काठमाडौँ– अनिता खरेलको पहिलो उपन्यास ‘आदिरा’ विमोचन गरिएको छ। शनिबार थापागाउँस्थित मण्डला थिएटरमा कवि तथा उपन्यासकार विप्लव प्रतीक, चलचित्र निर्देशक शान्ता नेपाली, जेन–जी अभियन्ता माजिद अन्सारी र लेखक स्वयंले संयुक्त रूपमा पुस्तकको विमोचन गरेका हुन्।
विमोचन समारोहमा बोल्दै कवि तथा उपन्यासकार प्रतीकले उपन्यासमा स्वैरकल्पनाको अद्भुत संसार निर्माण गरिएको भन्दै लेखकलाई बधाई दिए। “सोच्नु र लेख्नु दुवै जटिल काम हुन्, लेखकले यी दुवैलाई एकैसाथ न्याय गरेकी छिन्,” उनले भने। काफ्काको 'मेटामर्फोसिस' र मार्खेजको 'हण्ड्रेड इयर्स अफ सोलिच्यूड' जस्ता कृतिहरूको उदाहरण दिँदै 'आदिरा' उनको चेतना र चिन्तनले निर्माण गरेको न्यारेटिभसँग नितान्त नजिक रहेको उनले जिकिर गरे।
निर्देशक नेपालीले उपन्यासले पाठकलाई कल्पनाको संसारमा डुबाउने बताइन्। “आदिरा पढ्दै गर्दा मैले वास्तविक संसारसँग तुलना गर्दै आफूले निर्माण गरिरहेको चलचित्रको परिवेश र चितवनको माडीसँग यसलाई दाँज्न पुगेँ,” उनले भनिन्।
यस्तै, अभियन्ता अन्सारीले कथाको प्लट शुरू भएपछि आउने मोडहरू रोचक रहेको उल्लेख गरे। लेखक अनिता खरेलले 'आदिरा' प्रेम, करुणा, त्याग, कर्तव्य र मातृवात्सल्यको कथा भएको बताइन्। साथै, यो उपन्यास मानवीय अहंकार, छल–कपट र व्यक्तिभित्रको सकारात्मक–नकारात्मक द्वन्द्वको चित्रण पनि रहेको उनको भनाइ थियो। पुस्तक रेडपाण्डा बुक्सले प्रकाशन गरेको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
