रेकर्ड सुरु भएयता साना डुङ्गामार्फत बेलायतको तटमा आइपुग्ने आप्रवासीको संख्या दुई लाख नाघेको छ।
सन् २०१८ मा रेकर्ड राख्न शुरू भएयता साना डुंगा चढेर बेलायतको तटमा आइपुग्ने आप्रवासीको संख्या दुई लाख नाघेको हालै सार्वजनिक सरकारी तथ्यांकले देखाएको छ।
स्थानीय चुनावमा आप्रवासन लगायतका राष्ट्रिय मुद्दाहरूको चर्चा चुलिएका बेला बिहीबार आप्रवासन विरोधी पार्टी 'रिफर्म यूके' ले यो तथ्यांक सार्वजनिक गरेको हो। शनिबार प्रकाशित गृह मन्त्रालयको तथ्यांक अनुसार, शुक्रबार मात्रै एउटा डुंगामा ७० जना आप्रवासी बेलायत आइपुगेका छन्।
बेलायत पुग्ने लक्ष्यका साथ आप्रवासीहरूले उत्तरी फ्रान्सेली तटबाट यात्रा शुरू गर्छन्। सामान्यतया कमजोर र क्षमताभन्दा बढी मानिस भरिएका यस्ता डुंगाको यात्राले मानव जीवनलाई चरम जोखिममा पार्ने गरेको छ। शुक्रबार आइपुगेका आप्रवासीको संख्या थपिएसँगै सन् २०१८ देखिको कुल आगमन संख्या दुई लाख १३ पुगेको छ।
यो तथ्यांक सन् २०१८ देखि २०२५ सम्मको आधिकारिक रेकर्ड र यस वर्षको अस्थायी तथ्यांकमा आधारित छ। आप्रवासनको यो बढ्दो चापका कारण लेबर पार्टीका प्रधानमन्त्री केइर स्टार्मरमाथि दबाब बढेको छ। गृहमन्त्री शबाना महमुदले शरणार्थीहरूको सुरक्षा सुविधामा कटौती गर्ने र शरण खोज्नेहरूका लागि उपलब्ध केही स्वचालित सुविधाहरू अन्त्य गर्ने प्रस्ताव गरेकी छन्।
फ्रान्सेली र बेलायती स्रोतहरूलाई उद्धृत गर्दै एएफपीले जनाएअनुसार, सन् २०२५ मा समुद्र पार गर्ने क्रममा कम्तीमा २९ आप्रवासीको मृत्यु भइसकेको छ। बेलायत र फ्रान्सले गत महिना मात्रै अवैध आप्रवासन रोक्न तीन वर्षे नयाँ सम्झौता गरेका थिए। फ्रान्सले सुरक्षा निगरानी बढाउने र बेलायतले त्यसका लागि करोडौं युरो आर्थिक सहयोग गर्ने सहमति भएको थियो।
गत वर्ष मात्रै ४१ हजार ४७२ आप्रवासी उत्तरी फ्रान्सबाट बेलायत पुगेका थिए। यसअघि सन् २०२२ मा तत्कालीन प्रधानमन्त्री ऋषि सुनकको पालामा सबैभन्दा बढी ४५ हजार ७७४ आप्रवासी आएका थिए। सुनकले 'डुंगा प्रवेश रोक्ने' नारा दिए पनि पूर्ण सफलता पाएका थिइनन्। वर्तमान प्रधानमन्त्री स्टार्मरले 'मानव तस्करका गिरोह भत्काउने' प्रतिज्ञा गरे पनि तथ्यांकले चुनौती अझै उस्तै रहेको देखाउँछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
