AnonymousUser

Logout

नवपुस्ताका मतदाता भन्छन्– ‘हाम्रो भविष्यसँग फेरि खेलबाड नहोस्’

निर्वाचनमा सहभागी नवपुस्ताका मतदाताले आफ्नो मतलाई देशको भविष्य र सुशासनसँग जोड्दै फेरि खेलबाड नहोस् भन्ने चाहना व्यक्त गरेका छन्।

चुनावी रन्कोबीच महोत्तरीमा पानीको चिन्ता

यसपालिको निर्वाचनमा विकासका गफभन्दा प्राकृतिक स्रोत संरक्षण र समुचित प्रयोगबारे ठोस प्रतिबद्धता आवश्यक रहेको बर्दिवास–८ हात्तीलेटका जगदीश काफ्लेको धारणा छ।

घोषणापत्रमा मलको समस्या समाधान गर्ने अटोट, तर हुँदैन कार्यान्वयन

किसानहरूले हरेक वर्ष भोग्दै आएको समस्यामध्ये हो—मल। हाल सबैजसो दलले यसलाई प्राथमिकताका साथ उठान गरेका छन्। तर किसान भने कार्यान्वयन हुनेमा ढुक्क छैनन्।

तनहुँका मतदाताको प्रश्न: कहिले बन्छ दुलेगौँडा–हर्कपुर सडक?

स्थानीय तहदेखि प्रदेश र प्रतिनिधिसभासम्म जो उम्मेदवार आए पनि एउटै वाचा गर्छन्, यो सडक बनाउँछु। यही सडकलाई देखाएर नेताहरूले चुनाव जिते पनि सडकको अवस्था उस्तै छ।

साङ्ता मतदान केन्द्र जाने सडकको हिउँ पन्छाइँदै

साङ्ता गाउँमा ३९ जना मतदाता छन्। यहाँको हिमाली आधारभूत विद्यालय मतदान केन्द्रको दुरी जोमसोमबाट करिब ४० किलोमिटर टाढा छ।

मौद्रिक नीति अर्धवार्षिक समीक्षा: क्षेत्रगत कर्जा विस्तार र पूर्वाधार लगानीमा सहजीकरण

राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत सूचना प्रविधि र पर्यटन क्षेत्रलाई प्राथमिकता प्राप्त कर्जाको दायरामा ल्याउँदै चालु पुँजी कर्जा र विदेशी लगानी सहजीकरणमा नयाँ व्यवस्था गरेको छ।

‘लगानीकर्ताको त्रास सम्बोधन नभए सामाजिक-आर्थिक सन्तुलन जोखिममा’

जेन–जी आन्दोलनपछि निजी क्षेत्रको मनोबल खस्किएर पुँजी पलायनको जोखिम बढेको औँल्याउँदै अध्ययनले निजी क्षेत्रको संरक्षण र आत्मविश्वासबिना दिगो आर्थिक विकास सम्भव नहुने निष्कर्ष निकालेको छ।

जनशक्ति अभावले दोबागाउँ अस्पताल अलपत्र

निर्माण सम्पन्न भएको चार वर्ष बितिसक्दा पनि पाँच शय्या क्षमताको अस्पतालमा न उपकरण आए, न त चिकित्सक नै।

सहारालाई १२ वर्षपछि आहा रारा पोखरा गोल्डकपको उपाधि

आयोजक सहारा क्लब पोखराले जावलाखेल युथ क्लबलाई २–० गोल अन्तरले हराउँदै १२ वर्षपछि ‘आहा रारा पोखरा गोल्डकप’को उपाधि जितेको छ।

हिमपातका कारण मनाङमा मतदान केन्द्रको अनुगमनमा समस्या

प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले विशेष गरी हिमपातका कारण नार्पाभूमि गाउँपालिकामा रहेका मतदान केन्द्रको अनुगमनमा समस्या भएको बताएका छन्।

सांस्कृतिक र साहसिक पर्यटनका लागि मुन्दुम पदमार्ग

किरात राई, शेर्पा, तामाङलगायत समुदायको सांस्कृतिक पहिचान झल्कने परिकारका साथै गोठालाले उत्पादन गर्ने अर्ग्यानिक खाद्य सामग्रीको स्वाद लिन सकिन्छ।

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु, १ घाइते

मोटरसाइकल दुर्घटनामा घाइते भएका तीन जनालाई उपचारका लागि धनगढीतर्फ लैजाँदै गर्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

जीवन बदलिने आशामै छन् बोटे समुदाय

निर्वाचनको माहोलका बीच सीप, रोजगारी र सुरक्षित बसोबासको सुनिश्चिततामार्फत आफ्नो जीवनस्तर उकासिने र परम्परागत पहिचान जोगिने आशमा बोटे समुदाय रहेका छन्।

रुपन्देही–४ का मतदाता भन्छन्– विकासप्रेमी नेतालाई भोट

रुपन्देही– ४ मा ६६ हजार ६२ पुरुष, ५० हजार ११० महिला गरी एक लाख १६ हजार १७२ मतदाता छन्।

मुस्ताङमा ५ महिनामा ३ लाख २५ हजार पर्यटक

राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक सहज भएपछि मुस्ताङमा पर्यटकको आगमनदर वृद्धि हुँदै गएको छ।

प्रमुख राजनीतिक दलको घोषणापत्रः ऊर्जा क्षेत्र विशेष प्राथमिकतामा

दलहरूले आन्तरिक खपतको वृद्धि, रोजगारी सिर्जना तथा ऊर्जा कूटनीतिमार्फत क्षेत्रीय बजारमा बिक्री गर्ने लक्ष्यलाई प्रमुख प्राथमिकतामा राखेका छन्।

अन्नपूर्ण गाउँपालिकाबाट ४ करोड रुपैयाँको सुन्तला बिक्री

सुन्तला अन्नपूर्ण गाउँपालिकाको प्रमुख नगदेबाली हो। यहाँ आलुपछि धेरै बिक्री हुने कृषिबालीमा सुन्तला रहेको छ।

काठमाडौँमा बढ्दै छ वायु प्रदूषण, सचेत रहन आग्रह

काठमाडौँ उपत्यकाको लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ मा नेपाल सरकारले एक्यूआई ३०० भन्दा बढी पुगेको अवस्थालाई विपद् मान्ने व्यवस्था छ।

दाङमा बढ्यो तोरीको उत्पादन, छैन बजारको समस्या

दाङमा तोरीखेतीप्रति किसानको आकर्षण बढ्दै गएको हुँदा क्षेत्रफल र उत्पादन बढ्दै गएको हो। बजारको पनि समस्या नभएको किसानको भनाइ छ।

झापा-१ः हात्तीको कहरबाट जोगाउनेलाई मत

भारतसँग सीमा जोडिएको तिरिङ मात्र होइन, मेचीनगर-१, २, ३ र ४ सम्म फैलिएको सिंगो बाहुनडाँगीका स्थानीयको चार दशकदेखि साझा चासो र प्रश्न छ– जंगली हात्तीबाट जिउज्यान र बाली कसरी जोगाउने?