लस्ट आर्टस् अफ नेपालका अनुसार, यो सम्पदा अहिले चुपिङ–घाटको विपरीत दिशामा रहेको परदेशी भीमसेन मन्दिरको प्रवेश पर्खालमा जोडेर राखिएको छ।
यस पर्वमा प्रेम, दानशीलता, सामाजिक सहयोग र आध्यात्मिक समर्पणको विशेष महत्त्व रहेको छ।
पुरातात्त्विक महत्त्वका २१ थान कलावस्तु अमेरिकाबाट नेपाल फिर्ता आएका छन्। फिर्ता भएका कुल १७७ थान कलावस्तुमध्ये अमेरिकाबाट मात्रै १०४ अर्थात् ५९ प्रतिशत फर्काइएका हुन्।
फिल्ममाथि हुने सेन्सरसिपले विचार अभिव्यक्तिको स्वतन्त्रता हनन भइरहेको फिल्मकर्मी बताउँछन्। कथामा लेख्न छुट दिइने दृश्य फिल्ममा राख्न रोक लगाएर कलालाई नै भुत्ते बनाइएको उनीहरूको भनाइ छ।
अमेरिकी लोकतन्त्रको ऐतिहासिक विकास, वर्तमान चुनौती र यसको भावी दिशा के होला, नेपालजस्ता देशका लागि अमेरिकी लोकतन्त्रको सिकाइ के हुन सक्छ?
‘साहस’मा बेचबिखनको जटिल अनुभव बटुलेका युवा महिलाहरूका जीवनका लैंगिक, सामाजिक–सांस्कृतिक, कानूनी र आर्थिक हिंसाका विभिन्न पाटालाई उजागर गरिएको छ।
शिक्षाविद् डा. एचपी छेत्रीले ‘द एथनिक क्वेस्ट’मा सिक्किम र दार्जिलिङका मूलवासी समुदायको इतिहास, सांस्कृतिक सम्पदा र पहिचानको अन्वेषण गरेका छन्।
कालीप्रसादको आफ्नै ढब छ, आफ्नै ‘पना’ र ‘पारा’ छ। राजतन्त्रको राज चलेको बेला ‘मुटुमाथि ढुंगा राखी’ र ‘झरेको पातझैँ भयो’ जस्ता गीतमा अर्थभन्दा बढी ‘अनर्थ’ भेटिनु स्वाभाविक थियो।
विश्व सिनेमाबारेको मन्थन मात्र हैन, फिल्म डिस्ट्रिब्युटर र हलवालाले नपत्याएका, ओझेलमा परेका तथा फरकधारका सिनेमाको प्रवर्द्धनसमेत गरिरहेको छ ‘मुभी लभर्स’ले।
शहरमा हुर्केको एउटा युवाले पिँडालु र गाभा खान्थ्यो, तर बाआमाले आफ्नै करेसाबारीमा पिँडालु रोपेपछि मात्र यी दुई एउटै वनस्पतिका जमिनमुनि र जमिनमाथिका हिस्सा हुन् भनेर जान्न पायो।
यही चैत ४ गतेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो। यस्ता छन् बैठकका अन्य निर्णय।
अस्ट्रेलियाको केन्द्रीय राजधानी क्यानबेराबाट शुरू भएको यस वर्षको शृंखलाबद्ध यात्रामा वेस्टर्न अस्ट्रेलियाको पर्थ र क्विन्सल्यान्डको ब्रिसबेनपछि तास्मेनियाको होबार्टमा नेपथ्यले प्रस्तुति दिएको हो।
निर्देशक विनोद पौडेलले ‘ह्यापी–इन्डेक्स’भित्र ‘घर हराएको मान्छे’का श्वासप्रश्वासलाई यसरी ‘फिल’ गर्न पाएका रहेछन्, जहाँबाट उनको कथानकको निचोड निस्किन्छ, ‘एकपल्ट म घर नफर्की मर्न मिल्दैन।’
विष्णुमती नदीमा भेटिएको मूर्ति भीममुक्तेश्वर मन्दिरको भए/नभएको यकिन गर्न पुरातत्त्व विभागले अध्ययन गर्ने भएको छ।
सत्रौँ शताब्दीको सिर्जना मानिने गणेशमूर्ति बाघभैरवबाट चोरिएको थियो। यसअघि, अमेरिकाको क्यालिफोर्नियास्थित जानदु ग्यालरीको संकलनमा रहेको मूर्ति भिएनाको ग्यालरी जेकी अक्सनमा लिलामीमा जान लागेको हो।
सन् १९८० मा काठमाडौँबाट हराएका पौभा चित्र २३ वर्षपछि अमेरिकामा भेटिए पनि फिर्ता ल्याउन अरू २२ वर्ष लाग्यो। यी कला फिर्तीका लागि एउटा परिवार–समुदाय ४५ वर्ष निरन्तर लडिरह्यो र अन्ततः फिर्ता ल्याइछाड्यो।
महोत्सवमा गण्डकी प्रदेशका ११ जिल्लामध्ये मनाङ जिल्ला बाहेक १० जिल्लाका आख्यान विधासँग सम्बन्धित साहित्यकारहरूको प्रतिनिधित्व थियो।
धनुषामा हत्या भएका दिलीप, कैलालीमा हात काटिएकी नन्दादेवी, रोइरहेको पाण्डा, बगिरहेको पानी र त्यसमा आश्रित कछुवा तथा घडियाल, पुराना शैलीका घर। पर्यावरण विनाशविरुद्ध उभिएको छ मेचीनगरको भित्तो।
यस किताबमा प्रयुक्त ‘लाटी’ नितान्त पिरतीको लाटी हो, जो एकदमै पियारी र सोझी छ। माया गरेर भनिने शब्दको अर्थमा यहाँ लाटीको प्रयोग भएको छ।
भारतमा जन्मेर पनि नेपाली साहित्यमा योगदान पुर्याएका क्षेत्रीको पहिलो उपन्यास बसाइँ निकै चर्चित कृति हो।