मुख्यमन्त्रीको शपथ लिएलगत्तै उनले मञ्चमै तीनवटा आदेशमा हस्ताक्षर गरेका छन्।
तमिलनाडुका नवनिर्वाचित मुख्यमन्त्री सी जोसेफ विजय (विजय थलपति)ले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन्।
सिनेजगतबाट दुई वर्षअघि राजनीतिमा होमिएका विजयले चुनाव लडेको पहिलो पटकमै उनको पार्टी तमिलगा भेत्री कडगम (टीभीके)ले झन्डै बहुमत प्राप्त गर्यो। यससँगै, राज्यमा लगभग छ दशकदेखि चलिरहेको दुई प्रमुख द्रविड दलहरू डीएमके र एआईएडीएमकेको पालैपालो सत्तामा आउने युगको समेत अन्त्य भएको छ।
मुख्यमन्त्रीको शपथ लिएलगत्तै उनले मञ्चमै तीनवटा आदेशमा हस्ताक्षर गरेका भारतीय समाचार एजेन्सी पीटीआईले जनाएको छ। यी आदेशहरूमा प्रत्येक घरपरिवारलाई २०० युनिट नि:शुल्क बिजुली उपलब्ध गराउने, लागूऔषध समस्यासँग जुध्न प्रत्येक जिल्लामा विशेष बल सिर्जना गर्ने र महिला सुरक्षाका लागि विशेष कार्यदल सिर्जना गर्ने विषय समावेश छन्।
तमिलनाडुका गभर्नर राजेन्द्र विश्वनाथ अर्लेकरले आइतबार विजयलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। बिहान १० बजेपछि चेन्नईको नेहरू स्टेडियममा विजयले शपथ लिए। टीभीकेका केही वरिष्ठ नेताहरू सहित नौ अन्य मन्त्रीहरूले पनि पदको शपथ लिएका छन्।
शपथ लिने नौ मन्त्रीहरूमा बुसी एन आनन्द, आधव अर्जुन, केजी अरुणराज, केए सेंगोटियान, पी वेंकटरामनन, सीटीआर निर्मलकुमार, ए राजामोहन, टीके प्रभु र एस कीर्तना छन्।
२३४ सदस्यीय विधानसभामा १२० निर्वाचित विधायकहरूको समर्थन प्राप्त गरेपछि विजयलाई शनिबार सरकार गठन गर्न आमन्त्रित गरिएको थियो। पार्टीलाई पाँच जना कांग्रेस विधायकहरू र सीपीआई, सीपीआई (एम), भीसीके र आईयूएमएलका दुई-दुई जनाको समर्थन छ।
राज्यपालले विजयलाई मे १३ वा सोभन्दा अगाडि विधानसभामा विश्वासको मत लिन निर्देशन पनि दिएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
