जल तथा मौसम विज्ञान विभागका अनुसार देशका हिमाली भूभागमा साधारणतया बादल लागेको छ।
नेपालको जितसँगै दुई खेलको टी–२०आई सिरिज १-१ को बराबरीमा सकिएको हो।
संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइओएम)का अनुसार सन् २०२५ मा आप्रवासन मार्गहरूमा मात्रै लगभग सात हजार ९०० जनाको मृत्यु भएको छ वा तिनीहरू बेपत्ता भएका छन्।
चर्को गर्मीसँगै तातो हावा (लु) चलेपछि सर्वसाधारणको दैनिकी कष्टकर बनेको छ। यसबाट विशेषगरी बालबालिका, वृद्धवृद्धा, मजदुर र साना व्यवसायी बढी प्रभावित भएका छन्।
बचतकर्ताको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका गतिशील बचत तथा ऋण सहकारीका अध्यक्ष बलराम पाठकविरुद्ध अदालतले अनुसन्धानका लागि सात दिनको म्याद थप गरेको छ।
मन्त्रिपरिषद् बैठकले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गर्नुका साथै विभिन्न विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिएको छ।
मंगलबार नेप्से परिसूचक १८.१० अंकले घटेको छ भने पाँच अर्ब ७७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
महोत्तरीको जलेश्वरमा अन्तर्राष्ट्रियस्तरको इन्जिनियरिङ कलेज सञ्चालन गर्ने भन्दै किसानबाट सस्तो मूल्यमा खरिद गरिएको ३५ बिघा जग्गा तीन दशक बितिसक्दा पनि प्रयोगविहीन अवस्थामा छ।
ललितपुरको लगनखेलस्थित गतिशील बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा राष्ट्रिय वाणिज्य बैङ्कका पूर्वअध्यक्ष डा. बलराम पाठक पक्राउ परेका छन्।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १६ सयले बढेर ३ लाख १ हजार ३०० रुपैयाँमा कारोबार भएको छ।
भन्सार विभागको तथ्यांक अनुसार, साउनदेखि चैत मसान्तसम्मको अवधिमा कूल ३३ अर्ब ८२ करोड २५ लाख रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वाधार निर्माण कार्यका लागि आगामी जेठ ४ गतेसम्म दैनिक राति ७ घण्टा उडान तथा अवतरण बन्द गरिने भएको छ।
मधेश प्रदेशलगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा तातो दिन हुने सम्भावना रहेको छ।
वर्षाका कारण कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल र युएईबीच जारी टी–२० खेल रोकिएको छ।
उत्तर कोरियाले हालै छोटो दूरीको ब्यालेस्टिक मिसाइल प्रक्षेपण गर्दै नयाँ क्लस्टर वारहेड क्षमताको सफल परीक्षण गरेको छ।
रास्वपाले भूपदेव शाहलाई महामन्त्रीमा मनोनीत गरेको छ भने लेबी व्यवस्थामा हेरफेर गरेको छ।
नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरुङसँग जोडिएको शेयर विवादका विषयमा स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिनको माग गरेको छ।
सोमबार नेप्से परिसूचक १३.१७ अंकले घटेर दुई हजार ८२५.२३ बिन्दुमा कायम भएको छ।
मलेसियाको बोर्नियो टापुस्थित एक तटीय बस्तीमा आइतबार बिहान लागेको भीषण आगोले करिब एक हजार घर ध्वस्त पार्नुका साथै नौ हजारभन्दा बढी स्थानीयलाई घरबारविहीन बनाएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घटेर २ लाख ९९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।