AnonymousUser

Logout

डोरबहादुर विष्टको ‘रिपोर्ट फ्रम ल्हासा’ अब नेपाली भाषामा

किताबको नाम ‘ल्हासाको खबर’ राखिएको छ। नेपाली भाषाका पाठक समक्ष पुग्न यस किताबले महत्त्वपूर्ण भूमिका खेल्ने बिष्टका सुपुत्र एवं पूर्वमन्त्री केशरबहादुर विष्टको विश्वास छ।

मौलिक पोसाक भाडामा लगाएर आम्दानी

तोरी फुलेर मनमोहक बनेको रत्नेचौरमा रमाउन आउने पर्यटकले मगर, थकालीलगायत जातजातिको पोसाक लगाएर तस्वीर र भिडियो खिच्ने गरेका छन्।

कक्फेक्वा तङ्नाम मनाउँदै लिम्बू समुदाय

माघे संक्रान्तिलाई लिम्बू समुदायले ‘कक्फेक्वा तङ्नाम’का रूपमा महत्वका साथ मनाउने गर्छन्। यस दिनदेखि लिम्बू समुदायको नयाँ वर्ष शुरू हुने गर्छ।

म्याग्दीका मगर र छन्त्याल समुदायमा माघे संक्रान्तिको रौनक

माघे संक्रान्ति पर्वलाई माइती र कुटुम्बको भेटघाट, शुभकामना आदानप्रदान र खुशी साटासाट गर्ने अवसरका रूपमा लिने गरिन्छ।

माघे संक्रान्ति पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

थारु समुदायले पनि यो पर्व विशेष रूपमा मनाउँदै छन्। बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूलाबडा कहाँ गएर आशीर्वाद लिने परम्परा छ।

मुस्ताङी राजाको किल्ला भग्नावशेषमा परिणत

किल्लामा पहिले राजा ठोकरचेनले शासन चलाउने गरेको मुस्ताङ जिल्लाको ऐतिहासिक दस्तावेजहरूमा उल्लेख छ।

स्वस्थानी व्रतकथा आजदेखि शुरू

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ।

कथा सकिने डरले चलचित्र निर्देशक बनेका प्रकाश सपूत

आर्थिक रूपमा विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षलाई चलचित्रको विषय बनाइएको निर्माण पक्षले जनाएको छ।

देशभर विभिन्न कार्यक्रम गरी पृथ्वीजयन्ती  मनाइँदै

सिंहदरबारको पश्चिम ढोकाअघि रहेको पृथ्वीनारायण शाहको सालिक परिसरमा विशेष कार्यक्रम आयोजना गरिएको छ।

छाउनीस्थित राष्ट्रिय संग्रहालयको ऐतिहासिक ग्यालरी ९ वर्षपछि पुनः सञ्चालनमा

ऐतिहासिक ग्यालरी कक्षमा द्रव्य शाह, पृथ्वीनारायण शाह, सुरप्रताप शाहदेखि राणाकालीन समयमा प्रयोग भएका हातहतियार प्रदर्शनीमा राखिएको छ।

काठमाडौँ ‘फिल्म सिटी’ बन्दा कान्सको रेड–कार्पेट पुगे बालेन, नीति र पूर्वाधारमा सिन्को भाँचिएन

युनेस्कोले काठमाडौँलाई ‘फिल्म सिटी’को सूचीमा राखेको एक वर्षसम्म महानगरले आफ्नै योजना कार्यान्वयनको कार्यविधिसमेत बनाउन सकेको छैन। जबकि, चार वर्षसम्म योजनाअनुरूप काम नभए सूचीबाट हटाइने जोखिम हुन्छ।

महेशराज पन्तको पुस्तक ‘पृथ्वीनारायण शाह’ पृथ्वीजयन्तीमा

पृथ्वीनारायण शाहको समयका आधिकारिक सामग्रीको परिशीलन गरी शाहबारे चल्दै आएका विभिन्न भ्रम चिर्दै वस्तुस्थिति खोतल्ने काम पुस्तकमा गरिएको छ।

यो नमोबुद्ध, ती महासत्त्व

काभ्रे जिल्लास्थित नमोबुद्ध स्थापनाबारे प्रचलित मिथकका आधारमा बनाइएको नाटक ‘महासत्त्व’ वज्र कलाकुञ्जले मञ्चनको तयारी गरेको छ। ती महासत्त्व को थिए र तिनी कसरी बुद्ध कहलिए भन्ने सन्देश नाटकले दिन्छ।

काठमाडौँमा ‘चाइना फिल्म डे’ हुँदै, ३ वटा चिनियाँ फिल्म देखाइने   

कार्यक्रममा चिनियाँ फिल्म ‘हर स्टोरी’, ‘मिडसमर्स भ्वाइस’ र ‘जीफर ग्याप’ प्रदर्शन गरिनेछ। प्रदर्शनपश्चात् चलचित्रका निर्माता, निर्देशक तथा कलाकारसँग अन्तरक्रियासमेत हुनेछ।

बागलुङको नेवारी बस्तीमा संस्कृति आदानप्रदान

समाजले ३०० वर्ष पहिले भक्तपुरबाट बसाइँसराइ गरी आएका बागलुङका नेवार समुदायसँग मिलेर संस्कृति आदानप्रदानको कार्यक्रम गरिएको हो।

४५ वर्षअघि विश्व सम्पदास्थल बनेको हनुमानढोकाः प्रहरी कार्यालय सर्‍यो, प्रहरीले छाडेन भवन

हनुमानढोका दरबारमा २०१२ सालमा जिल्ला प्रहरी कार्यालय राखियो। तर यो क्षेत्र २०३६ सालमा विश्व सम्पदा सूचीमा पर्‍यो। २०७२ सालको भूकम्पमा भवन क्षतिग्रस्त भयो र खाली गरियो, तर प्रहरीले अझै पहरा दिइरहेको छ।

रचनाका लागि २५ वर्षमुनिका लेखकलाई नेपालयको खुला आह्वान

नेपालयले रचनाका लागि विश्वभरका नेपालीभाषी तथा नेपाली मूलका २५ वर्षमुनिका लेखकलाई खुला आह्वान गरेको छ।

पन्चेबाजा संरक्षणमा बागलुङका आमा समूह

युवाशक्ति पलायन भएपछि संकटमा पर्न थालेको पन्चेबाजा बजाउने प्रचलन पछिल्लो समय संरक्षण भइरहेको छ। अहिले यहाँका महिला समूहले समेत बाजा बजाउन थालेका छन्। 

उत्तरगयाधाम: हिन्दू र बौद्धमार्गीको साझा आस्थाको केन्द्र

त्रिशूली, सलाँखु र फलाँखुको त्रिवेणीमा पर्ने उत्तरगया क्षेत्र नुवाकोटको गेर्खु, फिकुरी, मेदाङ भञ्याङ, देवीघाट र रसुवाको मैलुङसम्म फैलिएको छ।

पहिले गाउँमा मात्रै गुन्जिने देउडा शहरमा पनि लोकप्रिय

कर्णालीको राजधानी वीरेन्द्रनगरमा हरेक महिनाको १ र १५ गते घण्टाघर नजिकको खुला मैदानमा देउडा पारखी, जानकार, शुभेच्छुक र जिज्ञासुहरू जम्मा भएर देउडा गाउँछन्।