AnonymousUser

Logout

आज तमु ल्होसार मनाइँदै

गुरुङ समुदायले नयाँ वर्षका रूपमा यो पर्व मनाउने गर्छन्। तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ।

ऐतिहासिक महत्वको पर्सागढी स्थानीयको अतिक्रमणमा

ब्रिटिस इस्ट इन्डिया कम्पनीको फौजलाई गोर्खाली सेनाले हराएको ऐतिहासिक युद्धस्थलमा बर्सेनि विजय महोत्सव हुने गरेको छ। यस वर्ष पुस १९ गते पर्सागढी २१०औँ विजय महोत्सव आयोजना हुँदैछ।

बलिउडका ‘अफबिट’ सिनेमा निर्देशक बेनेगल, भन्थे– महिलाका समस्याबारे स्वच्छ बहस हुनुपर्छ

निर्देशक बेनेगल गरिबी, महिलाको ग्ल्यामरलाई प्रधानता नदिई यस्ता विषयमा स्वच्छ बहस हुनुपर्छ भन्ने मान्यता राख्थे। उनका फिल्मका ‘ओपन इन्डिङ्स’ यस्तै बहसका लागि छाडिएका हुन्थे।

सिक्किममा चिया कविताको ११औँ वार्षिकोत्सव सम्पन्न

उत्सवको मुख्य आकर्षण रहेको कविता साँझमा सिक्किम–दार्जिलिङका नेपाली भाषीलगायत कविहरूले कविता वाचन गरेका थिए।

लिम्बू संस्कृति अध्ययन केन्द्र बन्दै तेह्रथुमको चोत्लुङ पार्क

परम्परागत वास्तु शैलीमा निर्मित घरहरू, ढुंगा बिछ्याएर बनाइएका फलैँचा र बिसौनीले लिम्बू संस्कृति मात्र झल्काउँदैन पार्क पुग्ने पर्यटकको मन पनि लोभ्याउँछ।

झिँगटीले छाउने कालिगड पाउनै मुस्किल

ताप्लेजुङमा कालिगड अभावकै कारण झिँगटीले छाएका घर लोप हुँदै गएका छन्। झिँगटी छानाको ठाउँ आरसीसी ढलान र कर्कटपाताले ठाउँ लिँदै गएको छ।

एसएसपी भट्टराईको ‘दृश्य प्रलेख’ कथासंग्रह विमोचन

प्रहरी वरिष्ठ उपरीक्षक गोपालचन्द्र भट्टराईको कथासंग्रह ‘दृश्य प्रलेख’को लोकार्पण भएको छ।

सिक्किमका ‘माटो कवि’: माटोको ऋण तिरेर फर्किएका कविले पाएका छैनन् माटो

कवि जीवन थिङको सालिक बनाउने कलाकार लाचुङपा पनि बितिसकेका छन्। उनको निधनसितै भव्य पेडेस्टलमाथि बोलिहाल्लान् जस्ता कवि थिङको सालिक ठड्याउने सपनाको पनि निधन भएको छ।

फर्पिङबाट चोरिएको पुरातात्त्विक सूर्यमूर्ति नयाँ दिल्लीको ‘ओल्ड फोर्ट’ म्युजियममा 

भारतको पुराना किल्ला म्युजियममा भेटिएको यो सूर्यमूर्तिमा नेपालले पहिलोपटक ‘उत्पत्तिको पहिचान’सहित प्रमाण पेस गर्न सक्नेछ। 

वातावरण र संस्कृति विनाशको होडः विकासको मूल्य कति?

केबलकार बनाउन मुक्कुमुलुङका रूख ढालिए, सुनकोशीका विभिन्न आयोजनाले माझीहरूको घाट नै अतिक्रमण भयो, खानी उद्योगले बस्ती उजाडिए। विनाशका यस्ता उदाहरण आर्ट काउन्सिलमा चलिरहेको प्रदर्शनीमा देख्न पाइन्छ।

आज योमरी पुन्हि, धान्य पूर्णिमा र उँधाैली पर्व मनाइँदै

मार्गशीर्ष शुक्ल पूर्णिमा पर्वविशेष दिन हो। आज देशका विभिन्न भागमा संस्कृतिअनुसारका पर्वहरू मनाइँदैछन्।

सँगिनी र बालन नाच संरक्षणमा महिला समूह

समूहलाई झापा, मोरङ र सुनसरीका समारोहमा सँगिनी प्रस्तुत गर्न निमन्त्रणा आउन थालेको छ। समूहकी सचिव यशोदा पोख्रेल समूहले गरेको कार्यको सबै क्षेत्रबाट प्रशंसा र सहयोग प्राप्त भइरहेको  बताउँछिन्। 

देवताको यात्रा...

पाटनमा मत्स्येन्द्रनाथलाई ‘बुहारी’ जसरी भित्र्याउने तयारी भइरहँदा, ६ महिना राखिएको बुंगमतीका स्थानीय भने ‘छोरी’ जसरी बिदाको तयारीमा छन्। दुई वटा मन्दिरमा राखिने मत्स्येन्द्रनाथ एक मात्र देवता हुन्।

राजु स्याङ्तानको कवितासंग्रह ‘ओ पेङ्दोर्जे’लाई पहिचान पुरस्कार

पहिचान पुरस्कार कोषले २०८०/२०८१ को पहिचान पुरस्कार राजु स्याङ्तानको कवितासंग्रह ‘ओ पेङ्दोर्जे’ले प्रदान गर्ने भएको छ।

कुमारी घरबाट चोरिएको काष्ठ–तोरन पेरिसमा फेला 

सन् १९८० दशकको मध्यतिर बसन्तपुर दरबार क्षेत्रस्थित कुमारी घरबाट चोरिएको एक पुरातात्त्विक काष्ठ तोरन फ्रान्सको पेरिसस्थित एक व्यक्तिको निजी संग्रहमा पाइएको छ।

पाटनबाट चोरिएका बौद्ध सम्पदा भेटिए फ्रान्स र अस्ट्रेलियामा

पाटनबाट सन् ७० र ८० को दशकमा चोरिएका बौद्ध सम्पदा फ्रान्स र अस्ट्रेलियामा भेटिएका छन्।

धार्मिक पर्यटनको केन्द्र बन्यो धादिङको भैरवी मन्दिर

राम शाहले १६६६ सालमा स्थापना गरेको आठ शक्तिपीठमध्ये भैरवी मन्दिर पनि एक हो। पहाडको चुचुरोमा रहेको यस मन्दिरबाट गणेश, मनासलु, मानापाथीलगायत हिमालको दृश्यावलोकन गर्न सकिन्छ।

भोगटेको मौसमले सम्झाउने माँ र धनमैँचा 

त्यो रूखको धमिलो तस्वीर अहिले पनि मस्तिष्कमा चलिरहेको छ– तर ‘एचडी’ हैन, ४८०–पी गुणस्तरको तस्वीर। ठ्याक्कै याद छैन, उनको बारीको कतापट्टी थियो त्यो रूख।

विवाहपञ्चमी पर्व मनाइँदै, जनकपुरका हरेक घरमा दीपोत्सव

भक्तजनहरू बिहान सबेरैदेखि पवित्र सरोवर र नदीमा स्नान गरी पूजाअर्चना गर्ने गर्छन्। यस अवसरमा भजनकीर्तन, रामलीला, झाँकी र प्रवचन पनि हुँदै आएको छ।

तीन विधामा अन्तर्दृष्टि पुरस्कार घोषणा

दृष्टिविहीन विद्यार्थीको सर्वेक्षणका आधारमा अन्तर्दृष्टि नमूना शिक्षक पुरस्कार तथा अन्तर्दृष्टि हातेमालो पुरस्कारका लागि एक शिक्षक र दुई विद्यार्थी छनोट गरिएको हो।