पप ब्यान्ड वन डाइरेक्सनसँग आवद्ध चर्चित गायक लियाम पेनको अर्जेन्टिनाको राजधानी ब्युनस आयर्समा निधन भएको छ।
नेपाल पिक्चर लाइब्रेरीको ‘सार्वजनिक जीवनमा महिला: महिलावादी स्मृतिको एक पहल’ प्रदर्शनीको देशव्यापी यात्राको पहिलो चरण कात्तिक २ देखि वीरगन्ज र जनकपुरबाट शुरू हुने भएको छ।
सूर्योदय कालमा चतुर्दशी र मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा आजै परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
गुल्मीको भार्सेलाई बाइसे, चौबिसे राज्यकालमा ‘सरायको राजधानी’ मानिन्थ्यो। भार्से अर्कुल राज्यको राजधानी थियो। त्यहाँको भग्नावशेषलाई अहिले अर्कुलकोट भनिन्छ।
घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी टीका लगाउने चलन छ। सर्वसाधारणलाई टीका लगाउन साइत पर्खिनुनपर्ने पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।
हुकुमअनुसार ईन्द्रचोक कान्तिपुरकी भान्जीछोरी (भान्जी) लाई कुमारी बनाई दैवीशक्ति जीउमा सारेर साल्खा टोलको कुमारी मण्डपमा कुमारी भैरव गणेश र जेठी कुमारीको पूजा गरियो।
महाअष्टमीमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा गरिन्छ। महानवमीमा दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिन राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ।
स्वर–सम्राट नारायण गोपाललाई गीत गवाउन प्रायः सबै गीतकार उत्सुक रहन्थे, लालायित भनौँ न। उनले गीत गाइदिएकोमा गीतकारले खसी नै ढालेर भोजको आयोजना गरेको खबर पनि आएको थियो।
फूलपातीको दिन दशैँ घर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ।
मुख्य रूपले पूजापाठ र सामूहिक भोज खाएर मनाइने सिकाली जात्रा घटस्थापनादेखि नवमीसम्म श्रीस्वस्थानी व्रतकथामा आधारित देवी नृत्य गरेर मनाइन्छ।
पुस्तकमा शिक्षक मोहन थापाका बारेमा ४५ जनाका स्मृति तथा थापाका अप्रकाशित डायरी संगृहीत छन्।
पुस्तक चित्तरञ्जन नेपालीको पहिलो पुण्यतिथिमा सार्वजनिक गरिएको हो। ९३ वर्षको उमेरमा गत वर्ष असोज २९ गते उनको मृत्यु भएको थियो।
म भारतमा हुने सेमिनारका लागि जाँदै थिएँ, साँझको उडान थियो। मेरै घरको बारीको फूल टिपेर गोजीमा राखेँ अनि सीधै घाट गएँ। चित्तरञ्जन दाइको पार्थिव शरीर चितामा सुताइएको थियो। उहाँलाई एक थुँगा फूल चढाएँ।
ऐतिहासिक उपन्यास भनिए पनि यो बहादुर शाहको जीवनी हो। तत्कालीन नेपालको राजनीतिक र सामाजिक चित्रण हो। तथ्य र कथ्यको मिश्रण हो। इतिहास र कथा दुवै हो।
बागलुङ नगरपालिका–१ रामरेखाका १७ माझी परिवार कसैले पनि जमरा राख्दैनन्। दशैँ मनाउने भए पनि जमरा नराख्ने माझी समुदायको प्रचलनलाई अनौठो रूपमा लिने गरिएको छ।
मदन पुरस्कार गुठीले २०८१ सालको जगदम्बा–श्री सम्मान भाषाविद् प्राडा. योगेन्द्रप्रसाद यादवलाई र मदन पुरस्कार ‘मुकाम रणमैदान’ पुस्तकका लागि लेखक मोहन मैनालीलाई प्रदान गरेको छ।
बडादशैँको पहिलो दिन घर–घरमा घटस्थापना गरिँदै छ। घटस्थापनाको साइत बिहान ९ः१६ बजे रहेको समितिले जनाएको छ।
घटस्थापनाको दिनदेखि नौ रातसम्म देवी दुर्गा भगवतीको विभिन्न स्वरूपको पूजा आराधना गरिन्छ।
कवि विमल निभाका कविताहरूको नयाँ किताब 'सत्र भोका काग' मंगलबार काठमाडौँमा विमोचन भएको छ। उनको यो पाँचौँ कविताकृतिमा ५० वटा कविता संग्रहित छन्।
मिथिलाक्षेत्रमा पितृपक्षका बेला जलाशयमा गएर तर्पण दिने चलन छ। यसअनुसार धार्मिक महत्वका नदी, सरोवर र कुण्डमा एकाबिहानै तर्पण दिनेहरू भरिभराउ छन्।