AnonymousUser

Logout

माओवादी नेतृत्वको सरकार छ अपराध गरे पनि बचिन्छ भन्ने भ्रममा नपर्न गृहमन्त्री श्रेष्ठको चेतावनी

गृहमन्त्री नारायणकाजी श्रेष्ठले ६० किलो र ९ किलो सुनको तस्करी प्रकरणको अनुसन्धान जारी रहेको बताए। उनले माओवादी नेतृत्वको सरकार छ बचिन्छ भन्ने भ्रममा नपर्न पनि नेता–कार्यकर्तालाई चेतावनी दिए।

बीआरआईलाई राष्ट्रको हितमा कसरी प्रयोग गर्ने सोच्नुपर्ने बेला आएको छ : सभामुख

दुई ठूला देशबाट नेपालले फाइदा उठाएर अघि बढ्न जरुरी रहेको सभामुख देवराज घिमिरेको भनाइ छ।

आत्मालोचनासहित जनतामा गएका छौँ: प्रधानमन्त्री

माओवादीले शनिबार तीन महिने रूपान्तरण अभियान शुरू गरेको छ। सो क्रममा २५ लाख मतदाताको घरमा पुग्ने जनाएको छ।

माओवादीको ३ महिने अभियान शनिबारदेखि, २५ लाख मतदातासँग भेट्ने लक्ष्य

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहान नौ बजे पार्टी मुख्यालय पेरिसडाँडाबाट अभियानको उद्घाटन गर्ने तयारी छ।

देउवाले मनोनीत गरे १५ विभाग प्रमुख, कुनमा को?

केन्द्रीय समितिको पछिल्लो बैठकले पास गरेको कार्यतालिकाअनुसार विभाग गठन गर्ने समयसीमाको अन्तिम दिन शुक्रबार देउवाले १५ विभागको प्रमुख तोकेका छन्।

सभामुखको प्रश्नः सरकार संसदीय समितिका निर्देशन कार्यान्वयन गर्न किन तयार छैन?

सभामुख देवराज घिमिरेले विधायिका संस्थामा सांसदहरूले खेल्ने भूमिका प्रभावकारी हुनुपर्ने बताएका छन्।

माधव नेपालले नेता–कार्यकर्तालाई भने : सके काम गर्नूस्, नसके बाटो छोड्नुहोस्

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीलाई बलियो बनाउँदै समाजवादी मोर्चालाई पनि गतिशील बनाउन नेता–कार्यकर्तालाई निर्देशन दिएका छन्।

माधव नेपाल निर्दोष साबित हुनुभयो, अब प्रश्न उठाउने ठाउँ रहेन : प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले ललितानिवास प्रकरणबारे नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालमाथि अब प्रश्न उठाउने ठाउँ नरहेको बताएका छन्।

चीनले जारी गरेको नक्साबारे प्रधानमन्त्रीको भ्रमणमा कुराकानी हुन्छ : अग्नि सापकोटा

माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले चीनले जारी गरेको नयाँ नक्साका सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका बेला कुराकानी हुने बताएका छन्।

जनतासँग माओवादी कार्यक्रमअन्तर्गत अध्यक्ष दाहाल चन्द्रागिरि–२ मा खटिँदै, अरू पदाधिकारी को कहाँ?

पार्टीलाई सबल र सुदृढ बनाउनका लागि जनतासँग माओवादी अभियान लिएर जनताका घर–घरमा जाने लागेको प्रवक्ता अग्निप्रसाद सापकोटाको भनाइ छ।

कांग्रेसमाथि चौतर्फी आक्रमण भइरहेको छ : शेखर कोइराला

आगामी निर्वाचनमा नेपाली कांग्रेस एक्लै चुनावी मैदान उत्रने गरी नेतृत्वले भूमिका निर्वाह गर्नुपर्ने पार्टी केन्द्रीय सदस्य डा. शेखर कोइरालाको भनाइ छ।

सुशासन कायम गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी स्वार्थबाट माथि उठ्नुपर्छ : बालेन शाह

काठमाडौँ महानगर प्रमुख शाहले नेपाल प्रहरी, सशस्त्र प्रहरी, सीडीओले नातावाद, कृपावाद र राजनीतिक प्रभावमा नपरी इमानदारीपूर्वक काम गरे शहरमा सुशासन ल्याउन सफल भइने बताएका छन्।

माओवादी नेता महराका छाेरा राहुल पक्राउ

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युराे (सीआईबी)ले पूर्वसभामुख महराका छोरा राहुललाई बुधबार दिउँसाे काठमाडाैँबाट पक्राउ गरेको छ। 

पर्यटन बोर्डले बजेट सुधार नगरेसम्म बजेट पास हुन सक्दैन : मन्त्री किराँती

मन्त्री किराँतीले नेपालीहरूको प्रमुख श्रमगन्तव्य खाडी मुलुकबाट पनि पर्यटक ल्याउनमा जाेड दिनुपर्ने बताए।

संसदीय समितिको कामलाई प्रभावकारी ढंगले सञ्चालन गर्न सभामुखको निर्देशन

समितिमा आउने विधेयकहरूलाई आवश्यकताअनुसार सरोकारवालासँग छलफल गर्ने र दफावार छलफल गरी छिटोभन्दा छिटो टुंग्याउन पनि सभामुखले निर्देशन दिएका छन्।

माओवादीले बेइमानी र झुट बोल्ने काम मात्रै गर्‍यो: ओली 

विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले कोशी प्रदेश सरकारलाई राप्रपाले समर्थन गरेको भए राप्रपाले सार्वजनिक रूपमा भन्नुपर्ने तर्क गरेका छन्।

संसदीय छानबिनको अँध्यारो पाटोः थन्क्याउन मात्र बनाइन्छन् प्रतिवेदन

कुनै ठूला काण्ड वा घटना हुँदा जहिल्यै संसदीय छानबिनको आवाज उठ्छ। तर पछिल्लो तीन दशकयता भएका अधिकांश संसदीय छानबिन प्रतिवेदन तयार पार्नेमा सीमित भएका छन्।

३४ वर्षपछि सिरहाको सर्रे अम्बासमा एमालेको बैठक बस्दै

सर्रे अम्बासमा नेकपा मालेले २०४६ भदौ ९ देखि १४ गतेसम्म भूमिगत समयमा चौथो महाधिवेशन गरेको थियो। सो महाधिवेशनले मदन भण्डारीलाई पार्टीको महासचिव चुनेको थियो।

भन्सार र विद्युत् विधेयक संसद‍्मा पेश गर्ने सरकारको निर्णय

मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा सदस्यद्वय राजेन्द्रकुमार केसी र माधव सापकोटालाई निजीकरण समिति सदस्यमा मनोनीत गर्ने निर्णय गरेको छ।

एमालेले अन्य प्रतिपक्षीलाई मतलब नगरेको रास्वपाको गुनासो

रास्वपा प्रमुख सचेतक सन्तोष परियारले प्रमुख प्रतिपक्षी दल एमालेले अरू विपक्षीको मतलब नगरी ‘मै लाऊँ मै खाऊँ’ भन्नेजस्तो व्यवहार गरेको टिप्पणी गरेका छन्।