विद्यालय पाठ्यपुस्तकको आवश्यकताअनुसार व्याकरण र हिज्जे लेखेर दाम–नाम कमाउँदै आएका चूडामणि गौतम आफ्नो जीवनको उत्तरार्द्धमा भाषिक शुद्धतामा ‘खुट्टो काट्ने कि नकाट्ने’का अभियन्ताझैँ बने।
शनिबारे भेटघाटमा हुने बहस र मेरा विद्यमान मान्यताबीच आनको तान फरक परे। मेरो परम्परागत पहाडे राष्ट्रवादको जब्बर बुझाइलाई त्यहाँका बहसले ठाडै चुनौती दिए। कहिलेकाहीँ आफैलाई थुम्थुम्याउनु पर्यो।
गौतमका भाषा व्याकरणका १०० भन्दा बढी पुस्तक प्रकाशित छन्। २०७९ भदौमा विमोचन भएको ‘बृहत्तर नेपाली शब्दकोश’ उनको पछिल्लो पुस्तक हो।
‘वनजंगल, खोलानाला, चराचुरुंगी, जनावर सबैसँग हाम्रो जीवन जेलिएको हुन्छ। त्यसैले अब मान्छेले मान्छेकै मात्र चिन्ता गर्दै र मान्छेकै मात्र हित गर्छु भनेर मान्छेबाहेकका सबैको दोहन गर्ने काम रोकिनु पर्छ।’
दार्जीलिङको पहाडीबस्तीमा नरदेन रुम्बा गुपचुप थिए। तर, उनको प्रतिभा र क्षमता टाढाटाढा फैलिँदो थियो। गीत र शब्दको खोजीमा नरदेनकहाँ गइरहने चन्दन–डेजीले मात्रै दुई दर्जनभन्दा बढी गीत उनीबाट पाएका रहेछन्।
मानिसका इच्छा, आकांक्षालाई जुन र सफलतालाई तारासँग तुलना गरिएको छ। सफलता पहिल्याउने क्रममा छाडिने परिवार, सम्बन्ध र त्यसले महिलामा पार्ने मनोसामाजिक प्रभावलाई नाटकमा देखाइएको छ।
महोत्सवमा फेवाताल, माछापुच्छ्रे अन्नपूर्ण हिमशृंखलालाई साक्षी राखेर देश–विदेशका २०० भन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखक, कलाकार, सम्पादक, पत्रकारलगायतले विचार मन्थन गर्दैछन्।
पुस्तकमा हाब्रेको नेपालको अवस्था, संरक्षणका चुनौती, पर्यटन तथा संरक्षणका विभिन्न सन्दर्भका १६ वटा लेख समावेश छन्।
हामीले पढ्ने, सुन्ने अधिकांश आलेख, अभिलेख र विश्लेषणहरूको समस्या कहाँ छ भने पृथ्वीनारायण शाहलाई नायक मान्नेले उनका ‘सीमा’लाई छुनै नखोज्ने र सुन्नै नखोज्ने।
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा महावीर पुनलाई ५० हजार राशिको ‘रत्न–श्रेष्ठ राष्ट्रिय पुरस्कार’ प्रदान गरिएको हो।
स्थापनाको ३०औँ वर्ष पूरा गरेको उपलक्ष्यमा आगामी चैत २३ गते काठमाडौँमा वार्षिकोत्सव रकयात्रा गर्न लागिएको ब्यान्डले जनाएको छ।
भारतीय लेखक फणीश्वरनाथ रेणुले हिन्दीमा लेखेको ‘नेपाली क्रान्ति–कथा’ लाई पब्लिकेसन नेपालयले ‘सात सालको कथा’ का रूपमा बजारमा ल्याएको हो।
झापाको काँकरभिट्टामा तीन दिनसम्म चल्ने कार्यक्रममा हावा, पानी, जमिन, खाना र जीवनसँग जोडिएका पर्यावरणीय सवालमा छलफल गरिने छ।
पिताले १९९३ देखि २०२४ सालसम्म अनवरत सम्पादन गरेको ‘उदय’ द्वैमासिक साहित्यिक पत्रिका बन्द भई तीन दशकसम्म बन्द रहेको अवस्थामा दुर्गा दाइले २०५४ वैशाखयता पुनः निरन्तरता दिएका छन्।
टुँडिखेलको चारै दिशामा निर्माण गरिएका राणाकालीन समय स्मरण गराउने शालिक संरक्षणविहीन भएका छन्।
मैले जिन्दगीमा पहिलो व्यंग्य रचना पढेकै भैरव दाइको हो। त्यसपछि म उहाँको ‘फ्यान’ भएको हुँ। नेपाली व्यंग्य साहित्यमा उहाँलाई टक्कर दिने कोही पनि छैन।
काठमाडौँ उपत्यकाको पूर्वी भेगस्थित शालिनदीमा पुस शुक्ल पूर्णिमादेखि शुरू भएको माधवनारायण व्रत पनि अश्वमेध यज्ञ गरी समापन गरिने भएको छ।
पत्रकार दीर्घराज उपाध्यायको कवितासंग्रह ‘आमा म आउँदैछु’ सार्वजनिक भएको छ।
‘संघीयता लागू हुँदा मधेशी समुदायको आकांक्षा पूरा हुने विश्वास थियो। तर, वर्तमान अवस्था हेर्दा ती आकांक्षा अझै परिपूर्ण भइसकेका छैनन्।’
१८ वर्षअघि माओवादी छापामारको तन्द्राबाट निस्किँदै गर्दा मेरा निम्ति धेरै कुरा बुझिनसक्नु थियो। खाली मान्छे मरे–मारेको कुरा मात्रै मलाई थाहा भयो।