दुर्घटनामा मोटरसाइकल चालक परशुराम–१२ का २७ वर्षीय नवीन साउद र मोटरसाइकलको पछाडि सवार सोही ठाउँका ३५ वर्षीय मान जाग्रीको मृत्यु भएको छ।
अमरगढी– डडेलधुरामा ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। परशुराम नगरपालिका–९ स्थित कुयापानीमा शनिबार साँझ दुर्घटना भएको जिल्ला प्रहरी प्रमुख बरुणबहादुर सिंहले जानकारी दिए।
दुर्घटनामा मोटरसाइकल चालक परशुराम–१२ का २७ वर्षीय नवीन साउद र मोटरसाइकलको पछाडि सवार सोही ठाउँका ३५ वर्षीय मान जाग्रीको मृत्यु भएको हो।
दुर्घटनामा घाइते उनीहरूलाई उपचारका लागि जोगबुढा अस्पताल लगिएको भए पनि डाक्टरले मृत घोषणा गरेका थिए। जोगबुढा–दैजी सडकखण्डअन्तर्गत जोगबुढाबाट गाइबाधेतर्फ जाँदै गरेको से२त १४७४ नम्बरको ट्र्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको म१प ९९७३ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए।
परशुराम नगरपालिका नै घर भएका ३२ वर्षीय ट्र्याक्टर चालक सुरेश भट्ट दुर्घटनापछि फरार छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
