AnonymousUser

Logout

शिक्षा समितिले चिकित्सा शिक्षा क्षेत्रका समस्या अध्ययन गर्न कार्यदल बनाउने

समितिका सभापति भानुभक्त जोशीले चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्याको अध्ययन गर्दै सरोकारवालासँग छलफल गर्न र समाधानका उपायहरू खोज्न कार्यदल बनाउने सैद्धान्तिक सहमति भएको जानकारी गराए।

ताप्लेजुङमा प्रहरीविरुद्ध कांग्रेस कार्यकर्ताको प्रदर्शन, ५ राउन्ड हवाई फायर

कांग्रेस कार्यकर्ताले शुक्रबार बिहानैदेखि सदरमुकाममा प्रदर्शन शुरू गरेका थिए। दिउँसो प्रदर्शन अराजक बनेको ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी राजन लिम्बूले जानकारी दिए। 

निजामती सेवा विधेयकमा ट्रेड युनियन अधिकार कटौती गरेको छैन: प्रधानमन्त्री

लामो समयदेखि प्रतीक्षारत संघीय निजामती सेवासम्बन्धी विधेयक बिहीबारको मन्त्रिपरिषद् बैठकले संसद्‌मा पठाउने निर्णय गरेको थियो।

कसरी बनिरहेका छन् अभियुक्त नै ‘माननीय’, किन थाहा पाउँदैनन् राज्य–संयन्त्र?

फरार अभियुक्त वा अदालतबाटै दोषी ठहर भएर फरार रहेकाहरूबारे राज्य संयन्त्रले अभिलेख नराख्दा वा राखिएको अभिलेख जाँच नगर्दा त्यस्ता व्यक्ति उम्मेदवार बन्ने र 'माननीय'समेत हुने गरेका छन्।

प्रधानमन्त्रीले सदनलाई महत्त्व नदिएको एमाले सांसद पन्तको आरोप

भारततर्फ संकेत गर्दै सांसद पन्तले नाकाबन्दीको मारबाट राष्ट्रलाई मुक्त गराउन पनि प्रधानमन्त्री दाहालले आफ्नो चीन भ्रमणमा पेट्रोलियम पदार्थ र रेल ल्याउने अजेन्डालाई प्राथमिकतासाथ अघि बढाउनुपर्ने बताए।

महेन्द्र यादवमाथिको आक्रमण र कान्ति बाल अस्पतालको घटनाबारे सदनलाई जानकारी गराउन सभामुखको ‘रुलिङ’

प्रतिनिधिसभाको बैठकमा सांसदहरूले कांग्रेस सहमहामन्त्री यादवमाथि आक्रमण र कान्ति बाल अस्पतालको घटनामा संलग्न दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेका थिए।

पार्टीका सहमहामन्त्री यादवमाथि आक्रमण गर्नेलाई कडा कारबाही हुनुपर्छ: कांग्रेस

कांग्रेस प्रमुख सचेतक लेखकले पार्टी सहमहामन्त्री यादवमाथि आक्रमणको घटनाबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठले तत्काल संसद्लाई जानकारी गराउनुपर्ने माग गरेका छन्।

बाँदर–बँदेलले पुर्‍याएको क्षतिको पूर्तिसहित दीर्घकालीन समाधान खोज्न कृषि समितिको निर्देशन

कृषि समितिले कोदोखेतीको उत्पादन तथा प्रवर्द्धन गर्ने सन्दर्भमा सरकारका के कस्ता कार्यक्रमहरू रहेका छन् भन्ने सम्बन्धमा कृषि मन्त्रालयसँग विवरण माग गर्ने निर्णय गरेको छ।

गृहमन्त्रीलाई गगनको प्रश्न– काठमाडौँमा एक्लै हिँड्न नमिल्ने हो?

महामन्त्री थापाले प्रधानमनत्री र गृहमन्त्रीले ‘यसलाई छाडिने छैन’ भन्ने जस्ता शब्द प्रयोग गर्ने गरेको उल्लेख गर्दै जिम्मा लिएकाले धेरै बोल्ने नभई काम गरेर देखाउन ध्यानाकर्षणसमेत गराएका छन्।

प्रतिनिधिसभा बैठक बस्दै, ४ मन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर हुने

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला आयोगको १५औँ वार्षिक प्रतिवेदनसमेत पेस गर्ने कार्यसूची छ।

सहमहामन्त्री खुकुरी प्रहार प्रकरण : नेविसंघले माग्यो गृहमन्त्रीको राजीनामा 

बुधबार भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लब नेपालमा आयाेजित एक कार्यक्रममा सहभागी भएर बाहिर निस्किने क्रममा सहमहामन्त्री यादवमाथि आक्रमण भएकाे थियाे।

मन्त्रालय र मन्त्रीहरूको लागि ‘जनक दरबार’ बनाउँदै मधेश प्रदेश

मुख्यमन्त्री सरोजकुमार यादवले मधेश सरकारका मन्त्रालय र मन्त्रीहरूको लागि आवासीय भवन निर्माण प्रक्रिया छिट्टै शुरू गरिने बताएका हुन्। 

कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार

रिपोर्टर्स क्लब नेपालमा आयाेजित एक कार्यक्रममा सहभागी भएर बाहिर निस्किने क्रममा उनीमाथि आक्रमण भएकाे  हाे।

एमाले लुम्बिनीको अध्यक्षमा राधाकृष्ण कँडेल विजयी, हरिप्रसाद रिजाल २ मतले पराजित

उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, रोल्पाका पूर्ण बहादुर बुढामगर र बर्दियाका लीला रानामगर विजयी भएका छन्।

जलवायु न्यायलाई प्राथमिकता दिन आग्रह

ध्यानाकर्षण पत्र बुझ्दै सभामुख घिमिरेले जलवायुजन्य चुनौती सम्बोधनका लागि आफू प्रतिबद्ध रहेको र त्यसका लागि पहल गर्ने बताएका छन्।

रिक्त न्यायाधीश नियुक्ति प्रक्रिया अविलम्ब अघि बढाउन सांसदहरूको माग

सांसदहरूले कानून न्याय तथा मानवअधिकार समितिले कारागारभित्र हुने गरेको मौलिक अधिकार र मानवअधिकार उल्लंघनका घटना अध्ययनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।

बिजोग ‘आर्काइभिङ’ : संसद्‍मै छैन संसदीय इतिहासको सद्दे अभिलेख 

नेपालले संसदीय अभ्यासका साढे ६ दशक बिताइसक्यो। तर संसद् सचिवालयमा पछिल्लो एक डेढ दशकका संसदीय अभिलेख र दस्ताबेज भेट्टाउन समेत धौ–धौ छ। 

विद्यमान ऐननियममा सुधारसहितको कार्ययोजना बनाउन लेखा समितिको निर्देशन

लेखा समिति सभापति ऋषिकेश पोखरेलले अर्को बैठकमा प्रस्तुत गर्ने गरी बेरुजु फर्स्योट, विद्यामान ऐननियममा सुधार र प्रतिबद्धतासहितको कार्ययोजना बनाउन समितिसचिवलाई निर्देशन दिएका छन्।

प्रधानमन्त्री र काठमाडौँका मेयरप्रति शेखरको टिप्पणी : अराजक अभिव्यक्तिले देश चल्दैन

जातीय पहिचानको राज्य बनाइदिनेजस्ता अराजकता निम्तिने किसिमले प्रधानमन्त्री दाहालले बोल्न नहुने कांग्रेसका नेता डा. शेखर कोइरालाको भनाइ छ।

नेपालले चीन–भारतसँग सन्तुलित सम्बन्ध कायम राख्दा बुद्धिमत्ता हुन्छ : देउवा

कांग्रेस सभापति शेरबहादुर देउवाले चीन र भारत नै नेपालका सधैँका छिमेकी भएकाले दुई देशसँग सन्तुलन कायम गर्नुपर्ने बताएका छन्।