AnonymousUser

Logout

कोशीमा मुख्यमन्त्री नियुक्ति प्रकरण: प्रदेश प्रमुखले सनाखतका लागि डाके सबै प्रदेशसभा सदस्यलाई

मुख्यमन्त्रीका दाबीकर्ताले ४७/४७ सदस्यहरूले समर्थन गरेको भनी हस्ताक्षरसहित दाबी पेस गरेकाले सबै सांसदहरूलाई उपस्थित गराएर सनाखत गराउन लागिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

दबाब, तनाव र चुनौतीका बीचमा छु : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राजनीति मात्रै नभई अन्यत्र पनि समाज भएको अनुभूति भएको बताएका छन्।

केदार कार्कीसहितका बहुमत सांसद प्रदेश प्रमुखको कार्यालयमा

कार्कीसहित आठ कांग्रेस सांसदहरूले आफूहरूको हस्ताक्षर दुरुपयोग गर्दै आङ्बोले मुख्यमन्त्रीमा दाबी पेस गरेको बताउँदै आएका छन्।

कांग्रेस एकजुट भए कसैले परास्त गर्न सक्दैन: शशांक कोइराला

नेता–कार्यकर्ता एकजुट कांग्रेसलाई कसैले परास्त गर्न नसक्ने नेता शशांक कोइरालाको भनाइ छ।

प्रतिनिधिसभाको बैठक कात्तिक १२ गतेसम्म स्थगित

प्रतिनिधिसभाको बैठक आगामी कात्तिक १२ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ। 

चाडपर्व मनाउन जानेको यात्रा सहज र सुरक्षित बनाउन सरकारको ध्यानाकर्षण

सांसदहरूले हवाई तथा स्थलमार्गको यात्रा सहज बनाउन, टिकटमा भइरहेको कालोबजारी रोक्न, बजारको प्रभावकारी अनुगमन गर्न सकारको ध्यानाकर्षण गराएका छन्।

मुख्यमन्त्रीको दाबी फिर्ता लिन कार्कीसहितका सांसदलाई कांग्रेसको आग्रह

कांग्रेस कोशी प्रदेश कार्यसम्पादन समितिले मुख्यमन्त्री दाबी गरेका केदार कार्की र उनलाई समर्थन गर्ने सांसदहरूलाई हस्ताक्षर फिर्ता लिन आग्रह गरेको छ।

टेरामक्ससम्बन्धी सम्पूर्ण कागजात सात दिनभित्र बुझाउन लेखा समितिको निर्देशन

सार्वजनिक लेखा समितिले दूरसञ्चार प्राधिकरणलाई सात दिनभित्र टेरामक्स परियोजनासम्बन्धी सबै कागजात समितिलाई बुझाउन निर्देशन दिएको छ।

अपांगता भएका व्यक्तिको अधिकार कार्यान्वयन गर्नुपर्नेमा सांसदको जोड

सांसद डा. विमला राई पौड्यालले अपांगता भएका व्यक्तिलाई नीति निर्माण र निर्णय प्रक्रियामासमेत सहभागी गराउनुपर्ने बताइन्। 

राष्ट्रियसभा नियमावली संशोधन गर्न मस्यौदा समिति गठन

मस्यौदा समितिले राष्ट्रियसभा तथा समिति सञ्चालनका क्रममा देखापरेका कठिनाइ पहिचान गरी नियमावली संशोधन मस्यौदा तयार गर्नेछ। 

कोशी सरकार गठनमा तटस्थ बस्ने राप्रपाको निर्णय

कोशी प्रदेशको विकसित राजनीति घटनाक्रम र त्यसले राष्ट्रिय राजनीतिमा पार्न सक्ने प्रभावका विषयमा बैठकमा छलफल भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

कोशीमा कांग्रेसले बोलायो प्रदेश कार्यसम्पादन समितिको बैठक 

शेखर समूहले  एमालेसँग मिलेर गरेको विद्रोहबारे निर्णय गर्न कांग्रेसले प्रदेश कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

सहयात्रीमा नै शान्तिप्रक्रियाबारे नकारात्मक प्रवृत्ति देखियो : प्रधानमन्त्री

शान्तिप्रक्रिया टुंगोमा पुर्‍याउन माओवादी केन्द्र र सरकारजस्तो इमानदार प्रतिपक्षी दल नभएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भनाइ छ।

विदेशबाटै मतदाता नामावली दर्ता गर्न कार्यविधि तयार

विदेशमा रहेका नेपालीले मतदाता नामावलीमा नाम दर्ता गराउन चाहेमा अनलाइनमार्फत फारम भरी जैविक विवरण दिन आफूलाई पायक पर्ने स्थान र मिति प्रणालीबाट छनोट गर्न सक्नेछन्।

हस्ताक्षर दुरुपयोग भएको भन्दै कोशी प्रदेश प्रमुखसमक्ष कांग्रेसका ८ सांसदको निवेदन

कांग्रेस नेता शेखर कोइराला पक्षीय ८ सांसदले माओवादीका आङ्बोले आफूहरूको हस्ताक्षर दुरुपयोग गरी मुख्यमन्त्रीमा दाबी पेस गरेको र त्यसलाई मान्यता नदिन प्रदेश प्रमुख परशुराम खापुङसमक्ष निवेदन दिएका छन्।

मोदीको कालापानी भ्रमणबारे सांसदले उठाए प्रश्न

भारतीय प्रधानमन्त्री मोदीले भारतद्वारा अतिक्रमित नेपाली भूमि कालापानी क्षेत्रको भ्रमण गरेको विषयमा सांसदले सरकारमाथि प्रश्न उठाएका छन्।

कोशीमा नयाँ विकासक्रम : एमालेको समर्थनमा कांग्रेसका कार्कीको मुख्यमन्त्रीमा दाबी 

कांग्रेस नेता शेखर कोइरालानिकट सांसद केदार कार्कीले नेकपा एमालेको समर्थनमा कोशीको मुख्यमन्त्री दाबी गरेका छन्।

अर्थतन्त्र चलायमान बनाउन ‘बोल्ड’ कदम आवश्यक छ : वर्षमान पुन

माओवादी केन्द्रका सांसद वर्षमान पुनले अर्थतन्त्र चलायमान गराउन र निजीक्षेत्रको मनोबल बढाउन सरकारले कडा कदम चाल्न आवश्यक रहेको बताए।

कोशीमा कांग्रेसका कारण राजनीतिक संकट आएको हिक्मत कार्कीको आरोप

कोशीमा दलहरू मिलेर सरकार बनाउने जनादेश प्राप्त भए पनि कांग्रेसले नचाहँदा संकट आएको मुख्यमन्त्री हिक्मतकुमार कार्कीको भनाइ छ।

महँगी र कृत्रिम अभाव नियन्त्रण गर्न सांसदको ध्यानाकर्षण

सांसदहरूले चाडपर्वका बेला कृत्रिम अभाव, कालोबजारी बढेको, गाडीभाडा बढाइएको तर्फ सरकारको ध्यानाकर्षण गराउँदै नियन्त्रणका लागि पहल थाल्न आग्रह गरेका छन्।