कलाकार सुजित महर्जन र हितेश वैद्यले २ महिना लगाएर खोकना झल्काउने भित्तेचित्र बनाएका छन्। मल्लकालीन संरचना, टाेलटाेलमा रहेका पोखरी, फल्चा र मन्दिरले सुसज्जित खोकनालाई उनीहरूका कुचीले अझ रंगिन पारिदिए।
कला साहित्य उत्सवमा वक्ताहरूले बाहिरको बीउ तथा सामग्रीभन्दा स्थानीय वस्तु प्रयोग गरेर कृषिक्षेत्रलाई राम्रो र उत्पादनमुखी बनाउन सकिने धारणा राखेका छन्।
काठमाडौँस्थित सर्वनाम थिएटरमा पाँचदिने ‘इन्टरनेसनल पिपल्स थिएटर फेस्टिभल–२०२५’ आयोजना हुने भएको छ।
अहिले पनि सो गीत सोरसार मिलाएर गाउँछु। गणेशकै नक्कल गर्छु अनि बढी भावुक हुन्छु। यी हरफ लेखिरहँदा गाइरहेको छु। आँखाबाट निस्किने आँसुको प्रवाह नपुछी गाइरहन्छु।
प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व भगवान् शिवको पूजा आराधना गरी देशभर मनाइँदै छ।
‘पुस्तकको प्रभाव समयक्रममा फेरिँदो रहेछ। गज्जब लागेका पुस्तक पछि अर्को राम्रो पढेपछि औसत लाग्दो रहेछ। धेरै विषयमा रुचि हुँदा पढेका पुस्तकहरू बिर्सने, सूचना मिसमास हुने समस्या पनि भएको छ।’
विद्यालय पाठ्यपुस्तकको आवश्यकताअनुसार व्याकरण र हिज्जे लेखेर दाम–नाम कमाउँदै आएका चूडामणि गौतम आफ्नो जीवनको उत्तरार्द्धमा भाषिक शुद्धतामा ‘खुट्टो काट्ने कि नकाट्ने’का अभियन्ताझैँ बने।
शनिबारे भेटघाटमा हुने बहस र मेरा विद्यमान मान्यताबीच आनको तान फरक परे। मेरो परम्परागत पहाडे राष्ट्रवादको जब्बर बुझाइलाई त्यहाँका बहसले ठाडै चुनौती दिए। कहिलेकाहीँ आफैलाई थुम्थुम्याउनु पर्यो।
गौतमका भाषा व्याकरणका १०० भन्दा बढी पुस्तक प्रकाशित छन्। २०७९ भदौमा विमोचन भएको ‘बृहत्तर नेपाली शब्दकोश’ उनको पछिल्लो पुस्तक हो।
‘वनजंगल, खोलानाला, चराचुरुंगी, जनावर सबैसँग हाम्रो जीवन जेलिएको हुन्छ। त्यसैले अब मान्छेले मान्छेकै मात्र चिन्ता गर्दै र मान्छेकै मात्र हित गर्छु भनेर मान्छेबाहेकका सबैको दोहन गर्ने काम रोकिनु पर्छ।’
दार्जीलिङको पहाडीबस्तीमा नरदेन रुम्बा गुपचुप थिए। तर, उनको प्रतिभा र क्षमता टाढाटाढा फैलिँदो थियो। गीत र शब्दको खोजीमा नरदेनकहाँ गइरहने चन्दन–डेजीले मात्रै दुई दर्जनभन्दा बढी गीत उनीबाट पाएका रहेछन्।
मानिसका इच्छा, आकांक्षालाई जुन र सफलतालाई तारासँग तुलना गरिएको छ। सफलता पहिल्याउने क्रममा छाडिने परिवार, सम्बन्ध र त्यसले महिलामा पार्ने मनोसामाजिक प्रभावलाई नाटकमा देखाइएको छ।
महोत्सवमा फेवाताल, माछापुच्छ्रे अन्नपूर्ण हिमशृंखलालाई साक्षी राखेर देश–विदेशका २०० भन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखक, कलाकार, सम्पादक, पत्रकारलगायतले विचार मन्थन गर्दैछन्।
पुस्तकमा हाब्रेको नेपालको अवस्था, संरक्षणका चुनौती, पर्यटन तथा संरक्षणका विभिन्न सन्दर्भका १६ वटा लेख समावेश छन्।
हामीले पढ्ने, सुन्ने अधिकांश आलेख, अभिलेख र विश्लेषणहरूको समस्या कहाँ छ भने पृथ्वीनारायण शाहलाई नायक मान्नेले उनका ‘सीमा’लाई छुनै नखोज्ने र सुन्नै नखोज्ने।
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा महावीर पुनलाई ५० हजार राशिको ‘रत्न–श्रेष्ठ राष्ट्रिय पुरस्कार’ प्रदान गरिएको हो।
स्थापनाको ३०औँ वर्ष पूरा गरेको उपलक्ष्यमा आगामी चैत २३ गते काठमाडौँमा वार्षिकोत्सव रकयात्रा गर्न लागिएको ब्यान्डले जनाएको छ।
भारतीय लेखक फणीश्वरनाथ रेणुले हिन्दीमा लेखेको ‘नेपाली क्रान्ति–कथा’ लाई पब्लिकेसन नेपालयले ‘सात सालको कथा’ का रूपमा बजारमा ल्याएको हो।
झापाको काँकरभिट्टामा तीन दिनसम्म चल्ने कार्यक्रममा हावा, पानी, जमिन, खाना र जीवनसँग जोडिएका पर्यावरणीय सवालमा छलफल गरिने छ।
पिताले १९९३ देखि २०२४ सालसम्म अनवरत सम्पादन गरेको ‘उदय’ द्वैमासिक साहित्यिक पत्रिका बन्द भई तीन दशकसम्म बन्द रहेको अवस्थामा दुर्गा दाइले २०५४ वैशाखयता पुनः निरन्तरता दिएका छन्।