AnonymousUser

Logout

प्रतिनिधिसभा निर्वाचन: मतदान शुरू

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका निर्वाचन केन्द्रमा बिहान ७ बजेबाट मतदान सुरु भएको छ।

आज देशभरको मौसम सफा रहने

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका  पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ।

मध्यपूर्वमा तनावः नेपालीहरूको विवरण अद्यावधिक गर्दै दूतावास

परराष्ट्र मन्त्रालय अन्तर्गत कन्सुलर सेवा विभागको आकस्मिक उद्धार पोर्टलमार्फत दूतावासहरूले विवरण संकलन गर्न थालेका हुन्।

निष्पक्ष र शान्तिपूर्ण ढंगले चुनाव सम्पन्न गर्न कुनै किसिमको अभाव हुन नदिने

आज बसेको सुरक्षा परिषद्को बैठकले निर्वाचनका बेला शान्तिसुरक्षा र अमनचयन कायम गर्न सम्बन्धित सुरक्षा निकायलाई थप प्रभावकारी र समन्वयात्मक रूपमा परिचालन गर्ने निर्णय गरेको छ।

'भोटर कार्ड' नहुँदा यी परिचयपत्र देखाएर पनि गर्न सकिन्छ मतदान

यससँगै आयोगले मतदाता परिचयपत्र उपलब्ध गराउन नसकेको र परिचयपत्र हराएका वा छुटेका मतदाताले पनि मतदान गर्न पाउने भएका छन्।

होर्मुजमा इरानको नियन्त्रण दाबी, युद्ध तीव्र

इरानको रिभोलुसनरी गार्ड्सले होर्मुज हुँदै आवतजावत गर्ने कुनै पनि जहाज मिसाइल वा ड्रोन आक्रमणको जोखिममा पर्न सक्ने चेतावनी दिएको छ।

पर्सा-२ का उम्मेदवार मनोज चौधरीसहित चार जना पक्राउ

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले नियमित सुरक्षा जाँचका क्रममा बडनिहार क्षेत्रमा पर्सा-२ का उम्मेदवार मनोज चौधरीसहित चार जनालाई प्रक्राउ गरेको हो ।

निर्वाचनको दिन पनि बैंक खुल्ला हुने

नेपाल राष्ट्र बैंकले निर्वाचनको बिदाका दिन पनि सीमित बैकिङ सेवा सञ्चालनमा राख्न निर्देशन दिएको छ।

सर्लाहीका ३४ कैदीले मतदान गर्न पाउने

प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाहीका ३४ जना कैदी बन्दीले मतदान गर्न पाउने भएका छन् ।

कस्तो रहला आजको मौसम ?

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

मध्यपूर्व तनाव: समस्यामा परेका नेपालीको विवरण संकलन गर्न अनलाइन पोर्टल सञ्चालन

कतार, इरान, साउदी अरब, कुवेत, यमन, इजरायल, साइप्रस, संयुक्त अरब इमिरेट्स (यूएई) र बहराइनस्थित नेपाली राजदूतावासहरूले छुट्टाछुट्टै सूचना जारी गरी त्यहाँ रहेका नेपालीहरूलाई अनलाइन पोर्टलमा आफ्नो विवरण अद्यावधिक गर्न आग्रह गरेका छन्।

जेनजी आन्दोलनका क्रममा फरार व्यक्तिसहित चार जना पक्राउ

जेनजी आन्दोलनका क्रममा जेलबाट फरार भएका सुनिल थापासहित चार जनालाई सशस्त्र प्रहरीले लागुऔषधसहित लोकन्थलीबाट पक्राउ गरेको छ।

ड्युटीमा खटिएका मतदान अधिकृत अचानक बेहोस, उपचारका क्रममा मृत्यु

सर्लाहीको जिगडवा मतदान केन्द्रमा खटिएका मतदान अधिकृत रघुनाथ महतोको मंगलबार दिउँसो ड्युटीकै क्रममा अचानक बेहोस भई उपचारका क्रममा मृत्यु भएको छ।

पत्रकार विराट अनुपमको पुस्तक ‘पहिलो आमनिर्वाचन २०१५’ विमोचित

पत्रकार एवं लेखक विराट अनुपमद्वारा लिखित ‘पहिलो आमनिर्वाचन २०१५’ पुस्तक सार्वजनिक भएको छ।

धनुषामा विस्फोटक पदार्थ पड्किँदा २ बालबालिका घाइते

धनुषाको बडहरी पुलमा फेला परेको शंकास्पद वस्तु विष्फोट हुँदा दुई बालबालिका घाइते भएका छन् र प्रहरीले घटनाको अनुसन्धान शुरू गरेको छ।

चाँगुनारायणमा कार दुर्घटना हुँदा ३ जनाको मृत्यु, २ घाइतेको उपचार हुँदै

नगरकोटबाट सुडालतर्फ आउँदै गरेको निजी कार चाँगुनारायणमा दुर्घटना हुँदा गम्भीर घाइते भएका जडीबुटीका तीन जनाको मंगलबार उपचारका क्रममा मृत्यु भएको छ।

समस्यामा परेका नेपालीको उद्धारका लागि 'इमर्जेन्सी रेस्पोन्स टिम' गठन

मध्यपूर्वमा बढ्दो सैन्य तनावका कारण समस्यामा परेका नेपाली नागरिकको सुरक्षा र उद्धारका लागि सरकारले 'इमर्जेन्सी रेस्पोन्स टिम' गठन गर्दै अनलाइन पोर्टलमार्फत विवरण संकलन थालेको छ।

अमेरिकाद्वारा खाडी मुलुकका दूतावासहरू बन्द, नागरिकलाई देश छोड्न आदेश

मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच अमेरिकाले साउदी अरब, कुवेतसहितका खाडी मुलुकमा आफ्ना दूतावासहरू बन्द गर्दै नागरिकलाई ती देश छोड्न आदेश दिएको छ।

मतदानका लागि गाउँ फर्किँदै सर्वसाधारण, साढे ७ लाखले छोडे काठमाडौँ उपत्यका

यात्रुको चाप बढेसँगै मुख्य राजमार्ग, बसपार्क तथा उपत्यकाबाट बाहिरिने नाकाहरूमा सवारीसाधनको लामो लाम देखिएको छ।

मौन अवधि उल्लंघन गरे के हुन्छ कारबाही?

निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचनको मौन अवधि उल्लंघन गर्नेलाई दुई वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिबाना हुन सक्ने कानूनी व्यवस्थाबारे सचेत गराएको छ।