AnonymousUser

Logout

एमाले उपत्यका विशेष कमिटी अध्यक्षमा प्रेम पराजुली सर्वसम्मत

अध्यक्षका अर्का दाबेदार चन्द्र रिजालले उम्मेदवारी फिर्ता लिएपछि पराजुली सर्वसम्मत भएका हुन्।

कोशीमा एक साताभित्र सरकार गठन गर्न आह्वान

कोशी प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा (५) अनुसार सरकार गठनका आह्वान गरेका छन्।

खेलकुद विश्वविद्यालय स्थापनाका लागि सरकारसँग छलफल गर्ने माधव नेपालको प्रतिबद्धता

तल्लो तहदेखि नै खेलकुद क्षेत्रको विकासमा ध्यान दिन सके खेलाडीको टिम राम्रो बन्ने एकीकृत समाजवादी अध्यक्ष नेपालको भनाइ थियो।

दशैँ मनाउन घर फर्किँदा एमाले कार्यकर्ताको उद्देश्य अरूको भन्दा फरक हुनुपर्छ: ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले दशैँ मनाउन घर फर्किने हरेक कार्यकर्तालाई पार्टीको अभियान लिएर जान निर्देशन दिएका छन्।

प्रधानमन्त्री भन्छन्– स्थानीय तह अधिकारसम्पन्न हुन सकेको छैन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रश्न उठाउने प्रयास भइरहेको बताएका छन्। 

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा पदबाट राजीनामा दिने घोषणा

शनिबार बसेको प्रदेशसभाको बैठकमा कार्कीले मुख्यमन्त्रीको पदबाट राजीनामा दिने घोषणा गरेका हुन्।

कोशी प्रदेश मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने गठबन्धन दलको निर्णय

माओवादी केन्द्र कोशी प्रदेश सांसद एवं पूर्वमन्त्री बाबुराम दाहालले गठबन्धनले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेको जानकारी दिए।

प्रधानमन्त्री र माधव नेपालबीच भेट, के भयो कुराकानी?

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण र संसद्‌मा सम्बोधन गर्नेबारे पनि छलफल भएको अध्यक्ष नेपालले बताए।

प्रधानमन्त्री र ओलीबीच भेटवार्ता, टीआरसी विधेयकबारे छलफल

शनिबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो।

प्रधानमन्त्रीलाई शेखरको आग्रह– सच्चिनुस् कि बाटो खाली गर्नुस्

नेता कोइरालाले देश अप्ठ्यारो स्थितिमा रहेकाले तत्काल सच्चिन नसक्ने भए बाटो खाली गरिदिन प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।

विश्वासको मत लिँदै कोशीका मुख्यमन्त्री,  पुर्‍याउलान् बहुमत? 

मुख्यमन्त्री कार्कीले विश्वासको मत पाउने सम्भावना कम छ। किनभने, एमाले बाहेक संसद्‌मा रहेका कुनै पनि दलले विश्वासको मत दिने निर्णय गरेका छैनन्।

संवैधानिक संस्थाको गरिमा बचाइराख्न राष्ट्रपतिलाई विवेकशील साझाको ध्यानाकर्षण

विवेकशील साझा पार्टीले संविधानको रक्षार्थ प्रभावकारी कार्यान्वयनमा जोड दिँदै सबै दलहरूलाई राष्ट्रिय सहमतिमा ल्याउने पहलकदमीका लागि भूमिका निर्वाह गर्न राष्ट्रपतिलाई अनुरोध गरेको छ।

सुशासन कायम गर्नु पार्टीको पहिलो प्राथमिकता हो : माधव नेपाल

एकीकृत समाजवादी अध्यक्ष नेपालले नागरिकका समस्या समाधानको प्रयास पार्टीले सधैँ गर्ने उल्लेख गर्दै कृषि र पर्यटनका माध्यमबाट समृद्धि हासिल गर्न सकिने बताए।

पार्टीभित्र निर्वाचनमा नजाऔँ, आफ्नै साथीको मन दुख्छ: ओली

सहमतिका माध्यमबाट कसै मन नदुखाईकन नेतृत्व चयन हुँदा सबैभन्दा उत्तम हुने एमाले अध्यक्ष ओलीको भनाइ छ। 

उल्टो शिक्षा विधेयकलाई एक वर्ष लगाएर भए पनि सुल्टाउनुपर्छ : गगन थापा

कांग्रेस महामन्त्री एवं सांसद गगन थापाले विद्यालय शिक्षा हासिल गरेपछि विद्यार्थीहरू त्रिभुवन विश्वविद्यालयतिर नलागी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतिर लाग्ने गरेको बताए।

विश्वप्रकाश शर्मा भन्छन्– पीडित परिवारले चाहे मात्र कैद मिनाहा पाउने कानून बनाऔँ

कांग्रेस महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले पीडित परिवारका सदस्यले चाहेमा मात्रै पीडकलाई कैद मिनाहा गर्न सकिने कानूनी व्यवस्था गर्नुपर्ने बताएका छन्।

देशलाई ठीक ठाउँमा लैजान शिक्षाको जिम्मेवारी राज्यले लिनुपर्छ: चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य चित्रबहादुर केसीले शिक्षाप्रणालीको खराबी र यसमा भएको व्यापारका कारण देश दुर्दशामा फसेको दाबी गरे।

सरकारले कैयौँ कमजोरी गरिरहेको छ, शिक्षाको विषयमा नगरोस् : विश्वप्रकाश शर्मा

सरकारले संसद्मा पेस गरेको विद्यालय शिक्षा विधेयकलाई युग सुहाउँदो ढंगले परिमार्जन गर्न सत्तापक्ष र प्रतिपक्षले मिलेर काम गर्नुपर्ने सांसद शर्माको भनाइ छ।

विद्यालय शिक्षा विधेयक संघीयताविरोधी छ: सीके राउत

विधेयकमा कक्षा १० पछिको एक वर्ष अनिवार्य प्राविधिक शिक्षा अध्ययन गर्नुपर्ने व्यवस्था गर्न जनमत पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य सीके राउतको सुझाव छ।

शिक्षकहरूसँग गरेका सम्झौता समावेश नगरी विधेयक प्रस्तुत गर्नु गलतः एमाले सांसद

नेकपा एमालेका सांसदहरूले सरकारले शिक्षकहरूसँग गरेको सम्झौता संसदलाई जानकारी नदिइ विधेयक प्रस्तुत गर्नु गलत भएको बताएका छन्।