केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक निर्णयार्थ प्रस्तुत गर्न गणपूरक संख्या यकिन गर्दा ५९ सांसद मात्र उपस्थित रहेको पाइएपछि मंगलबारको संसद् बैठक स्थगित भएको थियो।
माओवादी सांसद लेखनाथ दाहालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच कोशी सरकार सञ्चालनको सम्बन्धमा भद्र सहमति भएको दाबी गरेका छन्।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले माओवादीले विजारोपण गरेको जातीय विभाजनको दुष्परिणाम अहिले समाजमा देखिन थालेको टिप्पणी गरेका छन्।
एमाले प्रमुख सचेतक पदम गिरीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आए पार्टीले स्वागत गर्ने बताएका छन्।
केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकप्रति सत्तापक्षकै सांसदले असन्तुष्टि जनाएका छन्। उनीहरूले विधेयक यथास्थितिमा पारित भए यसमा रहेका प्रावधानले न्यायिक पद्धतिमा प्रभाव पार्ने तर्क गरे।
कांग्रेस महामन्त्री गगन थापाले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० मा जघन्य अपराधीलाई जोगाउने प्रावधान राखिएको भन्दै त्यसको भारी नबोक्न कानूनमन्त्रीलाई आग्रह गरेका छन्।
कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले हिंसात्मक क्रियाकलाप छोडेर शान्तिपूर्ण राजनीतिमा फर्किएका समूहको मुद्दा खारेज गर्ने गरी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित गर्नु नहुने बताएका छन्।
डेडिकेटेड लाइनबाट बिजुली लिएर अर्बौं रुपैयाँ महसुल नबुझाउनेहरूसँग मन्त्रीहरूकै साँठगाँठ रहेकाले छानबिन गरी कारबाही हुन जरुरी रहेको सुवालको भनाइ छ।
डंगी रोगले कोभिडमा जसरी नै जनता आतंकित भएको र संक्रमणका कारण सुनसरीमा मात्रै १४ हजार २६५ जना संक्रमित भएको सांसद कार्कीको भनाइ छ।
सरकारले गंगामाया अधिकारीलाई मानवीय सेवा प्रदान र संरक्षणका गरिरहेको तथा उनलाई ३७ लाख ४७ हजार रुपैयाँ उपचारखर्च उपलब्ध गराएको प्रधानमन्त्रीले बताएका छन्।
सरकारको सुधारका कदमबाट अर्थतन्त्र सकारात्मक दिशातर्फ केन्द्रित रहेको प्रधानमन्त्री दाहालले बताएका छन्।
शैक्षिक प्रमाणपत्र सच्याउने बाध्यतामा रहेका नयाँ वा पुरानो नागरिकतावाहक सबैले एक वर्षभित्र राष्ट्रिय परीक्षा बोर्डमा दरखास्त दिन सक्नेछन्।
पछिल्लो समय बहुसंख्यक जनताको आस्थामा चोट पुग्ने काम भइरहेको अध्यक्ष लिङ्देनले बताएका छन्।
सरकार र सरकारको नीतिप्रति नै व्यवसायी ढुक्क हुन नसकेको प्रधानमन्त्री दाहालको भनाइ छ।
कांग्रेस महामन्त्री गगन थापा भ्रष्टाचारका काण्डहरू सार्वजनिक भए पनि ठूलाहरूले चर्को बोल्ने, एक अर्कालाई तर्साउने, तर बिस्तारै बन्द कोठामा बसेर सामसुम बनाउने काम भइरहेको बताउँछन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले ललितानिवास प्रकरणमा आफ्नो पार्टीलाई आरोप लगाउनेहरू अहिले आफैँ भागाभागमा परेको टिप्पणी गरे।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ऐन, कानून र परम्पराको डोरीमा बाँधिएर परिणाममुखी काम गर्न नसकिएको बताएका छन्।
मुख्यमन्त्रीहरूले प्रदेश सरकारलाई सबल नबाई र हालकै अवस्थामा चल्ने अवस्था सिर्जना भए थप जटिलता पैदा हुने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्।
रास्वपा सांसद गणेश पराजुलीले मधेशप्रतिको न्यायका लागि उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिको उम्मेदवारीबाट पछि हटेको बताएका छन्।
रास्वपाका गणेश पराजुलीले उम्मेदवारी फिर्ता लिएपछि जनमत पार्टीका खान सर्वसम्मत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापति निर्वाचित भएका छन्।