AnonymousUser

Logout

लिपुलेक समस्या समाधानका लागि कूटनीतिक प्रयास गर्न सांसदको आग्रह

संसदीय समितिको बैठकमा सांसदहरूले ऐतिहासिक तथ्य र प्रमाणका आधारमा कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउन सरकारले भारत र चीनसँग तत्काल प्रभावकारी कूटनीतिक संवाद गर्नुपर्नेमा जोड दिएका छन्।

पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा ठेकेदार कम्पनीलाई कर छुट दिई राज्यकोषमा हानि–नोक्सानी पुर्‍याएको आरोपमा अख्तियारले पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

साउदीको असहमतिपछि रोकियो ट्रम्पको नौसैनिक योजना

साउदी अरेबियाले आफ्नो हवाई क्षेत्र र सैन्य बेस प्रयोगको अनुमति दिन अस्वीकार गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलमार्गको सुरक्षासम्बन्धी योजना तत्कालका लागि स्थगित गरेका छन्।

नेप्से परिसूचकमा सामान्य सुधार, दुई अर्ब ९३ करोडको कारोबार

बिहीबार नेप्से परिसूचक करिब ७ अंकले बढेर २,७१८ को बिन्दुमा पुग्दा दुई अर्ब ९३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

तीन दिनपछि बीपी राजमार्ग सुचारु

बाढीले अवरुद्ध बीपी राजमार्ग अस्थायी डाइभर्सन बनाएर बिहीबार बिहानदेखि सवारी आवागमन खुलेको हो।

कस्तो रहला आजको मौसम?

नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।

शुल्क नबुझाई वर्षौँदेखि प्रयोगमा रहेका सरकारी जग्गा र संरचना खाली गर्न निर्देशन

तोकिएको म्यादभित्र लिजमा परिणत गर्न निवेदन नदिएका व्यक्ति, संस्था तथा निकायहरूको हकमा भोगाधिकार कानुनतः स्वतः समाप्त भइसकेको मन्त्रालयले जनाएको छ।

आदिकवि भानुभक्तको जन्मथलो चुँदीरम्घालाई साहित्यिक पर्यटन केन्द्र बनाइने

तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घालाई सप्तधामका रूपमा विकास गरी साहित्यिक पर्यटनको केन्द्र बनाइने भएको छ।

ट्रम्पको चीन भ्रमणअघि इरानी र चिनियाँ विदेशमन्त्रीहरूबीच बेइजिङमा भेट

समाचार एजेन्सी एपीका अनुसार अमेरिका र इजरायलले इरानविरुद्ध युद्ध शुरू गरेपछि इरानी विदेशमन्त्रीको यो पहिलो चीन भ्रमण हो।

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा ५ हजार ८ सय रुपैयाँले बढेको हो।

बाढीपहिरोले कुन-कुन सडक अवरुद्ध छन्?

केही दिन यता भइरहेको वर्षाका कारण आएको बाढी पहिरोका कारण देशमा विभिन्न राजमार्गहरू अवरुद्ध भएका छन्।

आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत बाँकी हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ।

बगर खेतीले बदलिँदै कञ्चनपुरका किसानको जीवनशैली

शुक्लाफाँटा नगरपालिकाअन्तर्गत पर्ने दोदा, वनहरा र स्याली नदीका बगरमा किसानले व्यावसायिक तरकारी खेती गर्दै आएका छन्।

चट्याङले ट्रान्सफर्मरमा क्षति पुर्‍याउँदा १३ हजार घरधुरी विद्युत्विहीन

चट्याङका कारण ट्रान्सफर्मरमा क्षति पुगेपछि बुटवल पावर कम्पनीका १३ हजार उपभोक्ता तीन दिनदेखि विद्युत्विहीन भएका छन्।

राष्ट्रपति पौडेलबाट संसद् अधिवेशन आह्वान

राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गतेका लागि संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन्।

बीपी राजमार्गको खुर्कोट–भकुण्डेबेँसी सडकखण्डमा राति सवारी सञ्चालनमा रोक

बीपी राजमार्गअन्तर्गत खुर्कोट–भकुण्डेबेँसी सडकखण्डमा बेलुकी ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन पूर्ण रूपमा रोक लगाइएको छ।

व्यवसायी गोल्छालाई हिरासतमा राख्न अदालतले  दिएन अनुमति

काठमाडौँ जिल्ला अदालतले व्यवसायी शेखर गोल्छालाई हिरासतमा राखी अनुसन्धान गर्न म्याद थपको अनुमति दिन अस्वीकार गरेको छ।

ओमानमाथि नेपालको ८१ रनको जित

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत मंगलबारको खेलमा नेपालले ओमानलाई ८१ रनले पराजित गरेको छ।

वैशाख २८ गते संसद्को अधिवेशन आह्वान गर्न सरकारको सिफारिस

सरकारले आगामी वैशाख २८ गते दिउँसो २ बजे बस्ने गरी संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

सहकारीका बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता गर्ने तयारी

सरकारले समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम आगामी जेठ पहिलो सातादेखि प्राथमिकताका आधारमा फिर्ता गर्ने तयारी थालेको छ।