चितवनको एक पार्टी प्यालेसमा वैशाख २३ गते आयोजित विवाह भोजमा खाना खाएका ९३ जना बिरामी परेका छन्।
चितवन– भरतपुर महानगरपालिका–४, धर्मचोकस्थित चौतारी पार्टी प्यालेसमा आयोजित विवाहको भोज खाएपछि ‘फुड पोइजनिङ’ भई बिरामी हुनेको संख्या ९३ पुगेको छ। तीमध्ये हाल ५० जना विभिन्न अस्पतालमा उपचाररत रहेका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार वैशाख २३ गते भोज खाएकाहरू बिरामी हुन थालेका हुन्। बिरामीको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेसमा उपचार भइरहेको छ। केहीको काठमाडौँस्थित निजामती कर्मचारी (सिभिल) अस्पताल र त्रिवि शिक्षण अस्पताललगायत स्वास्थ्य संस्थामा उपचार भइरहेको उनले जानकारी दिए।
“हालसम्म बिरामी भएका ९३ जनामध्ये ५० जना उपचाररत छन्। दुई जनालाई सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार गरिएकोमा अवस्थामा सुधार आएपछि वार्डमा सारिएको छ। बिरामी सबैको अवस्था खतरामुक्त रहेको जानकारी प्राप्त भएको छ,” प्रहरी उपरीक्षक पुरीले भने।
घटनापछि पार्टी प्यालेसका दुई जनालाई नियन्त्रणमा लिइएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले यससम्बन्धी थप अध्ययन गर्ने पुरीले जानकारी दिए। डिभिजन कार्यालय प्रमुख प्रमोदचन्द्र पौडेलले चिकित्सकले विषाक्त खानाका कारण बिरामी भएको मौखिक जानकारी दिएको र बाँकी विषयमा आफूहरूले अनुसन्धान गर्ने बताए। बिरामीमा ज्वरो र पखालाको लक्षण देखिएको जनाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
