AnonymousUser

Logout

मधेशमा पटकथा लेखन तालिम सञ्चालन गर्दै चलचित्र विकास बोर्ड 

मधेश प्रदेशको राजधानी जनकपुरमा सञ्चालन हुने तालिममा १८ देखि ४० वर्ष उमेर समूहका २० जनाको सहभागिता रहनेछ।

व्यासको केशवटार माविमा मगर भाषाको पढाइ

नगरपालिकाले मगर समुदायको बाहुल्यता भएका विद्यालयमा मगर भाषामा पढाइ सञ्चालन गर्ने नीति लिएको छ। नेपाल मगर संघसँगको सहकार्यमा स्थानीय पाठ्यक्रम निर्माण गरिएको छ।

नेपालीभाषी लक्षित ‘हिमवत्खण्ड कला–साहित्य–संस्कृति सम्मिलन’ हुँदै

नेपाली भाषीको साहित्य, कला तथा संस्कृतिका बारेमा विचार–मन्थन गर्ने उद्देश्यले ‘हिमवत्खण्ड कला–साहित्य–संस्कृति सम्मिलन’ आयोजना हुने भएको छ।

रोकिएको छैन मूर्ति चोरी, फेरिएन सुरक्षा शैली

पञ्चायतकालदेखि नै मूर्ति चोरीका घटनाले चर्चा पाउँथे। त्यति बेला हराएका मूर्ति फिर्ता आइरहँदा अन्य मूर्ति हराउने क्रम रोकिएको छैन। गत साता मात्र धर्मस्थलीबाट धातुका आठ थान प्राचीन मुकुण्डो हराएका छन्।

‘जनकपुर साहित्य महोत्सव’को छैटौँ संस्करण माघ २४ गतेदेखि

‘जनकपुर साहित्य महोत्सव’को छैटौँ संस्करण राम मन्दिर पार्कमा माघ २४ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने भएको छ।

इन्द्र चौधरीलाई बालसाहित्य लेखन पुरस्कार

बालसाहित्यकार इन्द्र चौधरी ‘नेबासास बालपुस्तक लेखन पुरस्कार’बाट पुरस्कृत भएका छन्।

वसन्तपुरमा वसन्त श्रवण (तस्वीरहरू)

वसन्त पञ्चमीको दिन हरेक वर्ष राष्ट्रप्रमुखको रूपमा राष्ट्रपतिले वसन्त श्रवण गर्ने चलन रहिआएको छ। वसन्त श्रवण श्रीमद्भागवत महापुराणको कथामा आधारित भएको मानिन्छ।

माघ शुक्ल पञ्चमी, सरस्वतीको पूजा गरी मनाइँदै

प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै छ।

तीन वर्षमा पनि सम्पन्न भएन लमजुङ दरबार पुनर्निर्माण

बेँसीसहर नगरपालिका–३ स्थित लमजुङ दरबारको तीन वर्षअघि पुरातत्त्व विभागले पुनर्निर्माण थालेको थियो। दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य रहे पनि बजेट अभावले काम हुन नसकेको विभागले जनाएको छ।

तारागाउँमा दक्षिण एशियाली ‘मान्यता’मा पिल्सिएका महिलाको विद्रोह!

दक्षिण एशिया ऐतिहासिक विरासत, धार्मिक विविधता र सांस्कृतिक पहिचानमा जति धनी छ, त्यसमै पिल्सिएका महिलाको जीवन कहालीलाग्दो पनि छ। तारागाउँमा त्यसमै विद्रोहका स्वर फुकिरहेका महिला के गर्दै छन्?

हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल

हलेसीको संरक्षण, प्रवर्द्धन, भौतिक तथा पर्यटन विकासलाई ध्यानमा राखेर गुरुयोजना निर्माण शुरू गरिएको छ। पुरातत्त्व विभागबाट आएका भूगर्भविद्को टोलीले सर्वेक्षण गरिसकेका छन्।

तौलाछेँ टोलबाट चोरिएको तारामूर्ति न्यूयोर्क लिलामीगृहमा

भक्तपुरको तौलाछेँ टोलस्थित एक हिटीबाट ४२ वर्षअघि चोरिएको पूर्ण कदको तारामूर्ति अमेरिकाको न्युयोर्कस्थित लिलामीगृहमा फेला परेको छ।

सोनाम ल्होछार मनाइँदै, देशभर सार्वजनिक बिदा 

यस पर्वमा तामाङ समुदायले कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरण गर्नुका साथै आफन्तजन भेला भई मनोरञ्जन गर्दै आपसमा खुशी आदानप्रदान गर्छन्।

शंकर दाइ र फ्रैन्क क्यापरा

शिरच्छेदित गणेशमा हात्तीको र दक्ष प्रजापतिमा बोकाको टाउको प्रत्यारोपण गर्ने पौराणिक कथा र मुटु प्रत्यारोपण गर्ने वर्तमान घटना सम्झँदा दिनघरि फ्रैन्क क्यापराको निर्माण हुन्न भन्न सकिँदैन।

ह्यापी बर्थडे मुखिया!

मुखियाले मैनबत्ती भने निभाउन चाहेनन्। ‘एउटा वर्ष सकियो, बित्यो भनेर बितेको उमेरका नाममा क्यान्डल निभाउने गरिन्छ रे। आफैँ बल्दै र आफैँ सकिँदै गरेको क्यान्डल त बालिरहनुपर्छ नि, किन निभाउने?’

दक्षिण एशियाली महिला कलाकारको कला प्रदर्शनी माघ १२ गतेदेखि

प्रदर्शनीमा भारत, नेपाल, श्रीलंका, पाकिस्तान र बांग्लादेशका कलाकारले आ–आफ्ना कलामार्फत पारम्परिक लैंगिक भूमिकालाई चुनौती दिँदै महिलाको स्वायत्तता र सामाजिक संरचनाको प्रभाव उजागर गर्ने प्रयास गर्नेछन्।

दाङमा आमा समूहलाई नौमती बाजा बजाउन भ्याइ नभ्याइ

विवाह, व्रतबन्ध, पूजाआजाका धेरैजसो कार्यक्रममा आमा समूहको गाजाबाजा टोली पुग्न थालेका छन्। एउटा कार्यक्रमको ८ हजारदेखि २५ हजार रुपैयाँसम्म लिने गरेका छन्।

खोकनामा लोप हुँदै मौलिक घर

खोकनाका स्थानीय ७८ वर्षीय मदनकृष्ण डंगोलको नेवा शैलीको मौलिक घर जीर्ण अवस्थामा छ, जुन नेपालको पहिलो बिजुली बत्ती बलेको घरका रूपमा चिनिन्छ। 

छुदेनको ‘उरमाल’ र गजेन्द्रको ‘जंगबहादुर इन इङ्ल्याण्ड’ सार्वजनिक

शनिबार काठमाडौँमा आयोजित छुट्टाछुट्टै कार्यक्रममा यी दुई पुस्तकको विमोचन भएको थियो।

सडकका खाल्डाखुल्डी र सडककै दुर्दशा देखिने प्रदर्शनीस्थल

प्रदर्शनीस्थल प्रायः सफा र चिटिक्क हुन्छ, तर यहाँ अस्तव्यस्त सडककै रूप दिइएको छ। भुईंमा बिच्छ्याइएको त्रिपाल बागमति बनेर बगेको छ र त्यसको दाहिने काठमाडौँ तथा देब्रे ललितपुरका खाल्डाखुल्डी सडक छन्।