AnonymousUser

Logout

इतिहासको छेउकुनामा क्यानभासको हरिप्रसाद–रङ

नेवारी कला, संस्कृति र सभ्यता भनेको ‘नोस्टाल्जिया’ हो, सनातनी ब्राह्मण खेमाका कलाकार हरिप्रसाद शर्माका लागि। पहिचान र गौरवगाथामा नेवारजत्तिको सम्पन्न दुनियाँमै शायद कोही होला भन्छन् उनी।

ललितपुर महानगरको ‘प्राइड प्रोजेक्ट’ले खतरामा राजकुलोको अस्तित्व

गोदावरीको टीकाभैरव राजकुलोबाट लगनखेलको सप्तपाताल पोखरीमा पानी झार्ने योजना ललितपुर महानगरको ‘प्राइड प्रोजेक्ट’ हो। महानगर सप्तपाताल पोखरीमा केन्द्रित हुँदा राजकुलोको अस्तित्व नै खतरामा परेको छ।

गुडन कर्विन्सलाई पछ्याउँदै बर्दिबासमा ढुंगे हतियारको खोजी

बर्दिबास–१२ को भेडियारीटोलमा राजा विजय सिंहको दरबारको अवशेष भेटिएका छन्। राजा सिंहले सिम्रौनगढका राजाका प्रतिनिधिका रूपमा यहाँको राजकाज चलाउने गरेको इतिहास छ।

‘अक्षत अन्टार्कटिका’ लाई ‘उत्तम शान्ति पुरस्कार’ प्रदान

लेखक जीवा लामिछानेले अन्टार्कटिकाको यात्रा संस्मरणलाई आधार मानेर तयार गरेको पुस्तक ‘अक्षत अन्टार्कटिका’लाई वर्ष २०८१ को ‘उत्तम शान्ति पुरस्कार’ प्रदान गरिएको छ।

ब्रिटिश अर्थशास्त्री बट्लरको ‘व्यापार तथा भूमण्डलीकरण’ नेपालीमा प्रकाशित

अन्तर्राष्ट्रिय व्यापारको सिद्धान्त, अर्थशास्त्र र राजनीतिबारे जानकारी दिने ब्रिटिस अर्थशास्त्री इमन बट्लरको पुस्तक ‘व्यापार तथा भूमण्डलीकरण’ नेपाली भाषामा अनुवाद भई प्रकाशित भएको छ।

लोमान्थाङमा ‘तिजी’ पर्वको रौनक

तिजी पर्वमा उपल्लो मुस्ताङअन्तर्गत साविकका सातवटै गाविसका मानिस लोमान्थाङमा उपस्थित भएर शान्ति पूजापाठमा सरिक हुनुपर्ने प्रचलन रहेको छ।

फिल्म भएको एउटा कथा: जार

बाघको हिंस्रकपनसँगै रहरलाग्दो प्रेम छ जारमा। प्रेम रहरलाग्दो हुन्छ र उत्तिकै डरलाग्दो पनि। आफैले पाता काटिदिएर ठूली रुद्रमानलाई सोध्छे, “घाउ कस्तो छ?” प्रश्नले यस्तो लाग्छ– घाउ माया हो। माया घाउ हो।

घाटु नाच संरक्षण गर्दै पाल्पाका मगर समुदाय

पाल्पाको निस्दी र पूर्वखोलाका मगर बस्तीमा घाटु नाच नाच्ने परम्परा छ। हरेक वर्ष वैशाख पूर्णिमाको अवसरमा घाटु नाचिन्छ।

दारासिङ: भएकै एउटा कथा 

जसको ३४ वर्षकै उमेरमा राज्य षडयन्त्रको बलबुतामा हत्या गरिएको थियो, त्यो व्यक्ति एउटा ‘ग्याङस्टार’ मात्रै थियो? पञ्चायती शासनविरुद्ध लागेको कारण उसविरुद्ध डरलाग्दो र घृणित उपमा जोडिएको थियो— दारासिङ!

चित्रकलाबाट मुन्दुम पदमार्गको प्रवर्द्धन

चित्रकलाको माध्यमबाट मुन्दुम पदमार्गको विकास, प्रवर्द्धन तथा प्रचारप्रसार गर्ने लक्ष्य रहेको टेम्केमैयुङ गाउँपालिकाले जनाएको छ।

कता होलान् मेरा दुई मित

गाउँका जिम्मावाल वा मुखियाको छोरासँग मैले मित लगाएको छु भनेर आडम्बर देखाउने व्यक्तिका बारे पहिले–पहिले हामी सुन्थ्यौँ। तर मितको अवधारणाअनुरूप हेर्ने हो भने त्यस्ता क्रियाकलाप नितान्त गलत हुन्।

संरक्षणको प्रतीक्षामा लोमान्थाङको टास्सी ध्याफेल दरबार

मुस्ताङको लोमान्थाङ राजदरबार कुनै समय निकै शक्तिशाली र त्यस क्षेत्रका मानिसहरूको आस्थाको केन्द्र थियो। त्यही शक्तिकेन्द्र कालान्तरमा कमजोर मात्रै होइन मानिसविहीन बनेको छ।

नगरपालिकाको बलमिच्याइँः सानोठिमीका पुरातात्त्विक फल्चा र हिटीमा मनपरी काम

सडक विस्तार आयोजनाले भत्काएको फल्चा र हिटी पुनर्निर्माणमा मध्यपुर थिमि नगरपालिकाले मनलाग्दी गरेपछि सर्वोच्च अदालतले मौलिक स्वरूपमै बनाउन आदेश दियो। तर नगरपालिकाले अदालतको आदेशसमेत मानेको छैन।

ताला लागेको लोमन्थाङ

बसाइँसराइको चलनचल्तीको ट्रेन्डले सबैभन्दा नराम्रोसँग लोमन्थाङजस्ता हिमाली बस्तीलाई प्रभावित गरेको छ। त्यसमा पनि आन्तरिकभन्दा बाह्य बसाइँसराइको प्रचलनमा बढी जोडिएको छ लोमन्थाङ।

जारः यो चलचित्र, त्यो कथा

निर्देशक/पटकथा लेखकको अन्तिम दृश्य भने इन्द्रबहादुर राईले कोरेकोभन्दा फरक र सापेक्षित लाग्यो। आफ्नो जार र स्वास्नीले फरक संसार बसाउन हिँडेको दृश्य देखाइदिने सोचको निम्ति निर्देशक फुर्बालाई सलाम छ।

किरात राई समुदायले आज उँभौली पर्व मनाउँदै

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई समुदायले मनाउने उँभौली पर्व आज देशभरका भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ।

आज २५६९ औँ बुद्धजयन्ती मनाइँदै

यस दिन गुम्बा, विहार, मठ, स्तूपा र चैत्यमा बुद्धको विशेष पूजा–अर्चना, प्रार्थना, ध्यान, प्रवचनलगायत विविध कार्यक्रम गरी बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्ति अर्पण गरिन्छ।

पेटका कुराः आमाछोरीको सम्बन्ध

दैनिक जीवनका धेरै विषय आमाछोरीका साझा छन्। ९ महिना गर्भमा राखेर सिर्जना हुने नयाँ जीवन छोरी हो, तिनै छोरी पछि आमा बन्छिन्। महिनावारीदेखि प्रसव पीडासम्म उनीहरूका अनुभूति साझा छन्।

याक मिसायाः भूज्या : महिलाले रथ तान्ने ऐतिहासिक परम्पराको निरन्तरता

प्रायः जात्रामा पुरुषको बाहुल्यता र मुख्य भूमिका हुन्छ, महिला नाचगान र पूजामा सीमित देखिन्छन्। तर याक मिसायाः र नानी चायाः जस्ता जात्राले महिला सहभागिताको ऐतिहासिक परम्परालाई स्थापित गरेको छ।

नेपाली भाषा–साहित्यमा योगदान पुर्‍याउने ३ स्रष्टा र २ संस्थालाई सम्मान

‘पण्डित काशीनाथ उपाध्याय–हरिप्रिया कट्टेल वाङ्मय प्रतिष्ठान’ले नेपाली भाषा–साहित्यको विकासमा योगदान पुर्‍याएका तीन स्रष्टा र दुई संस्थालाई सम्मान गरेको छ।