाउन कानूनविपरीत एजेन्सी नियुक्त गर्दा सर्जकले पाउने पैसा निजी कम्पनीको खातामा पुगिरहेको छ।

इन्द्रजात्रा मनाइँदै, काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिंगो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी मनाउने प्रचलन छ।

इन्द्रजात्राको उत्सवलाई सुरक्षित बनाउन १५ वर्षदेखि लागिपरेका गणपति

जात्राको अन्तर्य बुझ्ने उमेर भएसँगै जात्रामा रमाउनेभन्दा पनि जात्रामा रमाउन आउने मानिसको सुरक्षार्थ खट्न थालेका उनीसहित ८०० स्थानीय हरेक वर्ष इन्द्रजात्रा व्यवस्थापनमा तल्लीन हुन्छन्।

इन्द्रजात्राको अवसरमा कुमारीहरूको सामूहिक पूजा

काठमाडौँको बसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि सोमबार कुमारीहरूको सामूहिक पूजा गरिएको छ।

इस्लाम धर्मावलम्बी मोहम्मद जन्मजयन्ती मनाउँदै

ईद मिलाद नवी पनि भनिने यो पर्वमा कुरान सुन्ने, सामूहिक भोज खाने र आपसमा पर्वको शुभकामना साटासाट गर्ने चलन छ।

योगी र बिसीको ‘साहिँला दाइ’ सार्वजनिक

सञ्चारकर्मी तथा गीतकार शिवराज योगीले भीम बिसीसँगको सहकार्यमा ‘साहिँला दाइ’ बोलको गीत सार्वजनिक गरेका छन्।

शाम्बालाः लोकलाजको मूल्य कति?

टासी र पेमाबीच असीमित माया छ। चलचित्रको शुुरूआती दृश्यमा पेमाकी आमाले भनेकी छिन्, “श्रीमान् जति वटा भए पनि बढी माया लाग्ने एक जना हुन्छ।” पेमाका लागि आमाले भनेका श्रीमान् उनै टासी हुन्।