नेपालगन्ज उपमहानगरपालिका–१० चौलिकाचोकमा अरमान अलीको परिवारले करिब ४३ वर्षदेखि हलुवा–पराठाको एउटै परिकार बिक्री गरेर ब्रान्ड बनाउन सफल भएका छन्।
नेपालको जलविद्युत् तथा जलस्रोत नीतिअनुसार आयोजनाले नदीमा कम्तीमा २५ प्रतिशत प्राकृतिक बहाव निरन्तर छाड्नुपर्ने कानूनी प्रावधान छ। तर यसको व्यावहारिक कार्यान्वयन नहुँदा मोदीखोला संकटमा परेको हो।
गोताखोर टोलीले अचेत अवस्थामा चालकलाई ताल बाहिर निकाली थप उपचारको लागि गण्डकी मेडिकल कलेजमा लगेकामा अस्पतालले मृत घोषणा गरेको हो।
उद्योगको प्रारम्भिक चरण भने चुनौतीपूर्ण थियो। बजारको अभाव, आर्थिक कठिनाइ तथा प्राविधिक ज्ञानको कमीबीच हमालले कामको थालनी गरेका थिए।
सर्वोच्च अदालतले वैदेशिक लगानीकर्ता ‘डोल्मा इम्प्याक्ट फन्ड’लाई पुँजीगत लाभकरमा छुट दिने आन्तरिक राजस्व विभागको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ।
अनलाइन टिकट प्रणाली सञ्चालनमा आएपछि लामो लाइनमा बस्नुपर्ने झन्झट हट्ने, समयको बचत हुने तथा पर्यटक व्यवस्थापन अझ प्रभावकारी हुने विश्वास छ।
लामो समयदेखि वर्षा नहुँदा र हावा नचल्दा वायुमण्डलमा प्रदूषक तत्त्व थुप्रिएर काठमाडौँ उपत्यकाको हावा मानव स्वास्थ्यका लागि ‘अस्वस्थकर’ तहमा पुगेको छ। यससँगै राजधानी विश्वकै प्रदूषित शहरहरूको सूचीमा आठौँ स्थानमा उक्लिएको छ।
दार्चुलाको बांगाबगडमा कार्यरत प्रहरी हवल्दार योगेन्द्रबहादुर घर्तीको हत्या अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ भने बार सञ्चालकसहित चार जना अझै फरार रहेका छन्।
भ्रष्टाचार अवधारणा सूचकांकमा नेपाल ३४ अंकसहित यथास्थितिमा रहनु सरकारले भ्रष्टाचारविरुद्ध ठोस काम गर्न नसकेको संकेत भएको ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले जनाएको छ।
लामो समयदेखि झोलुंगे पुलमार्फत आवतजावत गर्दै आएका खोटाङ र भोजपुरका दक्षिणी क्षेत्रका स्थानीयको दैनिकी सुनकोशी नदीमा बेलिब्रिज जडान भएपछि सहज बन्नेछ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व)–१ मा फागुन २१ गते हुने निर्वाचनका लागि राजनीतिक दलहरू घरदैलोमा व्यस्त रहँदा मतदाताले भने विकास, सुशासन र रोजगारीलाई आफ्नो मुख्य शर्त बनाएका छन्।
दुई वर्षभित्र सम्पन्न गर्नेगरी २०७४ भदौ ३१ गते शिलान्यास भएको धाप्लाङघाटको माटरेबल पक्की पुल ठेकेदारको लापरबाहीका कारण निर्माणको काम अलपत्र छ।
दुर्घटनामा अन्य ३४ जना घाइते भएका छन्। उनीहरूको डडेलधुरा, धनगढी र बझाङमा उपचार भइरहेको छ।
खोटाङका विभिन्न ठाउँका स्थानीय युवा दिउँदको समयमा काम खोज्दै भारतको मेघालयस्थित कोइलाखानीमा जाने गरेका छन्।
पञ्चायतदेखि बहुदलीय व्यवस्था स्थापनासम्म टक्सारमा सञ्चालनमा रहेका धातु उद्योगले लाखौँ रुपैयाँ मूल्य बराबरका सामग्री उत्पादन गर्दै आएका थिए।
७२ किलोमिटर लामो सिद्धिचरण राजमार्ग सोलुखुम्बु, ओखलढुंगा र खोटाङलाई प्रदेश राजधानी विराटनगरसँग जोड्ने ‘लाइफलाइन’ हो। यही लाइफलाइन अहिले जीर्ण हुँदा मृत्युरेखा जस्तै बनेको छ।
योजना आयोगबाट बहुवर्षीय आयोजनाका लागि स्रोत सहमतिको सिफारिस भई आएमा अर्थ मन्त्रालयले चालु आर्थिक वर्षका लागि माघ मसान्तभित्र सहमति दिन सक्नेछ।
विश्व क्यान्सर दिवसको सन्दर्भमा चिकित्सकहरूले समयमै स्वास्थ्य परीक्षण, स्वस्थ जीवनशैली अपनाउन, धुमपान र मद्यपान त्याग्न र व्यापक जनचेतनामा जोड दिन आग्रह गरेका छन्।
दशरथचन्द नगरपालिका–४ का ३२ वर्षीय प्रकाश चन्दको खरकटे सल्लेरी भन्ने स्थानमा भिरबाट लडेर मृत्यु भएको छ। उनी तालिम सकेर घर फर्किदै थिए।
उत्तरी गोरखाको धार्चे गाउँपालिका–३ खोर्लावेशीमा आयोजित ऐतिहासिक तातोपानी मेलाको अवसरमा २० जोडीले मित लगाएका छन्।