‘डेटा र इन्फोग्राफिक’केन्द्रित पुस्तक ‘फ्याक्ट्स अफ नेपाल २०२५’ सार्वजनिक भएको छ।
विपन्न, साना, सिमानाकृत तथा भूमिहीन किसानका निम्तिभन्दा राजाका समर्थकको स्वार्थ, हित र रक्षामा केन्द्रित हुँदा भूमिसुधार कार्यक्रमले देशमा अपेक्षा गरेअनुरूप परिवर्तन ल्याउन सकेन।
थिमिमा मात्र मनाइने यो जात्रामा एकअर्कामा सिन्दुर दलेर धिमेलगायत स्थानीय बाजाका तालमा नाच्दै हातहातमा चिराग बालेर खट बोकी बालकुमारीमा ३२ खट ल्याएर भव्य रूपमा मनाउने परम्परा छ।
मनोरम हिमाली शृंखला, जैविक तथा सांस्कृतिक विविधताका साथै यहाँको लोभलाग्दो कृषि र पशुपालन गर्ने संस्कृतिलाई चलचित्रको पर्दामा कैद गर्न पछिल्ला केही वर्षयता चलचित्रकर्मीको लर्को नै लाग्ने गरेको छ।
चार दशकअघि बुंगमतीको चैत्यबाट हराएका दुई वटा मूर्ति नेपाल फिर्ता आइसकेका छन्। ती मूर्ति चैत्यमै राख्ने चर्चा भएको ६ महिना भइसकेको छ, तर अझै उद्गम स्थल पुग्न सकेका छैनन्।
६२ वर्षअघि कवि भूपी शेरचन वीरगन्ज आउँदा आफ्नो ‘नयाँ वर्ष’ कविता रचना सुनाएको थिएँ। त्यो कतै छापिएन र हरायो। यतिका वर्षपछि त्यही नयाँ वर्षको पुनरावृत्ति भएको छ, कवितामा।
लेखकहरू यादव भट्टराई, मोहन मैनाली, अदिति शाह र लाठले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरेका थिए। पुस्तकमा नेपालको पुरानो शहर वीरगन्जको कथाव्यथा प्रस्तुत गरिएको छ।
अवधारणा खण्डमा संक्षिप्त विश्व आप्रवासन, पुरानो र आधुनिक डायस्पोरा, ग्लोबल तथा समकालीन डायस्पोरा, अवधारणा, विधि र पद्धतिहरूका साथै नेपाली आप्रवासन र डायस्पोरा विषय समेटिएको छ।
दुई महिनामै नेझा–२ एनिमेसनतर्फ विश्वभर सबैभन्दा धेरै कमाउने फिल्म भएको छ। यसअघि, अमेरिकी कम्पनी पिक्सारको ‘इन्साइट आउट–२’ सबैभन्दा बढी कमाउने एनिसमेन फिल्म थियो। यसको कुल कमाइ १ अरब डलर थियो।
“हाम्रो जन्म सँगसँगै हो, २०१८ सालमा यता ‘रचना’ जन्मियो, त्यही साल उता असममा ‘बिन्दु’ सुरु भयो। अझै हामी दुवै घिटिक–घिटिक बाँचिरहेका छौँ।”
‘हाम्रो जन्म सँगसँगै हो, २०१८ सालमा यता ‘रचना’ जन्मियो, त्यही साल उता आसाममा ‘बिन्दु’ शुरू भयो। अझै हामी दुवै घिटिक–घिटिक बाँचिरहेका छौँ।’
२०८१ सालमा प्रदर्शन भएका पूर्णबहादुरको सारंगी, १२ गाउँ, छक्कापञ्जा–५ र बोक्सीको घर चलचित्रले घरेलु बजारमा १० करोड रुपैयाँभन्दा बढीको व्यापार गरेका छन्।
नेपाली लेखक पशुपति घिमिरेका अंग्रेजी भाषाका दुई पुस्तक ‘वान्डरिङ वर्ड्स’ र ‘थ्री डाइमेन्सन्स अफ बुद्धिजम’ प्रकाशित भएका छन्।
तान्त्रिक विधिको माध्यमबाट शरीरमा देवत्व प्रतिष्ठापित गरी मनाइने जात्राले मल्लकालीन संयुक्त परिवारलाई इंगित गर्ने संस्कृतिविद् प्राडा पुरुषोत्तमलोचन श्रेष्ठले जानकारी दिए।
असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा राम मन्दिरहरूमा पूजापाठ गरिन्छ।
काठमाडाैँ उपत्यकामा वर्षा र सहकालका देवता मानिएका सेतो मच्छिन्द्रनाथको रथयात्रा शुरू भएको छ।
विसु पर्व आउनुपूर्व नै सुदूर पहाडका घर रातो माटो र कमेरो माटोले रंगिन थालेका छन्।
अंग्रेजका दूत क्याप्टेन नक्स नेपालको आवासीय दूत भएपछि नेपाल–भारत–अंग्रेज सम्बन्धमा भएको आरोह अवरोहको पृष्ठभूमिमा गणतन्त्र भारतबाट आएका राजदूतहरूका गतिविधिको सफल शल्यक्रिया भएको छ।
छुदेन काविमो यसपालि दार्जिलिङ पहाडका होइन, उत्तर बंगालको डुवर्सतिरका चियाबारी डुलेका छन्। जहाँ ७० प्रतिशतभन्दा अधिक जनसंख्या चिया श्रमिक छन्। उनी त्यतै भुलेका छन् र कथा टिप्दै उरमालमा हुलेका छन्।
साँझ व्रतालुले जलाशयमा सजाइएको घाटमा मिष्टान्न परिकार राखिएका डालीहरू हातमा उठाएर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिनेछन्। यो विधिलाई मिथिलाको बोलीचालीमा ‘सझुका अरख’ वा ‘सझियाघाट’ भन्ने गरिन्छ।