AnonymousUser

Logout

कागबेनी बस्ती पुनर्निर्माण सरकारको प्राथमिकतामा: गृहमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न चीन भ्रमणका क्रममा कोरला नाका सञ्चालनको विषयलाई पनि छलफलको विषय गृहमन्त्री श्रेष्ठले बताएका छन्।

बागमती प्रदेशका कांग्रेस प्रमुख सचेतक कुन्दनराज काफ्लेले दिए राजीनामा

काफ्लेले मंगलबार संसदीय दलका नेता बहादुरसिंह लामालाई राजीनामा बुझाएका हुन्। पार्टी, संगठन र दोलखाका जनताको काम गर्न समय नपुगेकाले राजीनामा दिएको उनले बताए। 

व्याख्यात्मक घोषणा स्वीकारबिनै एमसीसी कार्यान्वयन हुँदै छ: एकीकृत समाजवादी

एकीकृत समाजवादी पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले परियोजनाको निरीक्षणका लागि पार्टीले पाँच सदस्यीय एमसीसी अनुगमन समिति बनाउने निर्णय भएको जानकारी दिए। 

नेपालको ‘चुच्चे नक्सा’ राख्न चीन सरकारलाई अविलम्ब कूटनीतिक नोट पठाउनुपर्छ: एमाले

एमाले सचेतक बर्तौलाले चीनले नयाँ नक्सामा नेपालको नक्सा पनि समेट्दा पुरानैलाई मान्यता दिनु दुःखद भएको बताए। उनले सरकारले कूटनीतिक माध्यमबाट सच्याउनका लागि पहल गर्नुपर्ने बताए।

संघीय निजामती ऐन मंगलबारको मन्त्रिपरिषद्ले पारित गर्छ : प्रधानमन्त्री

अघिल्लो प्रतिनिधिसभामा निष्क्रिय भएका विधेयकहरूलाई पुनः संसद्मा पेस गर्नका लागि सरकारले आवश्यक गृहकार्य गरिरहेको प्रधानमन्त्री दाहालको भनाइ छ।

कानूनमन्त्री भन्छन्– अब न्यायाधीश नियुक्तिमा राजनीतिक भागबन्डा हुन्न

कानूनमन्त्री गुरुङले न्याय सम्पादनमा ढिलाइ हुन नदिन सरकारले जनशक्ति व्यवस्थापनको कामलाई जोड दिएको बताए।

संविधानअनुसार बन्न बाँकी कानूनहरू बनाइ सदनमा पेश गर्न राष्ट्रियसभा अध्यक्षको निर्देशन

राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले संविधानअनुसार बन्न बाँकी कानूनहरूको तर्जुमा गरी प्राथमिकताको आधारमा संसद्मा पेश गर्न सरकारलाई निर्देशन दिएका हुन्। 

जिब्रोमा ‘ब्रेक’ लगाउन जनप्रतिनिधिहरूलाई कांग्रेस सांसद खतिवडाको अनुरोध

कांग्रेस सांसद रामहरि खतिवडाले जनप्रतिनिधिहरूलाई आफ्नो पदीय मर्यादालाई ख्याल गरेर बोल्न अनुरोध गरेका छन्।

कोरोनाकालका बीमितलाई तत्काल रकम उपलब्ध गराउन ‘रुलिङ’ होस्: एमाले

सरकारले नागरिकका सरोकारको विषयमा बेवास्ता गरिरहेको एमाले सचेतक महेश बर्तौलाको आरोप छ।

काठमाडौँ उपत्यकाका सडक तत्काल सुधार गर्न मन्त्री ज्वालाकाे निर्देशन

बैठकमा मन्त्री ज्वालाले सम्बन्धित निकायबीच समन्वय नहुँदा सडककाे बेहाल भएकाे बताए।

सरकारले जनगुनासो आउने ठाउँमा बिजुली दिएर उद्योगक्षेत्रमा लोडसेडिङ गरेको सुरेन्द्र पाण्डेको आरोप

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले शेयरको मूल्य घटेपछि मार्जिन कल बढ्ने भएकाले राष्ट्र बैंकले समयमै ध्यान दिन सके पुँजी बजारमा सुधार आउने र अर्थतन्त्र पनि चलायमान हुने बताए।

बालीनालीमा पुर्‍याएको क्षति कम गर्न बाँदरको बन्ध्याकरण गर्नुपर्छ: आरजु राणा

कृषि समिति सभापति आरजु राणाले बाँदरले किसानको बालीनालीमा क्षति पुर्‍याएर खान नै नपुग्ने अवस्था सिर्जना गरेको भन्दै बन्ध्याकरण गरेर संख्या घटाउनुपर्ने धारणा राखेकी छन्।

ओलीसँगको भेटमा अमेरिकी सिनेटरले राखे एमसीसी र शान्तिप्रक्रियाबारे चासो

अमेरिकी सिनेटर होलेनले एमाले अध्यक्ष ओलीसँगको भेटवार्ताका क्रममा शान्तिप्रक्रियाको बाँकी काम र अमेरिकी सहयोग परियोजना एमसीसीबारे चासो व्यक्त गरेका छन्।

बजेट अभावले तय कार्यक्रम पनि सम्पन्न गर्न नसक्ने अवस्थामा छौँ : मन्त्री आचार्य

बजेटकै अभावका कारण बालसुधार गृह, वृद्धा आश्रमसमेत आवश्यकताअनुसार बनाउन नसकिने महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यको भनाइ छ।

गुनासो सुनुवाइ संयन्त्रहरूले जनताको मुहार उज्यालो बनाउने गरी काम गर्न सकेनन् : प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले सबै संयन्त्रलाई उत्तरादायित्वबोधले तिखारेर कार्य सम्पादन गर्न सकेमा मात्र सरकारप्रति जनविश्वास बढेर जाने बताएका छन्।

लुम्बिनीका नेताहरूलाई ओलीको निर्देशन : प्रदेशको नेतृत्वमा सबैलाई चित्त बुझ्ने समाधान निकाल्नुहोस्

एमाले अध्यक्ष ओलीले विरोधीलाई देखाउनका लागि भए पनि लुम्बिनी प्रदेशको नेतृत्वका लागि उच्चस्तरीय समझदारी आवश्यक रहेको बताए।

यस्तो छ हवाई सेवा सञ्चालनसम्बन्धी नयाँ मापदण्ड

नयाँ मापदण्डअनुसार वायु सेवा सञ्चालन गर्न इच्छुक नयाँ कम्पनीसँग अब न्यूनतम तीन वटा जहाज अनिवार्य हुनुपर्ने छ।

एमालेमा गुटबन्दी नभएको उपाध्यक्ष पौडेल र महासचिव पोखरेलको दाबी

अध्यक्ष केपी शर्मा ओली नेतृत्वको एमाले राजनीतिक, वैचारिक र सांगठानिक रूपले एकताबद्ध रहेको र यसलाई कसैले कमजोर पार्न नसक्ने उनीहरूको भनाइ थियो।

रूपान्तरण अभियानपछि माओवादी केन्द्र ‘ट्र्याक’मा आउँछ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष दाहालले पार्टीले बीचमा बाटो बिराएको र जनतासँग सम्बन्ध कमजोर भएको जस्तो महसुस भएकाले त्यसलाई ट्र्याकमा ल्याउने उद्देश्यले अभियान थालिएको बताएका छन्।

जनतामा ठूलो छटपटी र आक्रोश छ : गगन थापा

आफू वरिपरि डुलिरहने र नजिकमा बसेर चाकरी गर्नेलाई मात्रै चुनावमा उम्मेदवारको टिकट दिने पुरानो प्रणालीले कांग्रेसका सदस्य तथा मतदातामा निराशा बढेको महामन्त्री थापाको आरोप छ।