AnonymousUser

Logout

कानून मिचेर कैदीलाई सजाय माफी, छुटेर फेरि अपराध

जघन्य अपराधमा संलग्नलाई राजनीतिक आस्था वा ‘पैसाको चलखेल’का आधारमा कानून विपरीत बाँकी सजाय छुट र माफी मिनाहा दिने गरिएको छ। यसरी छुटेका कतिपय फेरि अपराध गरेर जेलमै पुग्छन्।

काठमाडौँ महानगरमा बालेनका ३ वर्षः गरेका काम विवादित, वाचा अपूरा

बालेन शाह काठमाडौँ महानगर प्रमुख निर्वाचित भएपछि उनको कार्यशैली र सामाजिक सञ्जालमा गर्ने पोस्टले कहिल्यै गुमनाम हुनुपरेन। तर चुनावमा गरेका वाचाअनुसार कति काम भए, कति थाती रहे?

ठूला दलमा जम्बो केन्द्रीय समिति, झनै जम्बो साना दलमा

ठूला दलमध्ये कांग्रेसका केन्द्रीय सदस्य १६८ र एमालेका ३६० जना छन्। माओवादीको केन्द्रीय समितिमा ४०७ जना छन्। यी दलभन्दा न्यून साधारण सदस्य भएका दलले पनि पदकै लागि केन्द्रीय सदस्य ‘बाँड्ने’ गरेका छन्।

केमा अल्झियो जनमत र नागरिक उन्मुक्तिबीचको एकता?

रेशम चौधरी कार्यक्रमस्थलबाटै पक्राउ परेपछि जनमत र नागरिक उन्मुक्तिबीच हुने भनिएको एकता भाँडिएको एक साता नाघिसकेको छ, यसबीचमा दुवै दलबीच ठोस छलफलसमेत हुन सकेको छैन।

चैत २१ पछि बालेन शाहः कार्यालयमा नरम, सामाजिक सञ्जालमा संयम

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं महानगर कार्यालय फर्किएपछि कर्मचारीसँग बालेनको व्यवहार फेरिएको छ, सामाजिक सञ्जालमा पनि कमै सक्रिय छन्। उनले एक्लो महसुस गरिरहेको कर्मचारीहरू बताउँछन्।

प्रिसा मृत्यु प्रकरण: कक्षामा साथीलाई ‘भाइभा जानु छ’ भनेकी थिइन्

दिल्लीस्थित नेपाली दूतावासका अनुसार प्रिसाको शव अहिले एमएस अस्पतालमा राखिएको र परिवारका सदस्य पुगेपछि मात्रै पोस्टमार्टम गरिने ओडिशा प्रहरीले जानकारी गराएको छ।

केआईआईटीको होस्टेलमा अर्काे नेपाली छात्रा मृत फेला

भारतको ओडिसा प्रान्तस्थित भुवनेश्वरमा रहेको केआईआईटी विश्वविद्यालयको होस्टेलमा अर्को नेपाली छात्रा मृत अवस्थामा फेला परेकी छन्।

बर्खास्तीपछि झन् व्यस्त कुलमान

राजनीतिमा आउने मन बनाइसकेका कुलमान तत्कालै कुनै पार्टी प्रवेश गरिहाल्ने मुडमा भने छैनन्। नयाँ पार्टी नै खोल्नेसम्मको विकल्प राखेर उनी ‘पर्ख र हेर’को रणनीतिमा छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल इन्धन डिपोः अढाई दशकदेखि विध्वंसको पर्खाइ!

चैत १५ गते केही व्यक्तिले सडकमा राखिएका ड्रममा आगो लगाएर विमानस्थल क्षेत्रभित्र फालेका थिए, यद्यपि विमानस्थलको दमकलले समयमै आगो निभाउँदा आयल निगमको इन्धन डिपो जोगिएको थियो।

डेब्यू म्याचमै ‘जादू’ देखाएका १४ वर्षीय वैभव

सबैभन्दा कम उमेरमा आईपीएल खेल्ने खेलाडी हुन्, वैभव सूर्यवंशी। लखनउ सुपर जाइन्ट्सविरुद्धको खेलमा आफ्नो टिम राजस्थान रोयल्स पराजित भए पनि आक्रामक ब्याटिङ गरेका वैभवको भने तारिफ भइरहेको छ।

प्रकृति लम्साल मृत्यु प्रकरणः अझै सकिएन अनुसन्धान, के भन्छ ओडिसा पुलिस?

भारतको ओडिसास्थित केआईआईटीमा पढ्ने नेपाली विद्यार्थी प्रकृति लम्साल मृत भेटिएको झन्डै २ महिना भइसकेको छ। यो घटनामा ओडिसा पुलिसले गरिरहेको अनुसन्धान सकिन अब कति समय लाग्छ?

राजावादीको भण्डाफोरमा केन्द्रित हुँदा चुकेको मिडिया

प्रदर्शनकारीहरू आपराधिक कृत्यमै उत्रिएपछि पत्रकारहरू तिनको भण्डाफोरमा केन्द्रित हुँदा सुरक्षा व्यवस्थापनमा देखिएको कमजोरी र सुरक्षाकर्मीको ज्यादती केही दिन ओझेलमा परे।

मधेश प्रदेशमा एसईईः २०६५ सालपछि बिग्रिएको लय बर्बादीतिर

एसईई चलिरहँदा मधेशका कतिपय परीक्षा केन्द्रमा चिट चोराउनेको मेलै लाग्यो। परीक्षा शुरू भएको २० मिनेटमै प्रश्नपत्र बाहिरिने मात्र होइन, ह्वाट्सएप ग्रुप बनाएर उत्तर पठाउनेसम्म भयो। यो बेथितिको दोषी को?

म्यानपावरको किर्ते कागजातका कारण दुई नेपाली ४० दिनदेखि मुम्बईको जेलमा

वैदेशिक रोजगारीमा हिँडेका सर्लाहीका सद्दाम हुसेन र गुलबहार आलम ४० दिनदेखि महाराष्ट्र प्रहरीको थुनामा छन्। नाइस रेक्रुटिङ एजेन्सीले श्रम स्वीकृतिको नक्कली कागज बनाइदिँदा उनीहरू फन्दामा परेका हुन्।

नेपालमा राजावादीहरू जुर्मुराउँदा भारतीय मिडिया तरंगित

पूर्वराजाको समर्थनमा काठमाडौँमा भएको प्रदर्शनपछि भारतीय मिडियाले नेपालमा राजतन्त्र फर्काउने विषयमा रिपोर्ट, बहस र विश्लेषण मात्र दिइरहेका छैनन्, लोकतन्त्र र धर्म निरपेक्षतामाथि प्रश्न पनि उठाएका छन्।

काठमाडौँ महानगरमा भद्रगोल भित्री सडक, एक वर्षदेखि खन्दै–छाड्दै

एक वर्षअघि खनिएका कतिपय भित्री सडकसमेत अझै बनेका छैनन्। वडाध्यक्षहरू सडक नबन्नुको कारण ठेकेदारलाई देखाउँछन्। काठमाडौँ महानगर भने प्रमुख प्रशासकीय अधिकृतको ‘रित्तो कुर्सी’लाई देखाउँछ।

केआईआईटीमा नेपाली विद्यार्थीको मृत्यु: कहाँ पुग्यो अनुसन्धान?

ओडिसास्थित केआईआईटी विश्वविद्यालयमा नेपाली छात्रा प्रकृति लम्सालको मृत्युपछि उत्पन्न असहज परिस्थिति सामान्य बने पनि त्यहाँका नेपाली विद्यार्थी अझै ढुक्क छैनन्। के भइरहेछ यो घटनाको अनुसन्धान?

‘आर्टिकल १५’ को झल्को दिने सिरहाको ‘सामूहिक बलात्कार’ घटना

सिरहाको नवराजपुरकी रिंकु माघ ३० गते घरैमा मृत भेटिइन्। त्यसको तीन दिनअघि साँझ ९ बजे शौच गर्न निस्किएकी उनी बिहान ३ बजे मात्र घर फर्किएर आफूमाथि सामूहिक बलात्कार भएको आमालाई बताएकी थिइन्।

केआईआईटीको ‘मार्केटिङ’मा निजी क्याम्पस र पढिरहेका विद्यार्थी प्रयोग, ५० हजार कमिसन

केआईआईटीमा प्रत्येक वर्ष ३०० देखि ३५० नेपाली भर्ना हुन्छन्। कन्सल्टेन्सीबाहेक निजी क्याम्पस र त्यहीँ पढिरहेका विद्यार्थीले भर्ना सिफारिस गर्दा कमिसन पाउँछन्। कसरी पुग्छन् नेपाली विद्यार्थी केआईआईटी?

मधेश कृषि विश्वविद्यालयमाथि राजनीति: ६ महिनादेखि कर्मचारी तलबविहीन, पढाइ ठप्प

जसपा र जनमतले पार्टीका अध्यक्षहरूको स्वार्थमा मधेश कृषि विश्वविद्यालयमाथि राजनीति गर्दा स्नातकको नयाँ भर्ना नै रोकिएको छ। सतिशकुमार सिंह मुख्यमन्त्री भएसँगै विश्वविद्यालय संकटतर्फ धकेलिइरहेको हो।