AnonymousUser

Logout

सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योग घोषणा

सरकारले सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योग घोषणा गर्दै सफ्टवेयर र डिजिटल सेवा प्रवर्द्धन गर्ने योजना अघि सारेको छ।

विपद्बाट यस वर्ष १९ लाख बढी प्रभावित हुन सक्ने अनुमान

देशभर औसतभन्दा कम वर्षा हुने प्रक्षेपण गरिए पनि यो मनसुनमा १९ लाखभन्दा बढी मानिस विपद्बाट प्रभावित हुन सक्ने अनुमान गरिएको छ।

राष्ट्रियसभामा आठ अध्यादेश पेश

राष्ट्रियसभाको बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित आठ वटा नयाँ अध्यादेशहरू टेबल गरिएका छन्।

प्रतिनिधिसभा नियमावली मस्यौदा पेश

प्रतिनिधिसभाको सोमबारको बैठकमा नयाँ नियमावलीको मस्यौदा पेश हुनुका साथै विभिन्न मन्त्रालयसँग सम्बन्धित आठ वटा नयाँ अध्यादेशहरू टेबल गरिएका छन्।

नेप्से परिसूचकमा ३८ अंकको वृद्धि, ४ अर्ब ६१ करोडको कारोबार

नेप्से परिसूचक ३८.१९ अंकले बढेर २,७८३.८५ को बिन्दुमा पुगेको छ भने चार अर्ब ६१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

राष्ट्रियसभा बैठक १० मिनेटका लागि स्थगित

राष्ट्रियसभाको सोमबारको बैठक अध्यक्ष नारायणप्रसाद दाहालले १० मिनेटका लागि स्थगित गरेका छन्।

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला चार सय रूपैयाँले घटेको छ।

संघीय संसद्को बजेट अधिवेशन आजदेखि शुरू हुँदै

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

कस्तो रहला आजको मौसम?

देशका हिमाली र पहाडी भूभागसहित लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

साना डुंगामार्फत बेलायत प्रवेश गर्ने आप्रवासीको संख्या दुई लाख नाघ्यो

रेकर्ड सुरु भएयता साना डुङ्गामार्फत बेलायतको तटमा आइपुग्ने आप्रवासीको संख्या दुई लाख नाघेको छ।

संघीय संसद्को बजेट अधिवेशन सोमबारदेखि, राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार अपराह्न ४ बजे संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका छन्।

लम्की–टीकापुर–खक्रौला सडक समयमै नसकिँदा धुलो र हिलोले स्थानीयलाई सास्ती

कैलालीको हुलाकी राजमार्गअन्तर्गत ११ किलोमिटर सडक खण्ड पाँच वर्षसम्म पनि सम्पन्न नहुँदा नागरिकले सास्ती खेप्नुपरेको छ भने निर्माण कम्पनीले विभिन्न बहना बनाउँदै म्याद थप मात्र गरिरहेका छन्।

चितवनमा विवाहको भोज खाँदा ९३ जना बिरामी

चितवनको एक पार्टी प्यालेसमा वैशाख २३ गते आयोजित विवाह भोजमा खाना खाएका ९३ जना बिरामी परेका छन्।

मुख्यमन्त्रीको शपथ लिएसँगै विजय थलपतिले गरे यी ३ आदेशमा हस्ताक्षर

मुख्यमन्त्रीको शपथ लिएलगत्तै उनले मञ्चमै तीनवटा आदेशमा हस्ताक्षर गरेका छन्।

मानव अधिकार समितिले थाल्यो ‘होल्डिङ सेन्टर’को अवलोकन

प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिले भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बस्तीबाट हटाइएका नागरिकलाई राखिएका ‘होल्डिङ सेन्टर’को अवलोकन शुरू गरेको छ।

इरान युद्धबारे रुसी राष्ट्रपति पुटिनले भने- हामीलाई कठिन परिस्थितिमा पारेको छ

रुसले इरान र संयुक्त राज्य अमेरिकाबीच मध्यस्थता गर्न तयार रहेको समेत बताएको छ।

कोशी, बागमती र गण्डकीमा आज मेघगर्जनसहित पानी पर्ने

अहिले कोशी, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी र कर्णाली प्रदेशको एक/दुई स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ।

इरानले विश्वकप खेल्ने, अघि सार्‍यो १० शर्त

इरानले सुरक्षा र कूटनीतिक चासोलाई सम्बोधन गरिनुपर्ने १० वटा शर्तअघि सार्दै सन् २०२६ को फिफा विश्वकपमा सहभागी हुने औपचारिक निर्णय गरेको छ।

तिंकर सडकको दुम्लिङसम्म पुग्यो गाडी

त्रिदेशीय नाका जोड्ने रणनीतिक महत्वको दार्चुला–तिंकर सडकअन्तर्गत दुम्लिङसम्म १२ किलोमिटर खण्डमा सवारीसाधन सञ्चालन शुरू भएको छ।

वनको दाउरा लिने विषयमा विवाद हुँदा एक जनाको मृत्यु

दाङको राजपुरमा सामुदायिक वनको दाउरा लिने विषयमा भएको सामान्य विवादले उग्र रूप लिँदा एक जनाको ज्यान गएको छ।