दुई वर्षअघि केपी शर्मा ओलीलाई हजुरबा साइनो लगाएर एमाले प्रवेश गरी आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिलाउन लागिपरेका दुर्गा प्रसाईंको अभिष्ट पूरा त भएन नै, अहिले ओलीसँगै मुडभेडको अवस्थामा पुगेका छन्।
बैंकबाट लिएको ऋणले घरजग्गा लिलाम भएका व्यक्तिहरू जम्मा गरेर काठमाडौँकेन्द्रित प्रदर्शनमा उत्रिएका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पूर्वमाओवादी लडाकु र कार्यकर्ताहरूले दह्रोसँग साथ दिएका छन्।
बैंक ऋणले छटपटिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईं अरू ऋणी र असन्तुष्ट समूह जम्मा पारेर ‘व्यवस्था उल्ट्याउने’ घोषणा गरिरहँदा सरकारदेखि प्रमुख दलका नेताहरू उनकै लागि मैदान तयार पारिदिन उद्यत देखिन्छन्।
सरकारी निकायहरूकै लापरबाहीका कारण संकटमा धकेलिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र काकाकुल पोखराको तिर्खा मेट्ने खानेपानी आयोजना जोगाउन प्रधानमन्त्री कार्यालयले अग्रसरता देखाएको छ।
पुनर्निर्माणका विद्यमान् संयन्त्र प्रभावकारी नभएको भन्दै प्रधानमन्त्री दाहालले नयाँ शक्तिशाली संयन्त्र बनाउनु पर्नेमा जोडबल गरिरहेका बेला सचिवहरू भने यसको नेतृत्व स्थानीय तहलाई दिनुपर्ने बताउँछन्।
विद्यमान सरकारी संयन्त्रलाई चुस्त र सबल बनाएर पुनर्निर्माण गर्नुपर्ने सुझाव विज्ञहरूले दिए पनि प्रधानमन्त्री दाहाल भने अर्को छुट्टै संयन्त्र बनाउन जोडबल गरिरहेका छन्, किन?
जाजरकोट र रूकुमपश्चिमको भूकम्पका घाइतेहरूको सम्बन्धित जिल्ला अस्पताल, प्रदेश अस्पताल सुर्खेत र भेरी अस्पताल नेपालगन्जमा उपचार हुँदै गर्दा ‘पहुँचवाला’ सामान्य घाइतेलाई काठमाडौँ ल्याइएको छ।
भूकम्पलगायत प्राकृतिक प्रकोपमा परी घाइते भएकाको उपचारको पूर्वतयारीमा सरकार नजुट्दा जाजरकोटमा भूकम्प गएको ९ घण्टा बितिसक्दा पनि घाइतेहरूको कहाँ कसरी र कसले उपचार गर्ने भन्ने अन्योल उत्पन्न भएको छ।
कोशी प्रदेशमा आफ्नै दल (कांग्रेस) भित्र ‘विद्रोह’ गरेर मुख्यमन्त्री बनेका केदार कार्कीले विश्वासको मत पाएसँगै बागमती प्रदेशमा पनि कांग्रेस नेतृत्वको सरकार बनाउन कसरत अघि बढेको छ।
व्यापारीसँगको मिलेमतोमा विद्यालयका पदाधिकारीले नै जुद्धोदय स्कुल तहसनहस पारेको तथ्य उजागर भएपछि काठमाडौँका मेयर बालेन साहले तत्काल छानबिन समिति बनाए। तर समितिले प्रतिवेदन दिएपछि उनी ‘चुपचाप’ छन्।
प्रचुर सम्भावनायुक्त चिया विकास निगमलाई तात्कालिक समस्या देखाएर हतारहतार निजीकरण गरिनुको स्वार्थ एउटा व्यापारिक घरानाको लाभसँग जोडिएको थियो भन्ने साढे दुई दशकका घटनाक्रमले छर्लङ्ग पार्छन्।
उपचारका क्रममा आफन्त गुमाउनेहरू चिकित्सकमाथि जाइलाग्ने क्रम बढेको छ। यसबाट गम्भीर रोगका बिरामी अस्पताल पुगेर उपचार गर्न डराइरहेका छन् भने चिकित्सकले पनि त्यस्ता बिरामीको उपचारमा हात कमाउन थालेका छन्।
पोखराको कोलपाटनमा बनिरहेको खानेपानी ट्यांकी नभत्काए नवनिर्मित विमानस्थल नै धरापमा पर्ने, भत्काए पौने अर्ब राज्यकोषबाट पुर्ताल गर्नुपर्ने अवस्था कसरी आयो? सरकारी निकायहरूको लापरबाही र अराजकताको चिरफार:
‘समिट अपार्टमेन्ट’ प्रकरणबाट ललितपुरको बखुण्डोलबासी चार महिनायता बेचैन छन्। काठमाडौँको लाजिम्पाट भित्रका बासिन्दा अर्को त्यस्तै प्रकरण दोहोरिने त्रासमा छन्।
संसद्को पछिल्लो अवरोध खुल्नुमा प्रधानमन्त्री दाहालको ‘गिरिबन्धु टी–इस्टेट’ प्रकरणमा छानबिन अघि बढाउने अभिव्यक्तिले काम गरेको बुझाइ राजनीतिक वृत्तमा व्याप्त छ। के हो यो प्रकरणको भित्री कुरा?
नेपाल बाल संगठनको भक्तपुर दरबार क्षेत्रमा रहेको घरजग्गा आफूखुशी प्रयोग गर्न नपाएपछि नगरपालिकाले त्यहाँ आश्रित अनाथ बालबालिकालाई पिउने पानी आपूर्ति र बर्खामा चुहिने छानो मर्मत गर्नसमेत रोक लगाएको छ।
जुद्धोदय स्कुल मास्नेगरी व्यापारीलाई जग्गा सुम्पने सम्झौता गैरकानूनी रहेको निष्कर्ष काठमाडौँ महानगरपालिकाद्वारा गठित छानबिन समितिले निकालेको छ। योसँगै प्रश्न उठेको छ, अब महानगरले कारबाही गर्ला?
सुन तस्करीबारे तत्कालीन संसदीय समितिको छानबिन प्रतिवेदन खोतल्दा तस्करीका प्रवृत्ति र पात्र फेरिएको देखिन्न। विडम्बना, प्रजातन्त्र, शाही शासनदेखि गणतन्त्रसम्म पनि उनीहरू कारबाहीको दायरामा आएनन्।
अध्ययन भिसामा रुस गएका गोरखाका २३ वर्षीय रजिन परिवारलाई थाहै नदिई रुसी सेनामा भर्ती भएका थिए। तालिम पूरा नहुँदै युद्धग्रस्त क्षेत्रमा खटाइएको बताएका उनी अहिले सम्पर्कविहीन छन्।
यस पटकको सुन तस्करी प्रकरणको अनुसन्धान यसअघि जस्तो बीचमै नतुहिने, अन्तिमसम्म पुर्याएरै छोड्ने राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाको भनाइ छ।