AnonymousUser

Logout

माधव नेपालको प्रश्न– पालिकाहरूले माध्यमिक तहसम्म शिक्षाको जिम्मेवारी पूरा गर्न सक्छन्?

एकीकृत समाजवादी अध्यक्ष माधव नेपालले स्थानीय तहले शिक्षण संस्थाको उन्नति र प्रगतिभन्दा आफ्ना मान्छेलाई नियुक्त गर्न मात्रै प्रयोग गर्ने हुन् कि भन्ने प्रश्न उठिरहेको बताए।

विद्यालय शिक्षा विधेयकमा मैले मात्रै हाल्ने संशोधन ७० भन्दा बढी छ: गगन थापा

कांग्रेस महामन्त्री थापाले सरकारले चाँडोभन्दा चाँडो शिक्षकका माग पूरा गरेर विद्यार्थीले पढ्न पाउने अधिकार सुनिश्चित गर्नुपर्ने बताए।

नेपालको परराष्ट्र नीतिमा साझा सहमति गरौँ: माधव नेपाल

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा अध्यक्ष नेपालले दलहरूबीच आन्तरिक द्वन्द्व भए पनि परराष्ट्र नीतिमा भने एक हुनुपर्ने धारणा राखेका छन्।

रहेनन् गणतन्त्रवादी नेता खेमराज भट्ट

२०४२ सालको बम काण्डपछि तत्कालीन सरकारले सम्पत्ति सर्वस्वहरण गरेपछि भट्टले १२ वर्ष भारतमा निर्वासित जीवन बिताएका थिए। 

शिक्षकहरूको आन्दोलनमा दुवै पक्ष गम्भीर हुनुपर्छ : ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकलाई नधम्क्याउन तथा दुवै पक्ष लचक भई वार्ताबाट नै समस्याको समाधान खोज्न आग्रह गरेका छन्।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा महासमितिबारे छलफल

नेपाली कांग्रेसले मंसिर १३, १४, १५ गते गर्ने भनिएको महासमिति बैठकको तयारी गर्न पार्टी सभापति शेरबहादुर देउवाको संयोजकत्वमा मूल तयारी समिति बनाउने भएको छ।

आर्थिक बोझ र संविधानको प्रतिकूल हुनेबाहेक शिक्षकका माग समाधान हुन्छन्: कावा प्रधानमन्त्री

शिक्षकहरूले उठाएका कतिपय माग शिक्षा नियमावलीमार्फत सम्बोधन गर्न सकिने, त्यसलाई छलफल र वार्ताका माध्यमबाट टुंग्याइने कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काको भनाइ।

आन्दोलनरत शिक्षकका जायज माग अविलम्ब सम्बोधन गर्न एमालेको माग

एमाले सचेतक बर्तौलाले सरकारले छिटोभन्दा छिटो आन्दोलनरत शिक्षकसँग वार्ता गरी समस्याको निकास खोज्नुपर्ने बताए।

विद्यार्थीको पढ्न पाउने अधिकार कुण्ठित नगर्न शिक्षकहरूलाई रास्वपाको आग्रह

रास्वपाले शिक्षकहरूलाई आफ्ना मागहरू सरकारसमक्ष राख्न पाउने वैकल्पिक विधिहरू हुँदाहुँदै विद्यार्थीहरूको पढ्न पाउने अधिकार कुण्ठित नगर्न आग्रह गरेको छ।

शिक्षकहरूको आन्दोलनका कारण स्थगित भयो संसदीय समितिको बैठक

अर्थ समितिको बिहीबारको बैठकमा समितिको कार्यविधि मस्यौदा र विविध विषयमाथिको छलफल गर्ने कार्यसूची थियो।

शिक्षण संस्थालाई अशान्त हुन नदिन सरकार गम्भीर छ: गृहमन्त्री

बिहीबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री श्रेष्ठले सरकारले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए।

नेपालद्वारा राष्ट्रसंघीय बीबीएनजे सम्झौतामा हस्ताक्षर

यो सम्झौताले पृथ्वीमा समुद्र र जमिनको भूभाग ३०/३० प्रतिशत कायम गर्ने अवधारणाको प्रभावकारी कार्यान्वयनमा जोड दिन्छ।

सरकारले शिक्षकका न्यायोचित माग सम्बोधन गर्नुपर्छ: विश्वप्रकाश शर्मा

शिक्षकहरूले आफ्नो हकका लागि आन्दोलनको बाटो रोज्दै गर्दा प्रत्येक विद्यार्थीको शैक्षिक भविष्यबारे समेत सचेत हुनुपर्ने उनको भनाइ छ। 

आदिवासी र जनजातिको असन्तुष्टिः न पहिचान, न सांस्कृतिक अधिकार

विस्तृत शान्ति सम्झौताले स्वीकार गरेको जातीय, भाषिक र सांस्कृतिक पहिचानको विषय संविधानमा उल्लेख नगरिएको भन्दै असन्तुष्ट आदिवासी र जनजाति प्रदेशका नामलाई लिएर पनि आन्दोलनमै छन्।

जनआन्दोलनका उपलब्धि कमजोर बनाउने काम नहोस् भन्नेमा सचेत हुनुपर्छः राष्ट्रपति

उनले सबै किसिमका बेथितिलाई अन्त्य गर्दै सुशासनको माध्यमबाट जलस्रोत र उर्जा शक्तिको उचित व्यवस्थापन गर्नसके नेपाल दुनियाँको समुन्नत राष्ट्रको कोटीमा पुग्ने सम्भावना रहेको पनि बताए।

शान्ति प्रक्रियाको महत्त्वपूर्ण कार्यभार अझै बाँकी छः गृहमन्त्री श्रेष्ठ

मन्त्री श्रेष्ठले राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वाभिमान र हितको रक्षामा सबै एकजुट र सजग हुनुपर्ने बताए। 

किन तारो बन्दैछ संघीय संरचना?

संविधान बनेपछिका आठ वर्षमा सबैभन्दा धेरै आलोचना केही कुराको भइरहेको छ भने त्यो हो– प्रदेश संरचना। के बामे सर्दै गरेको संघीयतामा प्रदेश संरचना नै समस्या हुन्? किन तारो बन्यो प्रदेश संरचना?

एउटा मात्रै विधेयक पारित गरेर अन्त्य हुँदै संसद्को चालु अधिवेशन 

प्रमुख प्रतिपक्षी दल एमालेले सरकारले विधेयक पारित गराउन नचाहेको आरोप लगाएको छ। तर, सत्तारुढ दलले भने एमालेले लामो समय संसद् अवरोध गरेका कारण विधेयकमा छलफल हुन नपाएको बताएका छन्।

वर्तमान संविधान नेपालको भविष्यको गोरेटो हो: ओली 

संविधान कुनै एक वर्ग, जाति, भूगोल विशेषको मात्र नभएर विदेशमा रहेका सम्पूर्ण नेपालीको समेत साझा गौरवको विषय भएको एमाले अध्यक्ष केपी शर्मा ओलीले बताएका छन्।

संविधान दिवस मनाइँदै, देशभर सार्वजनिक बिदा

प्रथम राष्ट्रपति डा. रामवरण यादवले २०७२ असोज ३ गते नेपालको संविधान जारी भएको घोषणा गरेका थिए। उक्त संविधान कार्यान्वयनमा आएको आठ वर्ष पूरा भएको छ।