जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी एवं दाजुभाइ नहुनेले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन छ।
आजैका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुला गरिन्छ। दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्छन्।
कात्तिक कृष्णपक्ष त्रयोदशी तिथिबाट शुरू हुने ‘यमपञ्चक’का पाँच दिनसम्म मनाइने तिहार मधेशका लागि ‘सोहरैया’ हो।
लिच्छविकालका राजा राघवदेवको शासनकालमा शुरू भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवत्का रूपमा चलेको थियो।
आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ।
पश्चिम पहाडका मगर समुदायको लोक संस्कृतिसँग जोडिएको मारुनी नाच तिहारमा मात्र सीमित छैन, जन्मदेखि मृत्युसम्मका संस्कारमै अनिवार्य मानिन्छ।
हुक्कापाती खेल्ने परम्परा मिथिला क्षेत्रको पौराणिक भए पनि पछिल्लो समय शहरी क्षेत्रमा बस्ने मैथिल समुदायले कम खेल्ने गरेका छन्।
देवकोटाले उज्बेकिस्तानको तासकन्दमा आफ्नो जाज्वल्यमान एवं प्रवाहमय मन्तव्यमा साहित्य मुठ्ठीभर शोषकको विलासको साधन नभई जनजनको जागरणको अस्त्र हो भनी जन्ड उद्घोष गरे।
कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको हो।
मुक्तिनाथ र दामोदरकुण्डबाट बगेर आउने कालीखोला र मुक्ति गण्डकीको संगम रहेको कागबेनी पितृतर्पणका लागि महत्वपूर्ण तीर्थस्थल मानिन्छ।
बन्दीपुर आएका विदेशी पर्यटक विभिन्न जातजातिका पोसाकमा सजिएर कौरा र चुड्कामा नाचेका हुन्। शुक्रबार उनीहरूलाई यहाँको संस्कृतिबारे जानकारी गराउँदै मनोरञ्जन गराइएको छ।
महेन्द्रले रुचाएकै कारण डा. भेषबहादुर थापा कम उमेरमै सचिव भए। यसका अतिरिक्त गभर्नर, मन्त्री, राजदूत मात्र भएनन् जुनसुकै समय र व्यवस्थामा शासकद्वारा मन पराइएका व्यक्ति पनि भए।
क्रान्तिदेखि मोहभंग भएका गोर्कीलाई सम्झाउने कोशिश गर्दै लेनिनले भनेका थिए 'तिमी टाल्सटाय पढ। तिनले जस्तै उपन्यास लेख। रुसी क्रान्ति बुझ्न ‘वार एन्ड पिस’ ऐना हो।'
भावनाको कलात्मक संगम गराउने उद्देश्यले यतिबेला नक्सालस्थित नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘काव्यचित्र सिर्जना शिविर’ स्थलगत काव्य–चित्र सिर्जना कार्यक्रम आयोजना गरिएको छ।
उपन्यासको मूल विषय र दृष्टिकोणलाई यथावत् राखी वर्णन र वृत्तान्त एवं संरचना र शैलीमा यसमा सानोतिनो गोडमेल भएको छ।
तलेजु भवानीको मूर्ति दर्शन गर्न पुजारी, धामी र राष्ट्रप्रमुख गरी ६ जनाले पाउँछन्। हराएको मूर्ति कस्तो थियो स्थानीयलाई थाहा छैन। चोरिँदा खण्डित भएर छुटेको मूर्तिको खुट्टा २०७२ सालको भूकम्पपछि टहरोमा छ।
रिड पुस्तकालय देशका ४८ जिल्लामा फैलिएको छ र पुस्तकालय संख्या ७० पुगेको छ। योबाहेक भारत र भुटानमा पनि ‘रिड–मोडल’ पुगिसकेको छ।
ललितपुरको लगनखेलमा व्यापारिक लाभका निम्ति हडपिएको सम्पदा, सप्तपाताल पोखरी फिर्ता ल्याएर नयाँ जीवन दिएका स्थानीयले लडेको १७ वर्ष लामो लडाईंको कथा:
पञ्चायतको पछिल्लो दशकमा रुदाने ‘रापसरु’मा प्रकट भए अर्थात्, राष्ट्रिय पञ्चायत सदस्य रूपचन्द्र। परन्तु उनको ‘तहल्का’ पञ्चायतभित्र मात्र सीमित भएन र व्यक्तिगत आयाम व्यापक फराकिलो भयो।
दरबारलाई संग्रहालयका रूपमा विकास गर्न थालिएको छ। दरबारभित्र राजाहरूले प्रयोग गरेका हतियार, पोसाक, टेलिभिजन, सोफालगायत सामग्री संग्रहित गरिएको छ।