सूचना प्रविधिसम्बन्धी अडिट गर्ने अन्तर्राष्ट्रिय संस्थाबाट निर्वाचन विवाद अडिट गराइ प्राप्त हुने प्रतिवेदनलाई आफूहरुले स्वीकार गर्ने नवनिर्वाचि अध्यक्ष केसीले बताएका छन्।
असन्तुष्ट समूहले शनिबार ललितपुरस्थित एक होटलमा पत्रकार सम्मेलन आयोजना गर्दै निर्वाचनको परिणाम नमान्ने र अहिलेकै बन्दसत्रबाट नयाँ बाटो तय गर्नुपर्ने जनाएको छ।
शनिबार दशैँको शुभकामना दिँदै प्रधानमन्त्री दाहालले सुशासन, सामाजिक न्याय र समृद्धिको सपना पूरा गर्न दृढतापूर्वक अघि बढ्नैपर्ने बताएका हुन्।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेशको नाम र राजधानी दुवै अनुपयुक्त रहेको बताएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले संघीय संसद् सचिवालयलाई पत्राचार गर्दै महासचिव गुटेरेसको कात्तिक १४ गते अपराह्न ४ बजे सम्बोधनका लागि आवश्यक व्यवस्था मिलाउन भनेको छ।
कोशी प्रदेशमा आफ्नै दल (कांग्रेस) भित्र ‘विद्रोह’ गरेर मुख्यमन्त्री बनेका केदार कार्कीले विश्वासको मत पाएसँगै बागमती प्रदेशमा पनि कांग्रेस नेतृत्वको सरकार बनाउन कसरत अघि बढेको छ।
मन्त्री महतोले जीवनजन्तुको संख्या बढाउँदै गर्दा कृषकका लागि बाँदर, हात्ती, बँदेललगायतका जीवजन्तुबाट सिर्जित समस्या व्यवस्थापनमा जोड दिनुपर्ने आवश्यकता औँल्याए।
राप्रपा प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले सभामुखको भूमिकामा रहेकी उपसभामुख सिर्जना दनुवारसमक्ष प्रमुख प्रतिपक्षी दलका लागि दाबी पेस गरेका हुन्।
सरकारले औद्योगिक प्रयोजनका लागि आवश्यक पर्ने कच्चा पदार्थ सुपारी, केराउ र मरीचको पैठारी गर्न अनुमति दिने निर्णय गरेको छ।
जनतालाई कुनै प्रकारको असुविधा नहोस् र उपभोग्य वस्तुहरू सहज र निरन्तर आपूर्ति भइरहोस् भन्नेमा सरकार जिम्मेवार रहेको प्रधानमन्त्री दाहालको भनाइ छ।
नेपाली कांग्रेस महामन्त्री गगन थापाले सत्तारूढ गठबन्धनका नेताहरूले उल्लेख गरेअनुसारको राष्ट्रिय सहमतिको सरकार गठन आवश्यक नरहेको बताए।
श्रेष्ठलाई बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजमा भर्ना गरिएको उनका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिए।
सदस्यता लिनेबित्तिकै ठूलो पद प्राप्त गर्न प्रयास गर्ने गरेको भन्दै उनले कसैले चाहँदैमा दुई महिनामा भैँसी नब्याउने तर्क गरे।
बुधबार बसेको प्रदेशसभा बैठकमा प्रस्तुत गरिएको विश्वासको मतको प्रस्तावको पक्षमा ८६ मत र विपक्षमा ५ मत परेको छ।
फोटो पत्रकार केशवराज थोकरद्वारा लिखित पुस्तक 'लाइफ इन पेण्डामिक'को लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
जलवायु परिवर्तनमा नेपालको भूमिका कम भए पनि असर भने बढी परेको सन्दर्भमा निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा महत्त्वपूर्ण छलफल हुने बताइएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले सीमित स्रोतसाधन, जनशक्ति र अनेकौँ चुनौतीबीच
अपराध नियन्त्रण र अनुसन्धानका क्षेत्रमा नेपाल प्रहरीले विश्वस्तरमा ख्याति प्राप्त गरेको बताए।
सांसदहरूले संसदीय समितिले दिएका निर्देशनको कार्यान्वयनबारे बुझ्न निगरानी टोली बनाउनुपर्ने प्रस्ताव गरेका छन्।
राष्ट्रपति पौडेलले नेपालको संविधानले गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी नेपाली नागरिकता दिने व्यवस्था गरेबाट एनआरएनको माग सम्बोधन भएको बताए।
संसदीय समितिले बझाङ जिल्लामा हालै गएको भूकम्पका कारण शिक्षा र स्वास्थ्य क्षेत्रमा भएको क्षति र पुनर्निर्माणका लागि सरकारलाई निर्देशन दिएको छ।