सत्तागठबन्धनले काशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका नेता इन्द्र आङ्बोलाई अघि सार्ने निर्णय गरेको छ।
रास्वपा सभापति एवं सांसद रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाली भूमि गुन्जी भ्रमणबारे सरकारको जवाफ माग गरेका छन्।
सरकारले इजरायलबाट स्वदेश फर्कन चाहने नेपालीको हवाई खर्च बेहोर्ने भएको छ।
जस्तो भए पनि भ्रष्टाचार, भ्रष्टाचार नै हुने भन्दै यसमा कुनै पनि प्रकारको लेप लगाउन आवश्यक नभएको उनले बताए।
खानेपानीमन्त्री महेन्द्र राय यादव र मेयरबीचको टसलले सर्लाहीको हरिपुर्वामा पछिल्लो ६ महिनामा ६ पटक नै प्रमुख प्रशासकीय अधिकृत फेरिए। कतिपय त सरुवा भएर पनि गएनन्, गएका समेत २४ घन्टा नबित्दै फिर्ता भए।
व्यक्तिगत बचतको अधिकतम सीमा २५ लाख हुनेगरी प्रस्ताव भएको विषय हटाउने गरी सहमति भएको समिति सभापति विमला सुवेदीले बताइन्।
प्यालेस्टिनी लडाकु समूह हमासले गरेको आक्रमणमा १० नेपाली युवाको मृत्यु भएको थियो।
कांग्रेस प्रमुख सचेतक रमेश लेखकले नेपाल आउन चाहने नागरिकलाई तत्काल उद्धार गरेर सुरक्षित स्वदेश फिर्ताका लागि आवश्यक व्यवस्था मिलाउन सरकारलाई आग्रह गरिएको बताए।
टीआरसी विधेयक अध्ययन गर्न गठित उपसमितिले चार वटा विषय समितिबाटै टुंगो लगाउनुपर्ने रायसहित मंगलबार प्रतिवेदन बुझाएको छ।
परराष्ट्रमन्त्री साउदले राजनीतिक तहमा आधिकारिक निर्णयबाहेक व्यक्तिगत वा पार्टीगत रूपमा द्वन्द्वरत मुलुक इजरायलको भ्रमण नगर्न आग्रह गरेका छन्।
सर्वदलीय बैठकमा दलहरूले इजरायल द्वन्द्वमा फसेका नेपालीहरूको उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण र मृतकको शव नेपाल ल्याउने कार्यमा प्रभावकारी कदम चाल्न सरकारलाई सुझाव दिएका छन्।
सरकारले इजरायलस्थित नेपाली दूतावासलाई स्वदेश फर्कन चाहने नेपालीको विवरण संकलन गरी तत्काल परराष्ट्र मन्त्रालयमा पठाउने व्यवस्था गर्न र स्वदेश फर्कन चाहनेलाई विवरण प्रविष्ट गराउन निर्देशन गरेको छ।
विद्यालय शिक्षा विधेयकमाथि संशोधन प्रस्ताव दर्ताअघि सत्तागठबन्धनमा छलफल गर्ने पार्टीले निर्णय गरेको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए।
एकीकृत समाजवादी अध्यक्ष माधव नेपालले उच्च तहको मिलेमतोकै कारण मुलुकमा भ्रष्टाचार बढेको र त्यसले स्वदेशको उद्योग धन्दा धराशायी बनाएको टिप्पणी गरे।
१० महिनाको बीचमा बनेका चारवटा सरकार नटिकेपछि पाँचौँ सरकारको तयारीमा रहेको कोशी प्रदेशसभा एक वर्ष नपुग्दै विघटन हुने र मध्यावधि निर्वाचनतिर सोझिने संकेत देखापरेका छन्।
शून्य समय र विशेष समयमा बोल्ने अधिकांश सांसदले इजरायलमा रहेका नेपालीको अवस्था बुझ्न र तत्काल उद्धारका काम थाल्न सरकारको ध्यानाकर्षण गराएका छन्।
इजरायलमा बसोबास गर्दै आएका नेपालीको यकिन तथ्यांक पत्ता लगाई जीवनरक्षा तथा उनीहरूलाई तत्काल सुरक्षित स्थानमा पुर्याउन सभापति देउवाले आग्रह गरे।
कांग्रेस प्रमुख सचेतक एवं सांसद रमेश लेखकले नेपाली जनतालाई गुणस्तरीय, सस्तो र सुलभ विद्युत् उपलब्धताको ग्यारेन्टी हुने गरी सरकारले विधेयक परिमार्जन गर्नुपर्ने बताए।
सांसद शंकर भण्डारीले बेनामी उजुरीको कारण अराजकता बढेको र सरोकारवाला निकायको काममा ढिलाइ भई विकास निर्माणमा बाधा पुगेको भन्दै उक्त व्यवस्था हटाउन सरकारसँग आग्रह गरे।
विद्युत् उत्पादनको क्षमता वृद्धि गरी विद्युतीय सामग्रीको प्रयोग बढाउने र डिजेल, पेट्राेलको आयात घटाउनेतर्फ सरकारले काम गरिरहेको पनि उनले बताए