AnonymousUser

Logout

एमाले उपाध्यक्ष नेम्वाङको हृदयघातबाट निधन 

सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहेका नेम्वाङलाई सोमबार राति हृदयघात भएपछि  उपचारका लागि राति १ः३० बजे त्रिवि शिक्षण अस्पताल लगिएकामा उपचारको क्रममा त्यहीँ निधन भएको हो।

स्रोतसाधन अभावका कारण जनमत पार्टी सञ्चालनमा समस्या

जनमत पार्टीका अध्यक्ष सीके राउतले स्रोतसाधन अभावका कारण पार्टीका गतिविधि सञ्चालनमा समस्या भएको गुनासो गरेका हुन्।

सरकारले किन बोलायो श्रम गन्तव्य मुलुकका राजदूत र कूटनीतिक नियोग प्रमुखलाई काठमाडौँ?

विभिन्न माध्यम र रूपमा भइरहेको मानव तस्करीलाई कसरी रोक्ने र श्रम गन्तव्यलाई कसरी सुरक्षित बनाउने भन्नेबारे पनि बैठकमा छलफल हुनेछ। 

को हुन् सार्वजनिक रूपमै डीएसपीलाई ज्यान मार्ने धम्की दिएका प्रदेशसभा सदस्य, होला त कारबाही?

प्रदेशसभा सदस्य हाङगामले जिल्लाका डीएसपी राजन लिम्बूलाई सार्वजनिक कार्यक्रममै ज्यान मार्ने धम्की दिएका हुन्। घटनापछि कोशी प्रदेश प्रहरी कार्यालयले एसपी ऋषिराम कँडेलको नेतृत्वमा छानबिन समिति बनाएको छ। 

समाजवादी गणतन्त्र बनाउन सबै कम्युनिस्ट एक ठाउँमा आउनुपर्छः प्रधानमन्त्री दाहाल

उनले कम्युनिस्टहरू विभाजित मात्रै हुन्छन् भन्ने भाष्य बनाउन खोजिएको भन्दै कम्युनिस्टहरू आवश्यक पर्दा एकजुट हुने पनि बताए।

स्थानीय तहमा २० पद रिक्त, कहिले हुन्छ उपनिर्वाचन?

स्थानीय तह निर्वाचन भएको करिब १५ महिनामा प्रमुख, उपप्रमुख र वडाध्यक्षसहित २० पद रिक्त भए पनि उपनिर्वाचन गराउन सरकारले चासो दिएको छैन।

दुवै छिमेकी देशले नेपालसँग विश्वास गुमाउँदै गएका छन् : परराष्ट्रविद् पाण्डे

दुवै देशले नेपालप्रति विश्वास गर्न छोडिरहेको भन्दै प्रधानमन्त्री दाहालले दुवै देशको विश्वास बटुल्ने काम गर्नुपर्ने उनकाे भनाइ छ।

सशस्त्र द्वन्द्वका घाइतेको चेतावनी– उचित व्यवस्थापन नभए सामूहिक आत्मदाह गर्छौँ

सरकारले आफूहरूलाई गाँस, बास, कपास र औषधोपचारको व्यवस्था गर्नुपर्ने सशस्त्र द्वन्द्वका घाइतेहरूको माग छ। 

कोशी सरकार गठनमा कांग्रेसले जिम्मेवार भूमिका खेलोस्: एमाले

कोशी प्रदेशमा सत्तापक्षले प्रदेशसभाको ठूलो पार्टीलाई निषेध गरी संविधान मिचेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन्।

सर्वदलीय बैठकमा प्रधानमन्त्रीले भने– चीन भ्रमण फलदायी हुनेछ, छिमेकीलाई विश्वासमा लिन नेताहरूको सुझाव

सिंहदरबारमा भएको छलफलमा नेताहरूले छिमेकीहरूसँग सन्तुलित कूटनीतिक सम्बन्ध कायम गर्न विशेष जोड गर्नुपर्ने तथा विगतका सम्झौता कार्यान्वयनको अवस्थाबारे समीक्षा जरुरी रहेको बताएका थिए।

कोशी प्रदेश सरकारले जारी गर्‍यो बजेटसम्बन्धी २ अध्यादेश

मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङलले आइतबार कोशी प्रदेश आर्थिक अध्यादेश र कोशी प्रदेश विनियोजन अध्यादेश जारी गरेका हुन्।

गृहमन्त्री भन्छन्– नेपालको सद्भाव र सहिष्णुतामाथि आक्रमण भइरहेको छ

गृहमन्त्री नारायणकाजी श्रेष्ठले एकता, सद्भाव र सहिष्णुताको मौलिक परम्परा र संस्कृतिमाथि आक्रमण गर्ने कुनै पनि खेल नेपालमा फस्टाउन, बढ्न दिन नहुने बताए।

प्रधानमन्त्री अराजक भएको टिप्पणी गर्दै शेखरले भने– अब कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छ

कांग्रेस नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अराजक भइसकेको आरोप लगाउँदै अब कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने बताएका छन्।

आफ्नो देश बनेन भनेर विदेशतिर कुद्ने प्रवृत्ति घातक : ओली

एमाले अध्यक्ष केपी ओलीले पछिल्लो समय आफ्नो देश बनेन भनेर अरूको देश बनाउन जाने प्रवृत्ति बढेको भन्दै असन्तुष्टि व्यक्त गरे‍का छन्।

आदेशको भरमा पार्टी चल्दैन : ईश्वर पोखरेल

एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सारा विरोधीहरू एक ठाउँमा जम्मा भएर एमालेलाई सिध्याउने हिसाबले हमला गरिरहेको आरोप लगाए।

कोशीको स्थायित्वका लागि कांग्रेस–एमाले मिलेर सरकार बनाउनुपर्छ : राजेन्द्र लिङ्देन

कोशी प्रदेशमा एमाले नेतृत्वको सरकारमा जाने विषयमा कुनै छलफल नभएको राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको भनाइ छ।

माओवादी केन्द्रलाई जनताको पार्टीको रूपमा स्थापित गर्छौं : प्रधानमन्त्री दाहाल

सरकारले सामाजिक सुरक्षा कोष सञ्चालन, राहदानी र यातायातको क्षेत्रमा देखिएका समस्या तथा भ्रष्टाचारविरोधी अभियान चलाएर नयाँ परिवर्तन थालनी गरेको प्रधानमन्त्री दाहालको भनाइ थियो।

कोशीमा दुई विकल्प छन्, कि मिल्ने कि चुनावमा जाने: माधवकुमार नेपाल 

कोशीमा पुनः निर्वाचन भए अहिलेभन्दा दोब्बर बढी सिट ल्याउने अध्यक्ष नेपालको दाबी छ।

भड्किलो चुनावी प्रचार र खर्च रोक्दै निर्वाचन आयोग, कानुन परिमार्जन गर्ने तयारी

निर्वाचन खर्चलाई व्यवस्थित र पारदर्शी गर्न सकिएमा भ्रष्टाचार नियन्त्रणमा सहयोग पुग्ने जनाउँदै आयोगले बैंक खाताको विवरण, खर्च गर्ने अनुमानित रकम र सोको स्रोत खुलाउनुपर्ने व्यवस्था प्रस्ताव गरेको छ।

तोकिएको समयमा विश्वासको मत प्राप्त हुन्छ : मुख्यमन्त्री कार्की

कोशीका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वर्तमान सरकार एक महिना नभई चार वर्ष सञ्चालन हुने दाबी गरेका छन्।